Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल आइडल : भोट सार्वजनिक गर्न मिल्दैन, हेडक्वार्टरले नै दिँदैन

Posted on July 7, 2017July 7, 2017 by Salokya

नेपाल आइडलको गाला राउन्ड यो सातादेखि सुरु भएको छ। गाला राउन्डमा ६ जना जजले छानेका र ६ जना दर्शकको भोटबाट छानिएका गरी १२ जना छन्। सबैले बिहीबार आफ्नो प्रस्तुति दिए। हिजो रातिदेखि शुक्रबार मध्याह्न १२ बजेसम्म नेपालभित्र बस्नेहरुले एसएमएसबाट र नेपाल बाहिर हुनेहरुले नेपाल आइडलको अफिसियल एपबाट भोट खुला गरिएको छ। यसअघि भोटिङ राउन्डबाट प्रतियोगीहरु आउट भएपछि कसको भोट कति हो, पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्ने माग पनि उठेका थिए। तर यो माग पूरा हुनेवाला छैन। किनभने नेपाल आइडल नेपालको आफ्नै कार्यक्रम नभएर विदेशको फ्रेन्चाइज कार्यक्रम हो। कार्यक्रम खिचेर हेडक्वार्टर युकेको फ्रिमायन्टल मिडियामा पठाएर अप्रुभ भएपछि बल्ल प्रसारण गर्ने अनुमति पाइन्छ। विश्वका विभिन्न देशमा भइरहेको आइडल सिरिजका कार्यक्रमहरु यही फरम्याट अनुसार हुने हुन्। यी देशहरुमा पनि कसले कति भोट पायो भनेर निर्वाचन आयोगले चुनावमा उम्मेदवारहरुले पाएको भोट सरह सार्वजनिक गरिँदैन। त्यसैले नेपालमा दर्शकहरुले माग गर्दैमा भोट सार्वजनिक गर्न मिल्दैन पनि हेडक्वार्टरले यसको अनुमति दिँदैन पनि।

त्यसो भए एसएमएस भोटिङ चाहिँ किन गरिन्छ त? वेब भोटिङ मात्र गरे हुन्न?

एसएमएस भोटिङमा चाहिँ पैसाको कुरा पनि जोडिएको छ। नेपाल आइडलको भोट गर्नलाई जुन नम्बर दिइएको छ- ३५२२५। यो प्रिमियम एसएमएस नम्बर हो। अर्थात् तपाईँले सामान्य एसएमएस गर्दा जति शुल्क लाग्ने हो, त्यो भन्दा धेरै यसमा लाग्छ।

यो हेर्नुस् एनसेलको आधिकारिक वेबसाइटमा राखिएको जानकारी

त्यसमा लेखिए अनुसार  एउटा एसएमएस गर्दा पाँच रुपैयाँ लाग्छ। त्यो पनि कर नजोडिएको रकम हो। कर जोड्दा यो रकम सात रुपैयाँ हाराहारीमा पर्न आउँछ।

एनसेलमा जस्तै नेपाल टेलिकममा पनि लाग्ने रकम त्यति नै हो। नेपाल टेलिकमको साइटमा भने यो नम्बरमा एसएमएस गर्दा कति रुपैयाँ लाग्छ, लेखिएको छैन। कार्यक्रम आयोजकहरुले पनि टेलिभिजनमा एसएमएस गर्दा यति रकम लाग्छ भनेर जानकारी दिनुपर्ने हो, त्यो दिएका छैनन्। टेलिभिजनमा त मानौँ एसएमएस सित्तैमा हुन्छ जस्तो प्रचार गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले यसमा ध्यान दिनुपर्ने हो।

पाँच रुपैयाँमध्ये पैसा टेलिकम कम्पनी, यो सेवा प्रदान गर्ने कम्पनी र नेपाल आइडलको आयोजकले बाँडेर लिन्छन्। भोटमात्र हैन यहाँ पैसाको पनि व्यापार भइरहेको हुन्छ।

उता इन्टरनेसनल भोटिङमा भने एपबाट वेबभोटिङ हुने भएकोले पैसाको कारोबार हुँदैन।

१२ जना प्रतिस्पर्धीमध्ये आज शुक्रबार रातिको कार्यक्रममा कम भोट पाउने एक जना आउट हुनेछन्। यो क्रम हरेक हप्ता त्यतिबेलासम्म जारी रहनेछ, जतिबेलासम्म अन्तिम तीन जना बाँकी रहँदैनन्। तीन जना बाँकी भएपछि ग्रान्ड फिनाले हुनेछ र त्यसमध्ये एकले पाउनेछ नेपाल आइडलको उपाधिसहित विभिन्न पुरस्कार।

6 thoughts on “नेपाल आइडल : भोट सार्वजनिक गर्न मिल्दैन, हेडक्वार्टरले नै दिँदैन”

  1. Nisita Baral says:
    July 8, 2017 at 5:40 am

    Pratap Das ♥

    Reply
  2. Yurika Zan says:
    July 7, 2017 at 5:29 pm

    Pratap Das

    Reply
  3. Sujan Sharma says:
    July 7, 2017 at 3:59 pm

    khuru khuru sagar ale lai vot garnus aru kura pachi garam la.

    Reply
  4. Sameer Mainali says:
    July 7, 2017 at 3:57 pm

    Pratap das

    Reply
  5. स्यानु पाईजा says:
    July 7, 2017 at 6:35 am

    एसएमएस भोटिङ नै रियालिटी सो हरुको आम्दानीको अंग हो।

    Reply
  6. Ram Rana says:
    July 7, 2017 at 5:01 am

    यदि भाेट सार्वजनिक गरिदैन भने भाेट हालेकाे के काम अनि भाेट पनि लिमिट किन हाे भारतमा तेरिया र प्रशान्त लाई भाेट हाल्दा त कुनै लिमिटनै थिएन मनपरि भयाे भाेट हाल्ने जनता काे अधिकार भनी भन्ने पनि हावा रैछ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme