Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रम देउवाको अर्को काण्ड – ‘यो त अर्कै पर्‍यो हजुर’

Posted on July 8, 2017 by Salokya

यो हप्ता काण्डैकाण्डले चर्चामा रह्यो। सबैभन्दा पहिला प्रधानमन्त्री शेरबहादुर देउवाको ‘तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ’ काण्ड चर्चामा रह्यो। बीबीसी मिडिया एक्सनको ‘साझा सवाल’ मा एक सहभागीले देउवालाई हिरा देश जिम्मा लगाउँदा ढुंगा बनाइदिएको भनेपछि आक्रोशित हुँदै कहाँबाट ल्याउने अक्सफोर्ड पढेको प्रधानमन्त्री भन्दै थर्काए।

त्यसलगत्तै डाक्टर र झाँक्री काण्डले बजार ततायो। मनमोहन अस्पतालका डाक्टरले पत्थरीको बिरामीको अपरेसन गर्दा किड्नी झिकेको काण्ड मच्चियो। त्यो सेलाउन पाएको छैन ‘भोजराज सरको घर’ काण्ड मच्चियो ट्विटरमा। खासमा यो एमाले नेतृ रामकुमारी झाँक्रीसित सम्बन्धित काण्ड थियो।

यो काण्डलाई भोजराज सरको घर काण्ड भन्नुको कारण चाहिँ झाँक्रीले आक्रोशित शैलीमा एक व्यक्तिलाई बोलाएको ठाउँ भएकोले हो। फेसबुकमा जे पायो त्यही लेख्नेको केटा बोलाएर खुट्टा भाँच्ने कुराले पनि चर्चा पायो।

पछि झाँक्रीले तर्साउन मात्रै त्यस्तो भनेको स्पष्टीकरण दिइन्।

देउवाबाट सुरु भएको यो हप्ताको काण्ड देउवाबाट नै अन्त्य भयो। शुक्रबार देउवा अर्को काण्डमा फँसे।

खासमा भयो के भन्देखिन्, प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरीको भेडिया र मयनाकरेडीमा महुली खोलामा आएको बाढीको स्थलगत भ्रमणका लागि पुगेका थिए। त्यहाँ उनले पीडितहरुलाई राहतको घोषणा गरे। त्यहीँ सम्बोधन गर्ने क्रममा उनले लिखित मन्तव्य दिन कागज निकालेर पढ्न थाले।

पीडितलाई राहत प्याकेज घोषणा गर्लान् भन्ठानेको त प्रम भन्न थाल्छन्, ‘जल उत्पन्न प्रकोप डिभिजन कार्यालय लाहनामा व्यापक अनियमितता भएको छ। संसदीय समितिसमेत गठन हुनुपर्‍यो।’ गृहमन्त्री जनार्दन शर्मा लगायतका व्यक्ति वाल्ल परे।

अनि सप्तरीका सिडिओ कृष्णबहादुर कटवाल जुरुक्क उठेर प्रधानमन्त्री छेउमा गए र भने, ‘हजुर यो त अर्कै परेछ।’

ए अर्कै पो परेछ भन्दै देउवाले त्यो पढ्न बन्द गरे। यसलाई एभिन्युज टिभीले सदृश्य प्रसारण गरेको छ। भिडियो हेर्न क्लिक गर्नुस्-

11 thoughts on “प्रम देउवाको अर्को काण्ड – ‘यो त अर्कै पर्‍यो हजुर’”

  1. कान्छा says:
    July 9, 2017 at 9:57 am

    सालोक्य जि, गुरु किशोर नेपाल ले झान्को झार्लान नि देश को प्रधान्मन्त्री को मान मर्दन गर्ने भनेर

    Reply
  2. गगने गंण्गने says:
    July 8, 2017 at 6:06 pm

    : सच्चिनै बेलायता पढेरै आहोलात गाठे! भोगो हो भोगो जनताहो भोगो दशा रोजेसि भोग्नै त पर्यो, मात्र दु:ख हामि नरोज्ने र दशा नचाहनेहरु पनि भागिदार हुनुपर्यो के गर्ने देशलाई लागेसि!

    Reply
  3. Rohini says:
    July 8, 2017 at 10:18 pm

    किशोर नेपालजी ले पछिल्लो कान्तिपुर गाथा मार्फत भुल सुधार गर्ने मौका दिनुस् भनेर घुमाउरो पाराले भन्नु भएको छ | तेसैले उहाको आरती काण्ड लाइ माफी |

    Reply
  4. Devendra K Poudyal says:
    July 8, 2017 at 4:18 pm

    Ho yestai hunchha bhanera Oxford university padheko prime minister chahinchha bhaneko ho 🙂 lol

    Reply
  5. Jiwan says:
    July 8, 2017 at 9:06 pm

    भनेछी के नेपाली जनता साँचै नीरिह छन? एकातिर ओलीले उखान तुक्काले हँसाउछ, अकोतिर देउबाको बोलीले खसाउछ, छविलालको छोराछोरीले जमीन मुनि फ़साउछ, उपप्रधान मन्त्रि खानु गच्छेदार र कमले मुलुकै धितो राखेर पनि आफ्नो स्वार्थ दर्शाउछ| दशएक जति मधेसी नेता नेपाल आमा रोएकी बेला आफ्नै धरातल बिर्सेर लाईन बसेर लालुसंग दरवारी ढांचामा निर्लज्ज फोटो खिचाउछ| ज्ञाने सुर न तालमा नबर्शिने कालो वादल भएर मढारिञ्छ|
    यी सब काण्डले आखिरी आफ्नै मुलुकलाई बिझाउन सम्म बिझाउछ|

    जनताले पार्टी बनाएका हुन् तर पनि अहिले लाई पार्टि नै निरिह छन|
    यस्तो के हुनलाग्यो हो हाम्रो सुन्दर मुलुकमा, जसले पनि लुछ्ने मात्र?

    Reply
  6. बासु says:
    July 8, 2017 at 5:14 pm

    आफुले बोल्ने भाषण र आफुलाइ दिइएको ज्ञापनपत्रको भाषाको फरक दुइ शब्दमा नै बोध भै सक्छ | तर, त्यत्ति फरक छुट्याउन नसक्ने भएपछि यिनी पदको लायक छैनन् भन्दा हुन्छ | केलाई भन्दा देख्नेलाई लाज भनेजस्तो |
    तर अब यसमापनि आफन्तजनहरुले फेरी कसको षडयन्त्र देख्ने हुन् कुन्नी |

    Reply
  7. Sagun Humegain Dhital says:
    July 8, 2017 at 8:40 am

    Bijog…., hait

    Reply
  8. Maheswor Shrestha says:
    July 8, 2017 at 8:01 am

    ल छातिमा हात राखेर भन्नुस । को सक्षम र को असक्षम भू पु राजा ज्ञानेन्द्र वा प्रधानमन्त्रि शेर बहादुर देउवा ?

    Reply
  9. Omkar says:
    July 8, 2017 at 1:33 pm

    यहाँले एउटा अर्को काण्ड छुटाउनु भएछ, किशोर नेपालको आरती काण्ड।

    Reply
  10. बद्री प्रसाद लामिछाने says:
    July 8, 2017 at 7:16 am

    भोजराज सर को घर …..

    Reply
  11. Jindhagi Sangharsa says:
    July 8, 2017 at 7:06 am

    Bolekai bujdaina

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme