Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्री देउवाको हाँस उठ्ने, रिस उठ्ने अन्तर्वार्ता

Posted on July 3, 2017July 3, 2017 by Salokya


प्रधानमन्त्री शेरबहादुर देउवाको एउटा गजबको अन्तर्वार्ता साझा सवालमा आइतबार प्रसारण भएको छ। पहिलेका प्रधानमन्त्रीहरु केपी ओली, प्रचण्डले हरेक शनिबार टिभीमा लाइभ जनतासँग कुरा गर्थे। देउवा आएपछि त्यो बन्द भएको छ। कसले सुझाव दिएछ कुन्नि डोनर एजेन्सीले मस्त पैसा खन्याएको टेलिभिजन सोमा गइदिए प्रधानमन्त्री। प्रश्न यस्ता यस्ता आए कि झोँक चल्यो उनलाई। केपी ओली के हसाउँछन् र, देउवाले त्यसरी हँसाएका छन् यो कार्यक्रममा। हाँसोसँगै तपाईँलाई रिस पनि उठ्न सक्छ। केही सवाल जवाफका नमूना हेरौँ।

सुशीला कार्कीलाई किन महाभियोग लगाइयो?
-महाभियोग फिर्ता लिइसकेको हुनाले केही बताउन चाहन्नँ।

फिर्ता लिनुको कारण चाहिँ के हो त नि?
-केही कुरा भयो होला नि त फिर्ता लिनलाई। त्यो भन्न चाहन्नँ अहिले म। त्यही हो।

फिर्ता लिनुपर्ने महाभियोग दर्ता चाहिँ किन गरेको?
-केही कुरा गरियो, फिर्ता गरियो। त के भयो त त्यो?

त्यसो भए त्यो आरोप झुटा हो?
-आरोप…त्यो भित्री केही कुरा हुन्छन् नि।

केटाकेटी खेले जस्तै काम गरेको हो?
उहाँलाई लाग्यो होला। केटाकेटी खेलेको जस्तो छ? केटाकेटी खेलेकै हैन।

अनि के गर्‍या त?
-धेरै कुरा भएको छ त्यसले। किन भएको छैन?

के भयो?
केही सहमति भएर फिर्ता लिएको हो।

के भाको थियो?
त्यो म भन्न चाहन्नँ अहिले यहाँ।

अलिकति भन्दिनुस् न त।
उहुम्…

थोरैमात्रै
जबर्जस्ती गर्न पाइन्छ?

जबर्जस्ती हैन अनुरोधमात्र।
भइहाल्यो म भन्दिनँ।

****

बेलायतको विगत ७० वर्षदेखि सम्पूर्ण प्रधानमन्त्रीहरु अक्सफोर्ड विश्वविद्यालयका छन्। नेपालको विगत ७० वर्षदेखि हाम्रो मन बुझ्ने कुन चाहिँ प्रधानमन्त्री पायौँ? तपाईँ कहिले विस्थापित हुने?
-हेर्नुस्, नेपालमा जस्तो विद्यालय हुन्छ, त्यहीँ पढ्ने हो नि।

नेपालको विद्यालय हैन…
-हेर्नुस् तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ।

हजुरलाई रिस उठ्यो भने
-रिस उठ्ने कुरा हैन नि। कहाँबाट ल्याउने मैले अक्सफोर्ड विद्यालय नेपालमा? त्यसो भए अक्सफोर्ड पढ्या बाहेक यहाँ प्राइम मिनिस्टर हुन नपाउने?

-तपाईँले चाहँदैमा हुने कुरा त हैन नि। तपाईँले चाहे जस्तो बन्नुपर्छ भन्ने के छ यहाँ? जनताले चुन्या हो मलाई। बहुमत पाए मान्छे हुँदैन रे। अनि को तपाईँ हुने त?

तपाईँ जनप्रतिनिधि हो भन्नुहुन्छ आफूलाई। उहाँको प्रश्नको सही जवाफ दिनुस्।
कहाँबाट ल्याउने अक्सफोर्ड पढेको प्रधानमन्त्री? निहुँ खोज्ने कुरा भइराछ यहाँ निहुँ खोज्ने !

हाइलाइटहरु भिडियोमा हेर्न यहाँ क्लिक गर्नुस्–

पूरा कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुस्–

यति धेरै अक्सफोर्डको किन चिन्ता गर्‍या होला। नेपालमा छ नि त अक्सफोर्ड 🙂

72 thoughts on “प्रधानमन्त्री देउवाको हाँस उठ्ने, रिस उठ्ने अन्तर्वार्ता”

  1. ASK says:
    July 8, 2017 at 4:43 pm

    जिताउने कांग्रेश र एमालेलाई अनि बिद्धता खोज्ने बाबुराम र प्रचन्डको जस्तो ? बाहियात प्रश्नवाचकहरु । सुन्न फेरि नसक्ने रे ! लाज लाग्ने रे !

    Reply
  2. dor prasad says:
    July 7, 2017 at 8:04 pm

    क्रान्ति को बेला बहादुर को खाचो थियो – राना र पन्च लै तहलाउन ! बुद्धि जस्तो भए पनि बल र त्याग बात नेता बने सेर बहादुर …. सिधा बोल्ने नेता को रुपमा उनि कार्य कर्ता माझ लोकप्रिय छन् | उनको त्याग को कदर हुनु पर्थ्यो र भै सक्यो |

    आब जमाना छुटै छ … जनता ले oxford पढेका खोज्न थाले … सोतान्त्रता र प्रजान्त्र भन्दा देस विकास चाहिएको जनतालाई | येदि बुद्धि छ भने retire हुनु पर्ने हो .. नया पुस्ता लै पालो दिनु पर्ने हो .. नत्र जनता ले धक्का मारेर निकाल्ने छन् |

    Reply
  3. Shankar says:
    July 7, 2017 at 12:00 am

    एस्तो त् छ देशको प्रधानमन्त्री , छाप जनताले चुनेको लागेको छ | तेसैको फुर्ति गर्छ |
    येस्तालाई किङ्ग बनाउने को ? नेपालि जनता हो ?
    हिजो सुजाता, माउकुने , गच्छेदार चुनाब हारेर पनि पावर मा गएका थे, यो नेपालि नेता पखाला लाग्दा पनि औसधि खान किन इन्डिया जान्छ ?
    राम्ररि सोच्नेहो भने यो सब इन्डियाको देन हो नेपाल को लागि |

    Reply
  4. Drj says:
    July 6, 2017 at 1:10 pm

    हैन यहाँले भन्न खोज्नु भएको के रिपब्लिकन पार्टी,डेमेक्र्याटिक पार्टी, भाजपा लाइ भोट हाल्नु नेपाली पार्टीलाइ नहालेर?

    Reply
  5. niRan says:
    July 4, 2017 at 11:21 pm

    लठु प्रधानमन्त्री अनि फेरी येही कांग्रेस, एमाले, मावोबादी लाई नै भोट हाल्ने जनता झन् के भन्नु !!

    Reply
  6. दुर्गेश says:
    July 4, 2017 at 5:11 pm

    हुतुतुतुत हुतुतुतुत हुतुतुतुतु ?????

    Reply
  7. Drona KC says:
    July 4, 2017 at 12:07 pm

    लाटो देस का गाँड! तन्देरी ! येस्ता नेताहरु बाट देस र जनता ले के कुरा को अपेक्षा गर्न सक्छन होला
    हे नेपाल आमा अबत एउटा सुपुत्र जन्माई देउ न !!

    Reply
  8. Harischandra Sapkota says:
    July 4, 2017 at 11:30 am

    तिम्रै जस्तो वाक्लो बुध्दिले हुन्छ नेका ठुलो पार्टि ? तिमिलेत किन मैले प्रम मा दावी गरेर देश वर्वाद गरे भनेर पश्चातप गरेर दिनको एक पेग पिएर सुत दाइ । देश जनताको भलो यसैमा हुन्छ ?

    Reply
  9. Achyut Uprety says:
    July 4, 2017 at 1:33 am

    Idiot, you have to have some diplomacy and intellectuality while answering public voice. Look at our PM who holds the future of Nepal.

    Reply
  10. Ram Bahdr says:
    July 4, 2017 at 6:08 am

    सबै कांग्रेसी साथीहरूले घरमा अन्तर्वार्ता को समयमा लोडसेडिंग भएछ की के हो? कोई चुंईक्कै बोल्दैनन त!
    Dear Nepali Congress friend, you should have courage to speak out of such shame full talk that our PM had. Can any Nepali expect good out come from him. KP is Oli is therefore getting more popularity due to thw pathetic leadership in NC.

    Reply
  11. San Tam says:
    July 4, 2017 at 2:50 am

    कुरि कुरि ! That’s all !

    Reply
  12. binit says:
    July 4, 2017 at 1:19 am

    शेर बहादुरले १००% सहि कुरा गरेको छ |
    ———————————————-
    “कहाँबाट ल्याउने मैले अक्सफोर्ड विद्यालय नेपालमा?”
    “जनताले चुन्या हो मलाई |”
    ———————————————
    उसलाई थुक्दा ९९% थुक आफ्नै मुख मा फर्किन्छ |

    Reply
  13. Ingnam Yogen says:
    July 3, 2017 at 3:12 pm

    भोट दिने बेला दश कक्षा फेललाई दिने अनि प्रम चै oxford university मा पढ्या खोज्ने ?

    — बात करता है

    Reply
  14. Rajan says:
    July 3, 2017 at 6:37 pm

    कस्तो मुला बकम्फुसे काङ्रेसको चम्चे रहेछ, देउबा भन्दा पनि गए गुज्रेको तल्लो स्तरको बौद्धिकता भएको | प्रश्नको आशय अक्स्फोर्ड को प्रधान मन्त्री चाहियो भन्ने होइन, जनताको इच्छा बुझ्ने प्रधान मन्त्री चाहियो भन्ने हो, पाजी |

    Reply
  15. Prati Pokharel says:
    July 3, 2017 at 12:30 pm

    K sawal jawaf garnu yesta lakxya bihin, aasaya bihin manxe sanga. Bichara sher bd. deuwa, bichara hani janata. Uni vanchan Oxford college kaha bata lyaau?? Janata ra desh Ko hak hit ekatira, desh Ko bikash ka karya ekatira Ani janata Ko aasa, varosa ra chahana ekatira. Bandaina desh 2,4 Jana kaput marera nagaye

    Reply
  16. Rajan says:
    July 3, 2017 at 6:09 pm

    अमेरिकाको ट्रम्प गए गुज्रेको भन्ठानेको त देउबा त्यो भन्दा दुई गुना गए गुज्रेको रहेछ |
    गोरुको गोबर भरिएको छ कि क्या हो गिदिमा ?

    Reply
  17. Nepali Resham Ad says:
    July 3, 2017 at 12:22 pm

    Ummm yati kharsa ki ghati nai operation garna parla Nile paxi

    Reply
  18. Laxman Adhikari says:
    July 3, 2017 at 12:03 pm

    hunu parne nai yestai ho ..chipla kura garnu bhanda kharsa kura thik

    Reply
  19. मेख पुन says:
    July 3, 2017 at 5:46 pm

    हाम्रो देशको प्रधान मन्त्री, त्यो पनि एक चोटी होइन ४ पटक र एक साधरण कार्यकर्ता जती सवालको जवाफ दिन नसक्नु , बारबार रिषाउनु, अाक्रोसमा अाउनु, सांच्चै नै यो दृष्य देख्दा त हामी सर्वसाधारण लाइ पनि लाज लाग्यो । ज्ञानेन्द्रले असक्षम भनेको सत्य लाग्यो ।

    Reply
  20. Prabina Karki says:
    July 3, 2017 at 5:36 pm

    अराजक र अपरिपक्व पत्रकारीता र भिडतन्त्रको उदाहरण हिजोको साझा सवाल । मुलुकका विशिष्ट व्यक्तिहरु संग सोध्ने र नसोध्ने कुरा छुट्याउन नसक्नु र विना सम्पादन प्रधानमन्त्रीलाई वेइजती गर्ने नियतले नै प्रसारीत । विशिष्ट व्यक्तित्वहरुले पनि कुन कार्यक्रममा जाने, कुनमा नजाने डिमार्केसन गर्न जरुरी ।

    Reply
  21. सुदिप दाहाल says:
    July 3, 2017 at 11:48 am

    Tootlay ahiley samma bachi ra xas tesai ma khus ban natra talai gidda lea ne na khalan ne

    Reply
  22. Deepak Thapa says:
    July 3, 2017 at 11:09 am

    नेपाली जनतालाई बल्ल थाहा हुंदैछ भारतले गर्दा नेपाली जनताले दु:ख पाएका र अर्थतन्त्र र सामाजिक अबस्था गिरेर पाताल पुगेको होईन याहांका केहि कुनेताहरुकै कारण आज देश पाताल तिर पुगेको हो।

    Reply
  23. prustam says:
    July 3, 2017 at 4:50 pm

    जनता को भर पर्ने भे पो
    राम्रो मुख ले बोल्छन
    धामी झाक्री को भर गर्ने परे..
    धन्न थर्काएछन मात्र
    कसो कुट्ने आएनन

    Reply
  24. Dasharath Bashyal says:
    July 3, 2017 at 10:50 am

    दरिद्र र लाचार को परकास्टा हो

    Reply
  25. yash says:
    July 3, 2017 at 2:10 pm

    मलाई नि मन पर्यो । अच्च्काली मन पर्यो । यो सन्सारमा कुनैपनि देशको प्रधानमन्त्री यसरी न कहिलै बोल्या थिए न बोल्न सक्नेछन । त्यसैले , म त्यहा भैदिएको भए दयसरीदिर्घा बाटै मेरो थोत्रो जुत्ता उपहार टकार्थेँ । ?

    Reply
  26. Amir says:
    July 3, 2017 at 1:49 pm

    नेपाल नेताले होइन दिन भरि साझा सबाल,, प्राइबेट सबाल अनि चिया पसलमा बसेर कुरा काट्ने ले बिगारे ! असार मासा खेतमा रोपाई गर्न नगएर ..खुब गफ हान्न जानुपर्ने तन्नेरी भनौदा हो ! बोलेर होइन काम गरेर देखाऊ जनता हो !

    Reply
  27. Bishworam Tamang says:
    July 3, 2017 at 7:38 am

    As a prime minister he has to respect to public but he is showing his anger ohh!!! My god when we will get honest and patriotic prime minister

    Reply
  28. Mala Wostey says:
    July 3, 2017 at 6:50 am

    हग्ने लाई भन्दा देख्नेलाई लाज भनेको यस्तै हो।

    Reply
  29. krishna Neupane says:
    July 3, 2017 at 11:52 am

    म त केहि भन चाहन्न . के बेर छ र देउबा सरले बोलाउनु भयो भने दर्शन नगरनी को ?
    देश ले को खोजेको छ त्यो उहाले सपनी मा देख्नु भयो भने कृष्ण न्यौपाने को दिन आयो है ?

    Reply
  30. Decid Er says:
    July 3, 2017 at 5:58 am

    Umer ra bal ko belamata kei garena aba ta k garera banauna la.

    Reply
  31. PNC confessions says:
    July 3, 2017 at 5:33 am

    अक्स्फोर्डमा पढेको बौद्धिक युवा प्रधानमन्त्री चाहिने, भोट चै आफ्नै बाहरु प्रचन्ड, ओलि र देउबा लाई हाल्ने तथाकथित परिवर्तनप्रेमी युवाहरु लाई देउबा को उत्तर गतिलो झापड हो । सामाजिक सन्जालमा प्रधानमन्त्री देउबाको कडा अलोचना र बिरोध भैरहदा स्थानिय तहको चुनाबी परिणाममा काङ्रेसले २०० भन्दा माथी मेयर को सिट सुरक्षित गर्ने निश्चित छ । साझा सवालका प्रश्नहरु माथी प्रधानमन्त्रीको हैसियतमा दिइएका उत्तरहरुले हासो सङै लज्जित बनायो । अध्यक्ष नै असक्षम देउबा, एस एल सि फेल ओलि, ज्यन्मारा प्रचण्ड हुन, अक्स्फोर्ड पढेको कहाँ बाट ल्याउने? सचेत बुद्दिजिबी को काठमाडौ महानगरको स्थानिय निर्बाचनमा काङ्रेसकै राजु राज जोशी र साझाको किशोर थापाले पाएको भोटलाइ हेरेर समीक्षा गर्न सकिन्छ । कुर्सी ले ठुला दलको नेता खोज्छ अर्थात देउबाले कुर्सी हैन, कुर्सिले देउबा खोज्छ ।
    Via:MRR

    Reply
  32. Anoop Kumar Thapa says:
    July 3, 2017 at 5:24 am

    मेरो अध्ययन को निस्कर्श बाट म घरी घरी भन्छु नेता भन्दा जनता दोषी हो जस्ले भ्रष्टाचारी हत्यारा देशबेचुवा लाई भोट दिने गर्चौ बारम्बर अनि त्यस्तो नेताहरु बाट विकास निकास खोज्ने जुन असम्भव छ। देश्बेचुवा नेता लाई जिताउने अनि भारत अमेरिका विलायत बिदेशी देश लाई गाली दिने जस्तो नेपाली हरु को बिबेकहिन कदम र मुर्खता को कारन नेपाल कहिले उवो लाग्दैन।

    देश तब बन्छ जब असल नागरिक राजनिती मा आउछन र जनताहरु ले पनि असल लाई जिताउछन जस्को चरित्र र इतिहास पानी जस्तो सफा हुन्छ।

    कुनै पनि देश को विकास वा विनाश त्यहा को जनता को Mindset ले गर्दा हुन्छ Remmitance या Foriegn Aid fund बाट विकास हुदैन।

    अनि हामिहरु घरी घरी त्यही पुरानो खिया लागेको भ्रष्ट पार्टी र भ्रष्ट नेताहरु लाई फेरि मत दियेर आफुलाई र आउने पुस्ता लाई गुलाम बनाउने मुर्खता गरि रहेको छौ।

    Reply
  33. Sam Shrestha says:
    July 3, 2017 at 4:48 am

    Esta waiyat manche haru le desh chalairakheka …. mukh mai gaera thukduna parne esta manche harulai….

    Reply
  34. Rudra Deep says:
    July 3, 2017 at 4:38 am

    ल हेरौँ है नेपाली जनता ले

    Reply
  35. Badri oli says:
    July 3, 2017 at 10:00 am

    Non sense pm

    Reply
  36. Rishiram Khawas says:
    July 3, 2017 at 4:13 am

    जिम्मेवार पदको गैर जिम्मेबार नेतृत्व अनि हास्स्यपद जवाफ ! यस्तो नेतृत्व बाट देश र जनताले कस्तो अपेक्षा राख्ने ?

    Reply
  37. Madan Shrestha says:
    July 3, 2017 at 4:03 am

    यस्ता प्रधानमन्त्री पाउनुनै नेपालीको दुर्भागय हो

    Reply
  38. Sushma KC says:
    July 3, 2017 at 3:58 am

    Rabin Thapa watch this

    Reply
    1. Rabin Thapa says:
      July 3, 2017 at 4:05 am

      Watched 10 hrs ago

      Reply
  39. Sukadev Lamichhane says:
    July 3, 2017 at 3:50 am

    Neta haru satta gayar aafno khalti varne janata Ra desko barema kehi MATLAB xaina yesta yesta netalai hamile kahile tahalagaune ki gulami matrai garne

    Reply
  40. Ram Bahdr says:
    July 3, 2017 at 9:34 am

    नेपाल मा यस्ता पनि प्रद्गंमत्री हुन्छन/ लाजै लाग्यो/ यस्तो स्तर बिहिन PM त संसारमा कतै हुदैन/ कांग्रेससि साथीहरु तपाई हरु केभएको यस्ता लाइ लिडर मान्ने/

    Reply
  41. yash says:
    July 3, 2017 at 9:20 am

    यस्ता गज्जबका प्रधानमन्त्री पाईएकोमा तपाईं हाम्लाई बधाई छ ,अनि काङ्रेशीहरुलाई पनि ।

    Reply
  42. Ganesh Timsina says:
    July 3, 2017 at 3:33 am

    काङ्ग्रेस को कार्यकर्ता झोले मात्र बनाइएको छ ,जुन्भाषा सिकाइएको छ त्योभन्दा अरु जान्दैनन

    Reply
    1. Bedu Paudel says:
      July 3, 2017 at 4:43 am

      यो भनाई गलत हो । लोभी पापी सबै दलमा छन् । लोभी पापी हरू जुन सुकै दलको कार्यकर्ता भए पनि झोले मात्र हुन्छन् ।

      Reply
  43. Lok Basnet says:
    July 3, 2017 at 3:31 am

    नेपालको नालायक प्रधानमन्त्री

    Reply
  44. Asmin Dhakal says:
    July 3, 2017 at 9:09 am

    PM जिउले नत कुनै प्रश्नको सही र सटीक उत्तर दिन सक्नु भाको छ, नत कसैसंग आंखा जुधायेर सवाल जवाब नै गर्न सक्नु भाको छ…..सच्चा बेक्तिको यो आचरण हुनै सक्दैन…..न बिराउनु, न डराउनु भन्नि भाव उहामा शून्य देखियो……

    Reply
  45. Pralhad Pralhad says:
    July 3, 2017 at 3:21 am

    जस्तो प्रश्न उस्तै उत्तर , मलाईमन पर्यो ।

    Reply
    1. Bhola Dhital says:
      July 3, 2017 at 3:38 am

      हजुरको सोचलाई २१ तोपको सलामी, एकदम सही हो, प्रधानमंत्री जस्तो मान्छे भएर भट्टीमा मान्छे थर्काको जस्तो थर्काउन नपाउने भन्ने नी कहीं हुन्छ? It’s not a joke, we have chose him as supreme power of the nation and having authority to humiliate any person, let’s keep clapping

      Reply
  46. Balkrishna Dahal says:
    July 3, 2017 at 2:44 am

    Epic chha epic!

    Reply
  47. Kamal Dhakal says:
    July 3, 2017 at 2:35 am

    अब पनि उल्टो चस्माले नहेरौ कसैले कसैलाई किनकी आजकलको विश्व परिवेश अनि शिक्षित माहोल जागरुक र जिज्ञासा् आदि इत्यादि हुन् किन भएन किन हुदैनन् भनेर सवाल गर्न सक्छन् नत्र त त्यो त कुसोण्डो पो हुन्छ सवस्ल जवाफ देखि पर भाग्ने होईन र ? नेपाल नेपालीको उच्च ओहोदामा बस्ने पाको उमेरको मान्छे यसरी आवेशमा जवाफ दिनु त कसैलाई राम्रो लाग्ने बिषय य पक्कै होइन होला अर्को तर्फ सवाल गर्ने मान्छे स्वतन्त्र हुन्छ उसको सवालको जवाफ चित्तबुझ्दो दिन नसकेपनी नभएपनी उल्टो चश्माले हेर्नू देख्नु र गैर कुरा गर्नु अहिले त लाटाले पनि सुन्छन भेडाले पनि बुझ्छन् भन्नू म ! प्रमको एस्तो जवाफ ,,,अन्य होइनन् हाम्रो पार्टी भन्ने वाहाकै पार्टीका मान्छेले पनि सराहना गर्छन् र आजकल ,,,?

    Reply
  48. Keshbir Shrestha says:
    July 3, 2017 at 2:30 am

    नेपाली काँग्रेसमा कोही स़क्षम नेताको जन्म नै भएको छैन कि क्या हो !!!

    Reply
  49. Raaz Lamsal says:
    July 3, 2017 at 2:26 am

    घमण्डी, घटीया र नालायक प्रधान मन्त्री मेरो देशको

    Reply
  50. Subash Neupane says:
    July 3, 2017 at 2:02 am

    Feels funny and shameful at the same time.

    Reply
  51. Nanda Rai says:
    July 3, 2017 at 1:27 am

    Yo show ta completely worth less

    Reply
  52. कृष्ण गिरी says:
    July 3, 2017 at 1:25 am

    Yesta yesta ta keta chaan nepal ma jana ta no jawaf ramrari dina nasakne ani desko prime minister hune……. thukka

    Reply
  53. Anup Shrestha says:
    July 3, 2017 at 12:51 am

    Baluwa ma pani khanayo pheri

    Reply
  54. Babu Nirmal says:
    July 3, 2017 at 12:35 am

    मलाई थाहा छैन….हुन्छ म हेर्छु……म बुज्छु…..ए बाबा म बुझ्छु भन्दै छु त भन्देखिन लाई… हरेक प्रश्न को जबाफ येहि सुनियो अरु बोलेनन कि मैले बुझिन….तर उत्तर सुन्दा र भाव हेर्दा मेरो देशको प्रधानमन्त्री हुन् भन्न नि लाज लाग्यो ….यस्तो अनउत्तरदायी सबाल जबाफ हेरेर आफैँ सङ्ग लाज लागेको छ….आखिर हामीले नै भोट दिएर पठाइएका न हुन् ……

    Reply
  55. Bmlimbu Bibas says:
    July 2, 2017 at 11:55 pm

    साझा सवाल त सुनियो तर कुरा त आधाजती मात्र बुझियो प्र.म शेर जीको

    Reply
  56. R h shrestha says:
    July 3, 2017 at 5:32 am

    देस्सको प्रधानमन्त्री जस्तो व्यक्ति ले राष्ट्रिय ती व्हिव मा जनता को जवाफह के भनेको . लाज लग्नु पर्ने हो. तर लाज भय पो लग्नु होइन र .

    Reply
  57. Hom Bahadur Gurung Lamjung says:
    July 2, 2017 at 10:59 pm

    बिगतमा लागेको असक्षमताको बिल्ला आज साझासवाल हेरेपछी वास्तबमा ठिकै लाग्यो। प्र मको गैरजिम्मेवारी,लाचारी,अनुत्तरदायी र निरिहता देखि

    Reply
  58. Saurav Raut says:
    July 2, 2017 at 10:48 pm

    आलु रोपेर खाने बेलामा पिँडालु नखोजौ।

    Reply
  59. Shree Ram Pokharel says:
    July 2, 2017 at 10:23 pm

    थुक्क दुखी आत्मा …………

    Reply
  60. Leknath Fuyal says:
    July 2, 2017 at 9:26 pm

    Kongres lae vot halnae na hune ho kura sunda.

    Reply
  61. Sridhar Gaire says:
    July 2, 2017 at 9:08 pm

    कहिले जन्मिन्छ राम्रो नेता नेपालमा कुन जुनिको पाप ले हो खै नेपाली जनता ले येस्तो लाई प्रधानमन्त्री मान्नु परेको छ 1पटक होइन त्यो पनि 4पटक

    Reply
  62. गगने गंण्गने says:
    July 2, 2017 at 8:51 pm

    : थुक्क साला! थुक्क म, थुक्क मेरो देश! यस्तालाई देशको उच्च नेता बनाउने, प्रधानमन्त्र र सभापति बनाउने, जिताउने, आफ्नो भोटदिने थुक्क!थुक्क!!थुक्क!!! देशको मतदाता देशको जनता भनौदा कुलंघार हरु! देशमाथि बलात्कार गरायौ, यस्ता नालायक तुच्छ् पतित मान्छेहरुबाट तिमिहरुले आफ्नै मात्रिमाथि बलात्कार गरायौ र तेस्को साक्षि बस्यौ! आफ्नै छोरिहरुको बैनिहरुको जिवनमाथि बलात्कार गरायौ र मजामानेर हेरिरहेकछौ! थुक्क तिमिहरुको जिन्दगि यो देशकोलागि आभिषाप् हौ तिमिहरु, तिमिहरुको आत्माले यो देशमा फेरि कुनै स्थान नपाओस् भनेर कामना गर्दछु म!

    Reply
    1. Amir Bhandari says:
      July 2, 2017 at 9:34 pm

      आफ्नो चरित्र बोलेको ?? मानसिक दरिद्रता,

      Reply
  63. Bhola Dhital says:
    July 2, 2017 at 8:48 pm

    सबै कांग्रेसी साथीहरूले घरमा अन्तर्वार्ता को समयमा लोडसेडिंग भएछ की के हो? कोई चुंईक्कै बोल्दैनन त!

    Reply
  64. Dl Thapa says:
    July 2, 2017 at 8:39 pm

    सेरे अति हसायो …मूँछे सेरे रिस चाई जंगली सेरे ज़स्तो
    यस्तो गरिमा पद को ….

    Reply
  65. Krishna Giri says:
    July 2, 2017 at 8:36 pm

    अब पनि देउवा ले नेपाल बनाउला भनेर आसा गर्नु त गोरु ब्यायेर दूध खान्छु भन्नू जस्तै हो।

    Reply
  66. अस्बिन तिमिल्सिना says:
    July 2, 2017 at 8:23 pm

    काङ्ग्रेस जिन्दावाद हाम्रो प्रधानमन्त्री ज्यु ले जे भन्दा पनि हुन्छ हामिलाइ मान्य छ

    Reply
  67. Swabhiman Nepal says:
    July 2, 2017 at 8:12 pm

    काँग्रेसको सर्वोच्च नेताको हैसियत यहि हो ? नेपालको प्रधानमत्री भन्न घृणा लाग्छ /
    #प्रधानमन्त्री
    #नेपाल

    Reply
    1. गगने गंण्गने says:
      July 2, 2017 at 9:30 pm

      : कांग्रेसको सर्बोच्च नेता भन्छौ साथि! यो मान्छे यो देशको प्राधानमन्त्रि हो र त्यो पन् चार चार पटक् प्रधानमन्त्रि भयको मान्छे! अब यस्ताको गति हेरि आफ्नो देशलाई बुझ्नुस् के सोच्नुहुन्छ्! देशको दुर्भाग्यहरु नै देशको भाग्य कोर्ने कुर्चिमा बसेकाछन्! अब हामिले के आशा गर्ने?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme