Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : आमालाई चिठी

Posted on July 8, 2017July 8, 2017 by mysansar

-झलक पौडेल-

प्यारी आमा

आज मैले “दम अनि दन्त रोगको सम्बन्ध” बारे लेखेको स्वास्थ्यमूलक लेख मेरो फोटोसहित प्रकाशित भयो नि। मलाई त्यो देख्दा खुशी लाग्यो। तर कता-कता दुःख पनि। किनकी केही सफलता प्राप्त गर्दा फोन गरेर सबभन्दा पहिला सुनाउने अनि त्यो मेरो खुशी देखेर मुस्कुराउदै चम्किला आँखा सहित मलाई स्याब्बासी दिदै म भन्दा खुशी हुने तपाईं मसँग हुनुहुन्थिएन।
दमबाट ग्रसित तपाईंले मलाई सँधै भन्नुहुन्थ्यो “छोरो मेरो दात अनि गिजा पनि दुखिराको छ। अनि छेउ पट्टिको दात पनि हल्लिएको छ । दम भएको आमालाई त्यती बेला किन दात अनि गिजा दुख्यो मलाई के थाहा ? म टुलु-टुलु हेर्दै बस्थे ,न त मैले दुखाई कम गर्न केही गर्न सके, न दमको कारणले दात दुख्यो भन्ने भेउ नै पाए । आज तपाईंको छोरो तपाईंको आसिर्बादले त्यो स्थानमा पुगेको छ जसले दमको कारणले छाती मात्र होइन दातको रोग पनि लागेर दात दुख्न सक्छ भन्ने थाहा पाएको छ।

आज शायद तपाईं भएको भएको मैले गर्वका साथ भन्न सक्थे हुला “आमा तपाई को छोरो लाई थाहा भयो नि तपाईंको दात दुख्नुको कारण। ” तेती बेला तपाईं हुनुहुन्थ्यो तर मलाई थाहा थिएन , आज मलाई थाहा छ तर तपाईं हुनुहुन्न । कस्तो बिडम्बना अनि अभागी छोरो अघि आमा, म। आज तपाईं भएको भए तपाईंको अघी म जान्ने पल्टेर तपाईंले दातको बढी ख्याल गर्नु पर्छ क्या भन्दै दात माझ्दिन्थे हुला । अनि तपाईंको हात समाउदै -आमा दात बझ्दा ब्रुश ४५ डिग्रीमा राखेर घुमाउनु पर्छ ल भनेर बच्चालाई सिकाए जसरी सिकाउँथे हुला अनि तपाईं सानोमा मलाई ताते गर्दै हिंड्न सिकाको याद गर्दै मैले भनेको ज्ञानी बालक जस्तै मानुहुन्थ्यो होला अगी आमा ।

कुटो कोदालो गर्दै , अर्काको घरमा पर्म लाउदै अनि कसैले केही खान दिए आफुलाई भोक लाए पनि भोक छैन भनेर पटुकामा राखेर ल्याइदिने हजुरलाई दममा दातको बिशेष ख्याल गर्नु पर्छ पनि भन्न सकिन है।

मलाई दम बारे लेख लेख्दै गर्दा हजुर एकदम याद आयो । दमले च्यापेर खोक्दै भए नि कान्छालाई भोक लागे होला भनेर भान्छा कोठामा छिरेको , दाउरा नबलेर बल्ल-बल्ल आगो बालेको अनि भान्छा कोठामा धुवा रुमलिएर तपाईंले तारन्तर खोकेको ,एकदम याद आएको छ आमा मलाई । आज तपाईं भएको भए -आमा हजुर धुवा हुने ठाउँमा जान्न हुन्न दम बद्छ भन्ने सक्थे नि है।

धुलो-मैलोमा बिरामी परिन्छ छोरा भनेर आफुले ओडिराखेको मजेत्रोले मेरो मुख छोप्दिने हजुरलाई तेही धुलोले दम बडाउछ भन्ने हेक्का हुँदा-हुँदै नि आफुलाई भन्दा मेरो ख्याल गर्नु भयो है । त्यती बेला मेरो भन्दा आफ्नो अल्ली बढी ख्याल गर्दिएको भए आज म तपाईंको काखमा नै हुन्थे अनि तपाईंलाई मेरो फोटो पत्रीकामा देखाउन पाउथे नि आमा ।

घरको मुल ढोकाबाट सधै “मामु” भन्दै छिर्दा “हजुर” भनेर उत्तर आउन छाडेको धेरै भइसकेको मलाई हेक्का नै भएनछ -अस्ती फेरी तपाईंलाई ढोकाबाट छिर्दा फेरी “मामु ” भनी पुकारेछु । सधै “हजुर” सुनिने त्यो ठाउँमा अस्ती मेरो आवाज ठोकिएर फर्केको तेही शब्द “मामु” नै सुनेछु । शायद “हजुर” भन्ने उत्तर खोजिरएका मेरा कानले त्यो झेल्न सकेनन होला तेसैले मुटु नराम्रो सँग निचोरिएर तपाईंको मायालाई आँखाबाट बगाइदियो

“बाबु ! सबैका आमालाई आफ्नो आमा जस्तै सोचेर उपचार गर्नु ल भनेको मैले कहिलै भुलेको छैन । मैले हरेक आमामा मातृत्व भेट्छु त्यसैले सबैलाई “आमा ” भनेर पुकार्ने गरेको छु । मैले कयौ आमाको रोग मात्र होइन पिडा पनि सुन्ने गरेको छु । मेरो छोरोले हेला गरेर पशुपती वृद्धाश्रम छोडेर गयो भनेको सुन्न्दा नराम्रो महसुस हुन्छ अनि मातृत्व नबुझेकोमा ती छोराहरुलाई धिक्कार्न मन लाग्छ । आमाले उनिहरुलाई नि छोडेर गए पछी बल्ल माया थाहा हुने होला नि है आमा।

पल्ला घरे जेठाले बिहे गरेर आमालाई एक्लै छाडेर तपाईंले भन्ने गरेको नेपाल “काठमाण्डु ” छिरेछ । उसकी आमा अहिले हिड्डुल गर्न सक्दिनन रे । जेठाकी आमाले त होनी मामु कान नसुन्ने भए नि छोरो लाई कस्तो छ भनेर शनिबार – शनिबार सदरमुकाम फोन गर्न जाने । जेठाले फोनमा सञ्चै हुनुहुन्छ भनेर सोध्दा कान नसुनेर मैले भात खाए छोरा तिमले खाएउ भनेर सोध्थिन रे । कान नसुन्ने भए नि छोरोको हालखबर बुझ्न लौरो टेकदै ५ घण्टा हिंडेर सदरमुकाम आउने त्यो प्रेम लाई कसरी भुलेको होला है आमा जेठोले।

यहाँ अहिले साँहिला -साहिलीको प्रेम बहुत गुन्जिएको छ । साँहिलाले ४० कटे पछी भेटुला भन्दै बिदेशमा घन हान्दै छन , गाउ-घरमा कुलमान घिसिङ आए देखी अध्यारो हटेको छ । गगन कुमार थापा स्वास्थ्य मन्री भए देखी त स्वास्थ्य क्षेत्रमा कायापलट नै भयो नि । उनको नै पर्यासमा स्वास्थ्य सर्बसुलब भाको छ , मृगौला प्रत्यारोपण जस्तै धेरै रोग निसुल्क बनाएका छन । अब घुमाउने घरका रामे दाई जसरी पैसाको अभावमा मिर्गौलाको उपचार नपाएर मर्न नपर्ने भयो नि । अमेरिकाका खैरेका ठुला मान्छेले मुस्लिम देशका मान्छे लाई छिर्न दिन्न बन्दै छन अनि थाहा छ आमा अब हाम्रो देशमा स्थानिय तह को चुनाव हुँदै छ नि । अरु त गाउ -घरमा त्यस्तो केही छैन, आमा ।

मामु, एउटी बुढी आमा लौरो ठेक्दै ,अघी देखी खोक्दै छिन, सास फेर्दा घ्यार-घ्यार पनि सुनिएको छ । शायद उनलाई पनि दम छ होला । म उनलाई हेर्न जानु पर्छ तेसैले आज को पत्र यत्तीमा नै टुङाउछु ल । हुन त तपाईंको नाममा धेरै पत्र कोरिसके ,तर अझ सम्म पठाउने माद्यम पाको छैन । कुनै दिन पठाउने तरिका भेटे भने पठाउने छु नत्र म आउँदा सँगै लिएर आउछु ल ।

तपाईंको प्यारो छोरा
झलक पौडेल
लाइप्जिग युनिभर्सिटी,जर्मनी

2 thoughts on “कथा : आमालाई चिठी”

  1. shiva hari adhikari says:
    July 9, 2017 at 10:45 pm

    अति राम्रो लेख धन्देबाद छ हजुर र mysansar लाइ

    Reply
  2. Yam Budha Magar says:
    July 8, 2017 at 4:59 pm

    आमा शब्द देखेपछि न त अरु पढ्न आउँछ । न त केहि सोच्न नै । न त अरू थप बुझ्ने चाह नै हुन्छ । आमा शब्द काफी छ भाबुक बन्न , खुसी हुन र जीवन जगत बुझन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme