Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालीले ५ लाख डलरसम्म ऋण लिन पाउने भए अब

Posted on July 10, 2017July 10, 2017 by Salokya

तपाईँलाई म विदेशमा रहेका एनआरएन आफन्तसित जति मन लाग्छ त्यति ऋण लिन्छु भन्ने लाग्छ भने ध्यान दिनुस्। नेपालको कानुन अनुसार तपाईँ त्यसरी मन लागे जति ऋण लिन पाउनु हुन्न।

अहिलेसम्म तपाईँले २ लाख अमेरिकी डलरसम्म मात्र ऋण लिन पाउनु हुन्थ्यो। हिजो जारी भएको मौद्रिक नीतिले त्यो सीमालाई बढाएर ५ लाख बनाएको छ। ५ लाख डलरसम्म ऋण लिन यो मौद्रिक नीतिले बाटो खुला गरिदिएको छ।

मौद्रिक नीतिको विदेशी विनिमय व्यवस्थापन शीर्षक अन्तर्गत १५० नम्बरको बुँदामा यसको व्यवस्था गरिएको छ। क-कसले यस्तो ऋण लिन पाउँछन् त?

-नेपाली नगारिक
-फर्म
-संस्थाहरु

के उद्देश्यका लागि ऋण लिन पाउँछन् त?

– आफ्नो व्यवसाय गर्न
– भइरहेको व्यवसाय विस्तार गर्न

कोसँग लिन पाउँछन् ऋण?

– विदेशमा रहेका आफ्ना नातेदार
– अन्य व्यक्ति
– गैर आवासीय नेपाली
– संघसंस्था

तर यसरी ऋण लिन पनि नेपाल राष्ट्र बैँकको पूर्व स्वीकृति र बैँकले तोकेको शर्तको अधिनमा रहनु पर्नेछ।

भारतको हकमा भने ५ करोड भारतीय रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरिएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme