Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गजबको मौद्रिक नीति : घर किन्न कम, गाडी किन्न बढी ऋण

Posted on July 11, 2017 by Salokya

नेपाल राष्ट्र बैँकले असार २५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति गजबको छ। बाटो साँघुरा भइसकेका छन्, ट्राफिक जामको समस्याले सहरमा हैरानी छ। तर मौद्रिक नीति निजी गाडी किन्न प्रोत्साहन दिने खालको छ। अनि त्यसको ठीक विपरीत घर किन्न भने कम मात्र ऋण दिने गरी नीति बनाइएको छ।

अर्थात् जद (जग्गा दलाल) भन्दा गाडी विक्रेताहरुले प्रभाव पारेको मौद्रिक नीति भन्नु पर्ने भो यसलाई?

राष्ट्र बैंकले मौद्रिक नीतिमा गाडीको लागि ऋण लिँदा धितो मूल्यांकनलाई ५० प्रतिशतबाट १५ प्रतिशत बढाएर ६५ प्रतिशत पुर्‍याएको हो। यसको अर्थ हो अब तपाईँले निजी सवारी साधन किन्दा ६५ प्रतिशत ऋण लिन पाउनु हुनेछ। ३५ प्रतिशत डाउन पेमेन्ट अर्थात् सुरुको किस्ता तिरेपछि गाडी लिन पाइनेछ। भन्नुको मतलब ७ लाख रुपैयाँ तिरेर गाडी लिन सकिनेछ। बाँकी रकम ऋण बैँकले ऋण दिनेछ र त्यसलाई ब्याजसहित किस्तामा तपाईँ तिर्न सक्नुहुनेछ।

व्यक्तिगत विद्युतीय सवारी किन्दा भने ८० प्रतिशत ऋण लिन पाइनेछ। अर्थात् २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरे पुग्छ। विद्युतीय सवारी किन्दा करमा धेरै छुट गरेर त्यस्तो गाडीमा प्रोत्साहन दिने बाटो छाडेर ऋणमा मात्रै सहुलियत दिइएको हो।

यसको ठीक विपरीत घर किन्न भने मौद्रिक नीतिले धितो मूल्याङ्कनलाई १० प्रतिशत घटाएको छ। यसअघि काठमाडौं उपत्यकामा आवासीय घरकर्जाको धितो मूल्यांकन ६० प्रतिशत हुन्थ्यो। अब भने त्यसलाई घटाएर ५० प्रतिशतमा झारेको छ।

भन्नुको मतलब एक करोडको घर छ भने बैँकले ५० लाखमात्रै ऋण दिनेछ।

उपत्यकाबाहिर भने यस्तो धितो मूल्यांकनको ६० प्रतिशत ऋण पाउने व्यवस्था कायमै छ।

मौद्रिक नीतिको यस्तो व्यवस्थापछि मान्छेले घर किन्न छाडेर एउटा ठूलो गाडी किनेर त्यसैमा सुत्ने, बस्ने सबै गर्ने गर्न थाले भने के होला?

6 thoughts on “गजबको मौद्रिक नीति : घर किन्न कम, गाडी किन्न बढी ऋण”

  1. Raaj Dhruba says:
    July 11, 2017 at 7:57 am

    कुर प्रष्ट छ, गाडिमा 240% tax लिन्छ सरकारले, लुट्न पल्केकाहरुले क नै गर्न सक्छ र गरिब जनताहरुको लागि

    Reply
  2. प्रविण says:
    July 11, 2017 at 12:08 pm

    घर नेपालमै बन्छ तर गाडी ईपोर्टेड हुन्छ नि त ।

    Reply
  3. Ram Babu Shrestha says:
    July 11, 2017 at 2:01 am

    हाम्रो देश नेपाल उल्टो देश िबकास गर्न िसपालु हुंदो रहेछ । जसले कमिसन िदयो उसले भने बमोजिम गर्न तैयार ।

    Reply
  4. Prem Tamang Pakhrin says:
    July 11, 2017 at 1:33 am

    Ram ram ,

    Reply
  5. Kamal Thapa says:
    July 10, 2017 at 7:16 pm

    जे नीति अाएपनि ´दले`हरुलाई फाईदा ।

    Reply
  6. Adhikari Hari says:
    July 10, 2017 at 6:36 pm

    R V किनेर सडक मै सुत्नु पर्छ होला …..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme