Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मधेसमा चुनाव प्रचारको फरक शैली

Posted on July 6, 2017July 6, 2017 by Salokya

६ वटा प्रदेशको चुनावको मतगणना सकिएर नतिजा आउने क्रममा छ। अब एउटा मात्र प्रदेशको चुनाव बाँकी छ- प्रदेश नम्बर २। यो प्रदेशका केही ठाउँमा पनि चुनाव लागिसकेको छ। केही ठाउँमा दलका झण्डासहित प्रचार देख्न सकिन्छ।

अरु ठाउँमा भन्दा मधेसको चुनाव प्रचार भने फरक हुँदो रहेछ। प्रदेश नम्बर २ मात्र हैन, समथर जमिन रहेको प्रदेश २ देखि प्रदेश १ का झापा, मोरङ, सुनसरीसम्म पनि यस्तै देखियो। शायद् प्रदेश ५ र ७ मा पनि त्यस्तै छ थियो कि, त्यता नपुगेकोले देख्न पाइएन। हेरौँ त्यहाँको चुनाव प्रचारका केही फोटो

यो प्रदेश नम्बर २ को बर्दिवासको फोटो। पहाडीहरुको बस्ती भएको यो बजारमा प्रशस्तै चुनाव प्रचारका सामाग्री देख्न सकिन्छ। यहाँ देख्नुभो नि, सूर्यको रुख !

मधेसमा एउटा लामो बाँस गाँडेर त्यसको हाङ्गामा पार्टीको चुनाव चिह्न वा झण्डा राख्ने चलन रहेछ।

कांग्रेसलाई पार्टीको झण्डा र रुखसमेत राख्नु पर्ने। दुई दुई वटा बनाउनु पर्ने दुःख।

एमालेलाई भने पार्टीको झण्डा हैन सूर्य चिह्नलाई मात्र राखे पुगेको छ।

पार्टीको झण्डाभन्दा पनि चुनाव चिह्नलाई बढी ध्यान दिएको छ एमालेले। दुई चरणको चुनावमा सबैभन्दा बढी ठाउँमा जित्ने पनि यही पार्टी भएको छ। के यो चुनाव प्रचारको शैलीको कारणले पनि हो?

अनि चोक चोकमा झण्डा गाड्ने चलन पनि रहेछ।

दुई वटा रमाइलो पनि हेरौँ। आर्जु डिलक्सको छतमा कांग्रेसी कार्यकर्ता

एमाले कार्यकर्ताले चुनाव प्रचारका लागि बनाइएको टिसर्टलाई दिएको फेसन रुप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme