Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न्ह्यु बज्राचार्य किन देखिएनन् नेपाल आइडलको रिजल्ट घोषणा हुँदा?

Posted on July 1, 2017 by Salokya


नेपाल आइडलको शुक्रबारको कार्यक्रमबाट हँसाइराख्ने प्रतियोगी अफसर अली, विद्या तिवारी जसले अडिसनमा गाउँदाको आवाजलाई कार्यक्रम प्रसारण हुनुअघिदेखि प्रोमोमा प्रयोग गरिएको थियो र मनोज थापा मगर आउट भए।

तर यो रिजल्ट घोषणा हुँदा जजको कुर्सीमा एक जनाको कुर्सी भने रित्तै थियो। न्ह्यु बज्राचार्यको कुर्सी।

तपाईँहरुले याद गर्नुभएको होला, अघिल्लो ग्रुपको पनि ‘परीक्षाफल’ अर्थात् रिजल्ट घोषणा हुने कार्यक्रममा न्ह्यु बज्राचार्य अनुपस्थित थिए। किन? यसको कारण रोचक छ।


न्हयु बज्राचार्य यतिबेला अमेरिकामा छन्। आनी छोइङ डोल्माको अमेरिका टुरमा गितारिस्टका रुपमा उनी अमेरिका पुगेका हुन्। अमेरिकका ६ सहरमा जुन ३ देखि जुन २५ सम्म कन्सर्ट थियो।

तर यो बीचमा प्रसारण भएको केही कार्यक्रममा समेत न्ह्यु बज्राचार्य देखिन भ्याए। कसरी त?


यो हेर्नुस् कन्सर्टको प्रचार सामाग्री जसमा मिति र न्ह्यु बज्राचार्यको नाम छ।

यो हेर्नुस् २६ जुनमा त फेसबुकको बोस्टनबाट गरिएको लाइभ भिडियोमै उनी देखिन्छन्

खासमा नेपाल आइडलका पछिल्ला केही एपिसोडहरु तपाईँले जसरी टिभीमा देख्नुभएको थियो, यस रुपमा नदेख्न पनि सक्नुहुन्थ्यो, यदि आइडल सिरिजको फ्रेन्चाइज बेच्नेहरुले हस्तक्षेप नगरेका भए।

तपाईँलाई थाहै होला विश्वका ४६ देशमा फ्रेन्चाइज बेचेर उस्तै गुणस्तर र फरम्याट कायम गरेर यो कार्यक्रम चलाइन्छ। Simon Fuller को सिर्जनामा Fremantle Media ले इन्डियन आइडललाई बेचेको फ्रेन्चाइज नेपालले भने इन्डियन कम्पनीसित किनेको रहेछ। त्यसैले क्वालिटी कायम राख्न नेपाल आइडलका लागि तीन जना कन्सलटिङ प्रोड्युसर रहेका छन्।

आइडल सिरिजको क्वालिटी कायम हुन सकेन भने त ब्रान्डमा नै धक्का पुग्छ। त्यही भएर यी कन्सलटिङ प्रोड्युसर निकै कडाइ गर्छन्।

न्ह्यु बज्राचार्य शोका लागि अमेरिका पुगिसकेका थिए। यता नेपाल आइडलको महत्त्वपूर्ण एपिसोड सुरु हुँदै थियो। टप १६ (यता १८ जना बनाए) बाट जजहरुले छानेर ६ जनालाई र जनताको भोटिङबाट ६ जना गरी १२ जनालाई गाला राउन्ड पुर्‍याउने।

यसै पनि जजिङको बारेमा नानाभाँती कमेन्टहरु भइरहेका थिए। कालीप्रसाद बाँस्कोटा त तैबिसेक हिट गीतहरु कम्पोज गरेका व्यक्ति, इन्दिरा जोशी त ग्ल्यामरका लागि राखिएकी। नेपाली ताराको पहिलो सिजनमा कुनै उपाधि जित्न समेत असफल प्रतियोगी। न्ह्यु बज्राचार्य नै एक त्यस्ता व्यक्तित्व थिए जसले जजिङको हाइट राख्न सक्थे।

तर न्ह्यु थिएनन्। एपिसोड सुटिङ भयो। कन्सलटिङ प्रोड्युसरहरुले रुचाएनन्। उनीहरुले सुटिङ भएको कार्यक्रम प्रसारणका लागि अयोग्य भन्दै रिजेक्ट गरिदिए।

अब के गर्ने त?

उनीहरुले भने, न्ह्युलाई तुरुन्त काठमाडौँ बोलाऊ।

नमानी सुख? फ्रेन्चाइज लिँदा नै गुणस्तरको शर्त तेर्स्याइएको थियो। त्यसपछि नेपाली टेलिभिजन कार्यक्रमकै इतिहासमा पहिलो पल्ट होला- कार्यक्रममा सहभागी गराउन अमेरिकामा रहेका न्ह्यु बज्राचार्यलाई अमेरिका-काठमाडौँ-अमेरिकाको बिजनेस क्लासको टिकट दिएर रातारात बोलाइयो। उनी आए गत हप्ता। अनि केही एपिसोडको सुटिङ सकाएर पुनः अमेरिका फर्किए।

२२ जुनमा नेपाल आइडलको १२ औँ एपिसोड प्रसारण भयो। जसमा छानिएका १८ जना मध्ये नौ जनाले प्रस्तुति दिए र जजहरुले तीन जनालाई सीधै गाला राउन्डमा पठाउने गरी सुरक्षित गरे।

तपाईँहरुले याद गर्नुभएको होला, यो कार्यक्रम युट्युबमा अपलोड गरिएको थिएन। युट्युबमा यो कार्यक्रम २६ जुनमा मात्रै अपलोड गरियो अर्थात् न्ह्यु बज्राचार्यको घोषित कन्सर्ट मिति (२५ जुन) को भोलिपल्ट।

२९ जुन अर्थात् हिजो बिहीबार प्रसारण भएको कार्यक्रम पनि उनी अमेरिका जानु अघि नै सुटिङ गरिएको थियो। जसमा नौ जनाले प्रस्तुति दिए र जजहरुले तीन जनालाई सेफ गरे।

२३ जुनमा प्रसारण भएको भोटिङ राउन्ड र आज शुक्रबार ३० जुनमा प्रसारण भएको भोटिङ राउन्ड पछि सुटिङ गरिएको थियो। किनभने अघिल्लो दिन प्रसारण भएको अग्नि परीक्षापछि भोलिपल्ट मध्याह्न १२ बजेसम्म भोट लिने र त्यसको काउन्टपछि सुटिङ गर्नुपर्ने भएकोले यसमा न्ह्यु नभए पनि हुन्थ्यो।

भोटिङ रिजल्टसहितको कार्यक्रमको सुटिङ हुँदासम्म न्ह्यु बज्राचार्य अमेरिका उडिसकेका थिए।

अब गाला राउन्डका लागि भने शायद् उनी नेपाल फर्किसकेका हुनेछन्।

86 thoughts on “न्ह्यु बज्राचार्य किन देखिएनन् नेपाल आइडलको रिजल्ट घोषणा हुँदा?”

  1. Pingback: किन देखिएनन् यो साता नेपाल आइडलमा एक जज? « Mysansar
  2. Barsha says:
    July 3, 2017 at 4:20 pm

    “मुख फर्काउनुहोस्” मा क्लिक गरे पनि नयाँ कमेन्ट जस्तै बसेछन मेरा कमेन्ट हरु, जो जसका कमेन्टका उत्तर हुन् आफैं बुझ्नु होला 🙂

    Reply
  3. Tek Raj Timalsina says:
    July 3, 2017 at 2:12 pm

    Totally agree with you Barsha jee. My Sansar has repeatedly mentioned that Indira Joshi was unable to win any title in Nepal Tara and sarcastically indicating that she is a poor choice to be a judge for Nepal Idol. But what Umesh jee has failed to mention what Indira Joshi has achieved after Nepal Tara. She has established herself as a celebrity singer of Nepal with many popular and critically acclaimed songs under her belt. Many would not know who won the Nepal Tara title in that series, but Indira is more popular than him. One time failure does not mean that you cannot succeed in the future.

    Reply
  4. P Shrestha says:
    July 3, 2017 at 3:10 am

    In Nepal Idol 3rd episode, when one of the judge Kali Prasad Baskota was absent, the unoccupied chair was removed and there was no uneasy feeling, watching it. But, when Nhyoo Bajrachary was absent in couple of shows as mentioned in this article, the chair was left there unoccupied, which gave an uneasy feeling, for the grandeur of this show. Maybe it was due to deep respect for Nhyoo Sir, but unoccupied chair of judges gives an uneasy feeling watching it !

    Reply
  5. Amrit rana says:
    July 2, 2017 at 11:23 pm

    Overall,everybody performance is good.but Sagar ale is one of the most versatile singer.he might have chance to be an idol.

    Reply
  6. Hari Majhi says:
    July 2, 2017 at 9:13 am

    Kuro sahi ho

    Reply
  7. Ramjit Rai says:
    July 2, 2017 at 8:29 am

    न्यु बज्राचार्य उहाँ नहुनु भनेको भाग्नु सरह हो जुन हुनिपर्ने मुख्य समयमै नहुनु भनेको के हो त ?? भागेर समस्याको समाधान हुदैन वास्तविकता के हो त्यो प्रष्ट हुनुपर्छ पब्लिकमा ।

    Reply
  8. Barsha says:
    July 2, 2017 at 1:17 pm

    Totally disagree with you. Indira Joshi was once a participant in a similar show. She lost the competition but was able to establish herself as an artist. She may not be the best of the best, but to judge a competition like this, you don’t have to be. You are totally wrong about Kali prasad as well. Look at his portfolio before you comment. I like the way the judges are handling their job.

    Reply
  9. Barsha says:
    July 2, 2017 at 1:11 pm

    Too bad they didn’t consult you before selecting the judges. It’s all in your mind…

    The truth is that each of the judges is doing an excellent job. Get over it.

    Reply
  10. Barsha says:
    July 2, 2017 at 1:07 pm

    प्रताप लामा निकै राम्रो गायक हुन्, जनताकै भोट पाएर एउटा ठुलै कम्पिटिशन जितेका पनि हुन् | उनले गायन क्षेत्रमा राम्रो उपस्थिति देखाइरहेका छन्, एल्बम निकालेका छन्, देश-विदेश कन्सर्ट गरेका छन् — उनलाई किन चाहियो टाइटल ? के अरु नया प्रतिभाले चान्स नपाउने ? सागर आलेलाइ हेर्नुस, निशानलाइ हेर्नुस, प्रताप दासलाइ हेर्नुस, अरु सबै पनि निकै राम्रा प्रतिभा हरु छन् | प्रताप लामा जस्तै अफ्सर अलि आउट हुँदा नरमाइलो त हुन्छ नै तर अहिले सम्मको सेलेक्सन निकै राम्रो छ, एक से एक राम्रा गयक गायिकाहरु छन, मा त अर्को round को प्रतिक्षमा छु |

    Reply
  11. Barsha says:
    July 2, 2017 at 12:57 pm

    हैन यो इन्दिरा जोशी र कालीप्रसादको के सारो खेदो खनेको ? उनीहरु नेपाली संगीत क्षेत्रमा पहिचान बनाएकै व्यक्तिहरु हुन् । नेपाल आइडलले उनीहरुको क्षमता देखेरै लिएको हुनु पर्छ । जज हुनलाई संगीत शिरोमणि नै हुनुपर्छ भन्ने छैन । एकपटक उनीहरुको जजको काम हेरौं, निकै राम्रो निभाएका छन् । ये यो त इन्दिरा पो रैछे, यस्तालाई जज मान्दैनौं भन्ने यो सबै बायस्ड मेण्टालिटिले भएको हो ।

    नेपाल आइडलले जुन जजको टिम बनाएको छ, एकदम राम्रो छ | कम्प्लेन गर्नेले जे गरे पनि कम्प्लेन गर्छ |

    Reply
  12. Shanti Lama says:
    July 1, 2017 at 10:20 pm

    Sagar ale fist hunu hunxa yoha ko so supap fulako thunga vane sarai mitho sor and trak ma pane dharai mitho voice lakxa sagar ale la gitnu hunxa haram

    Reply
  13. Yhang Khu says:
    July 1, 2017 at 5:01 pm

    नेपाल इडियल ” नेपाली तर जस्तो बन्नु सकेन किन होला ?

    Reply
  14. Aas Kumar Lawati says:
    July 1, 2017 at 4:25 pm

    येस्तै हो नेपाल मा यसरी नै चलिरहन्छ । बिवेक को कमी ।

    Reply
  15. DeEpa ChamliNg says:
    July 1, 2017 at 3:59 pm

    K vayo ta voting counts Ko madhyam le jitne ho ni tyasma sabai judges haru imp ni thiyna so hola

    Reply
  16. Theginbirbikram Teyunglimbudev says:
    July 1, 2017 at 1:46 pm

    bastab nepal idol kaa judge haru..nepal idol ko judge hunu yogya nai xainan..iniharu bhandaa dherai geet sanggeet maa pokhta byaakti haru lai judge raakhnu parthiyo

    Reply
  17. बासु says:
    July 1, 2017 at 6:20 pm

    कुरा एकदम सत्य हो | जुन २० का दिन डिसीमा आनीको कन्सर्ट गर्ने आयोजकले गरेको पत्रकार सम्मेलनमा म पनि गएको थिएँ र त्यहीं मैले आनीको अन्तर्वार्तापनि लिएको थिएँ |
    त्यहि बेला आनीको दलका न्हयु बाहेक सबै देखें र न्हयु बारेमा खै गर्दा उनि अघिल्लो रात नेपाल गएका र २४ बेलुकाको कन्सर्टकोलागी आइपुग्ने भन्ने थाहा पाएको थिएँ |
    तर नेपाल आइडलको बारेमा चाहिं आफुलाई कुनै चासो भएन | किनभने केहि शृंखला हेर्दा थुप्रै अस्वाभाविकहरु पाइयो |

    Reply
  18. Gokul Bastola says:
    July 1, 2017 at 12:33 pm

    कमि कमजोरि हुन्छ र त सुधार्ने हो खालि बक्वास गरो खिल्लि उडायो ।।। जे होस राम्रो काम।को र अबसर को सुरुवात भो ।। सकारात्मक हुनुपर्छ ।।

    Reply
  19. Bisu Thapa says:
    July 1, 2017 at 11:43 am

    मान्छेहरुलाई जे गरेपनी खुशी पार्न सकिदैन |

    Reply
  20. Ji W An says:
    July 1, 2017 at 11:31 am

    रामरा लाई हाेईना हामरा लाई NEPAL idl बनाऊनु पछ भन्ने साेच बदाल्याै

    Reply
  21. Bikram Gurung says:
    July 1, 2017 at 11:25 am

    Why we can’t see the Nepal idol judge nyej bajracharya?because he drink too much mineral water and singada,piru,julapi,that’s so his stomach problem when selection time that sets from my side thank you guys

    Reply
  22. Amrit S Lama says:
    July 1, 2017 at 9:22 am

    New Bajracharye Jahile ni absent dekhinxa.. Fokot MA salary liyera Kina basnoo???…. Pratap Lama out vayera hola herna man lagdaina Yo program….

    Reply
    1. Anil Kumar Lama says:
      July 1, 2017 at 1:17 pm

      Moile pani hereko Xaina Jaba pratap lama out vako dekhi yo sarasar sadyandra vako ho navaye partap Vanda ramro gauna sakine kohi Xaina yedi finale samma pugyo vane ta ho man pani bhujtyo hola

      Reply
  23. Kumar Pradhan Kalpit says:
    July 1, 2017 at 9:20 am

    Prashant Tamang jasto manxe laai dherei vanda dherei vot diyera indian idol jitaune hami nepali haru natabaad kripabaad ani jaati baad ma dherei biswas garxau so vot dida hamra laai haina ramra laai vote garnus result aafei pratyasit aauxa ……hoina vane aayojak laai judge harulaai matra gaali garera aafu aafeima facebooke judge banera hunewala kehixaina dosh voterharulaai pani dine ki? Aafno ximeki tyo thauma puge ramro ya naramro aakha chimlera support + ramro vannu parne aafno gaauko puge aafno jilla wa xetra ko puge aafnei nata gota puge vane pani aakha banda garera ramro atiramro vannuparne aru ko against ma usko support garera bolnu parne khalko hamrei prabitile garda yo sthiti ko sirjana vayeko ho. Dosh aafulaai pani dine ho ki? Prashant tamang ko udaharan hernus na sabei xarlanga hunxa ni ….1 nepali bhasi vayeko karan sara nepalile vote garera indian idol ko tittle ta jitaye but uni tyetibela aru constestentharu laai herera indian idol title jitnei parne khalka chahi 100% thiyenan.sabei nepali nepalivasi haru ko vot le idol ta bane but tyo itihas ko lagi matra vayo ki Mr. Tamang pani kunei belako idol bijeta ho. Tyo vanda aru k xa? India ma kasle unlaai idol manxa? Kasle idol tamang ko ijjat garxa? Uni nepal ma aayera charchit vaye but tyesko lagi idol vayeka thiye ta? Unle tyehi thau ma aafulaai sthapit kina garna sakenan? Karan ho xyemata vanda aafnaharu ko aafantaharu ko vote ….so maile prasant tamang ko example diyera kuna kura gare vanda audiance haru ko haatmaa aaisakeko kura hamro laai ta support sadhei garnu parxa incourage garnu parxa but tyo manema haina ki voli title jitera aafnai khubi xyematako kamile khumchiyera basna paros ani aafai le asakxyam banayeko manxe chahi voli aafno xyemata le aakhas xos………voli gumnam vayera ya ta banayera basnu vanda aajei sochau …..ramro thiyo kina out Bhayo vannu vanda pani ramro laai bachauna ko lagi k garna sakinxa kasari vote garera sahayog garna sakinxa tyo sochau ra sahayog garau tapaai hamro galat nirnaye le abbal darjako xyemata vayeko manxe paxadi naparos ….apsose xa Pratap ra Afsar out vayeko ma ….ra apsose xa ti audiance jasle vote garna laai pani pakxyapat garnu vayo jay nepal jay Nepali Geet sangeet

    Reply
  24. Raaz Passa says:
    July 1, 2017 at 9:17 am

    Sabaile khub tarif garxan comment ma vote garnu parxani Ta sathi ho yo comment ma jpt lekhera hit hunna ramro singer choice garne Ani vote garne Ani jitaunr yo comment ma yo bhayana tyo bhayana bhanyaxa basyaxa

    Aile juj haruko hat Ma xina public Ko hat Ma xa jasle Dherai vote payo tehi banxa aba ko nepal idol yati ho

    Reply
  25. Pramod Bhattarai says:
    July 1, 2017 at 8:53 am

    न्यु बज्राचार्य आनि छिरिंग संग अमेरिका को Boston मा छ्न हाल।कारण यहि हो।

    Reply
  26. Rameshwor Thapa says:
    July 1, 2017 at 8:39 am

    I ‘m very sad today, most powerful Nepal idol contender outttt……हामी नेपालीहरुमा कुन राम्रो र कुन नराम्रो छुट्याउन सक्ने क्षेमता नै छैन भन्न म रुचाउछु । ठीकै छ, हावा संगै कुदी रहनुस…!! कम सय कम कालो र सेतो त भन्न सक्नु होस …!! आ आफ्नो बिचार हो ठीकै छ …. सन्दर्भ “अफ्सर अली” ……??!!

    Reply
  27. OM Nirdosh Puri says:
    July 1, 2017 at 8:23 am

    afsar ali lae out garda ali chitta dukhyo

    Reply
  28. Badshah Hem says:
    July 1, 2017 at 7:57 am

    Nepal ma first time international level ko program aaiko xa first thing ta hami sabaile yasko welcome garnu parxa. Yati thulo show lyaune hamra hasti harulai salam garxu ma chai j vairako xa ramro vairako xa improve vairako xa Sabai janale gali vanda pani ramro kurale sujest garera savya vavya banau parxa.

    Reply
  29. Shyam Ishara says:
    July 1, 2017 at 7:22 am

    Judges are doing their job and we must appreciate it.

    Reply
  30. Biswash Rai says:
    July 1, 2017 at 7:17 am

    Yo judge group ma Nhyoo Bajracharya tyasta byakti hun jo judge garna yogya xan. Aru bhaneko judge ko lagi yogya xainan. Yini harule nepal idol lai beijjat gareka xan

    Reply
  31. Limbu Harka says:
    July 1, 2017 at 6:48 am

    तिन जना जर्ज बेगर मुख्य जर्ज न्ह्यु अनुस्उस्थिती हुदाँ हुदै पनि दुई जनाको निर्णयले कसरी बिदध्या र अप्सर अली बाहिरिये सबै निर्णय भोटिनको आधारमा हो भने जर्ज किन चाहियो तिन जना जर्जको लागी किन तलब दिई दिई ख़र्च गर्छौ ?

    Reply
  32. Ram Rana says:
    July 1, 2017 at 6:47 am

    जज हैन अब भाेट कस्ले कति पायाे कति पाउन पर्ने जनताले राेजन पर्याे र भाेट कति पाए सार्वजनिक हुन पर्याे । म त सागर अाले नै पहिलाे हुन्छ झै लाग्छ किन कि उस्ले नेपाली लाेक गित पनि अति अति राम्राे संग निभाएकाे छ अब हेराै

    Reply
  33. Rider Prince says:
    July 1, 2017 at 6:40 am

    afasar out vayeko ma dukhhi xu

    Reply
  34. Dipak Tamang says:
    July 1, 2017 at 5:39 am

    maile bujda kheri yati bela vaneko jajko hatma xain darsakko hatma x hoin yo ta sabailai tha x kin ki jajharule ta 18 jana xanisakyo tes paxi vaneko darsakharuko hatma hunx so malai yastai lagx

    Reply
  35. オザ प्रिन्सिकाप्रतिमा says:
    July 1, 2017 at 5:25 am

    Runxhe judge vyko le ni

    Reply
  36. Narayan Bhattara says:
    July 1, 2017 at 11:08 am

    कारण यस्तोपो रहेछ, मलाई चै के लागिरहेको थियो भने न्ह्यु बज्रचार्य ज्युको मन कमलो छ तेसैत आसुँ झारिरहने फेरी पतियोगी आउट हुँदा डाँको छोडेर रोइदेलान भनेर नबोलाको होकी जस्तो नि।

    Reply
  37. चालिसे दामोदर says:
    July 1, 2017 at 4:50 am

    संगीत क्षेत्रमा देखियको ६ महिनामा गायक गायिका छान्ने जज भयपछी कताको राम्रो हुन्थ्यो ।

    Reply
  38. Bikash Leembu says:
    July 1, 2017 at 4:36 am

    Daas ko performances kasto chitta nabujheko tara…..

    Reply
  39. Kala Sampang says:
    July 1, 2017 at 4:12 am

    Vote garda sabaile ramro prativa vayekolai garau dherai ramro ramro gauneharu out vaye dhukhako kura

    Reply
  40. Gorom Rds Tamang says:
    July 1, 2017 at 4:03 am

    khasae भन्नू पर्द चही judge राम्रो हुनुपर्ने judge नए राम्रो छैन त कसरी हुन्सक्छ त राम्रो छनोट

    Reply
  41. Gűnñ Yeś Hang says:
    July 1, 2017 at 4:02 am

    Manchhe herera kaam vairako chha yeha …!

    Reply
  42. Emty Boy Limbo says:
    July 1, 2017 at 3:51 am

    नेपाल Idol नै खारेज गर्नु परो भयेन यस्तो

    Reply
  43. Jit Raj Limbu says:
    July 1, 2017 at 3:33 am

    Napaunele kera payo bokra sanga khayo mitraharu yesko artha yo bhanera bujhina …arko kura kaam bhanda badi naatak

    Reply
  44. Tanka Raj Limbu says:
    July 1, 2017 at 3:26 am

    tori nepal idol

    Reply
  45. Sundol Hamal says:
    July 1, 2017 at 3:25 am

    जो पैसा वाल छ त्यो मात्र जाउ स्वोर को कदर हुन्न यो नेपाल मा नत्र बिद्या अब्सर प्रताप जस्ता हस्ती बाहिरिन पर्थेन

    Reply
    1. Mishra Malla Newar says:
      July 1, 2017 at 4:02 am

      Aru ko heri e 3 nai jana kamjori dekhinxa hai mitra

      Reply
  46. Durga Limbu says:
    July 1, 2017 at 2:59 am

    कार्यक्रम राम्रै हो जस्ले हारे नि जिते नि तर जज को बोली ले कार्यक्रम नै हेर्नू मन लागेन मलाइ चाहिँ

    Reply
  47. पर्बेश लीवन पापा क्यानडा says:
    July 1, 2017 at 2:54 am

    Mental judges are in Nepal idol

    Reply
  48. Buddharaj Anchhangbo Limbu Sakxam says:
    July 1, 2017 at 2:21 am

    नमस्ते सबिना दिदी । यो जजहरु भन्दा राम्रो गाउने प्रतियोगीहरु पनि छन् ।नेपाल आइडलका प्रायोजकले किन यस्ता जजहरु लाई राखेको होला ।

    Reply
  49. Bikram Chhabi Tmg says:
    July 1, 2017 at 2:20 am

    तै होनि घुस खोजेको होलानी अरु केनै होर ।।

    Reply
  50. डल्ली कान्छी says:
    July 1, 2017 at 2:17 am

    यो 3 वटै judges हरु aajai dekhi out

    Reply
  51. Sukrani Lama says:
    July 1, 2017 at 2:11 am

    Bakwas juge sabai votko aadharma garne ho vane tmiharu kina kurshima basxau xoddeu aajanai tyo kursi haina vane tmiharuni juge ho juge vako natale khi tw bolna sakxauni khai ramra ramra singer haru out huda bolna sakeko tmiharule xoddeu kursi,haina vane afsar Ali,pratap lama,buddha lama,sagar aale,nishan Bhattarai ne pratap dash e pratispardhi harulai hami top 5vitra herna chahanxau plz afsar ali lai while card entry garau

    Reply
    1. Monie Thapa Magar says:
      July 1, 2017 at 3:06 am

      Sahe ho

      Reply
  52. Sandesh Dahal says:
    July 1, 2017 at 2:08 am

    सुसु गर्न गा होला नि।

    Reply
  53. Rishi Sapkota says:
    July 1, 2017 at 2:06 am

    Tyo lady judge ko overacting le garda tyo karyakarm ko mhima ghateko xa

    Reply
  54. Jms Gurung says:
    July 1, 2017 at 1:59 am

    जज राम्रो भयन १००%

    Reply
  55. बिपिन महर्जन says:
    July 1, 2017 at 1:55 am

    Kenjal is Winner for me…. ktm angel

    Reply
  56. Madan Trikhatri says:
    July 1, 2017 at 1:32 am

    Afsar out vayo ra

    Reply
  57. Dilli Ram's Katuwal says:
    July 1, 2017 at 1:27 am

    Abo aunae programme ma juge hoina announcer vayo vhanae hun x baki hamro kam ho

    Reply
  58. Anup Dahal says:
    July 1, 2017 at 1:24 am

    नेपाल idol जस्तो platefrom लाई खेल जस्तो बनायो ap1 hd channel ले
    हीजोका बकम्फुसे जर्ज इन्दिरा जोशी र काली प्रसाद लाई राखेर।selection भयेर आयेका प्रतीभासील गायकहरु राम्रो जर्ज नभयेर बाहीरेदै छन कारण sueless जर्ज//

    Reply
    1. आङ्बुहाङ देवीथाने माइला मबिन्द्र says:
      July 1, 2017 at 4:28 am

      100% tru…

      Reply
    2. Dipak Shrestha says:
      July 1, 2017 at 5:21 am

      Ko chai out hunuparthyo ta?? Bakamfuse haru

      Reply
  59. Shanker Poudel says:
    July 1, 2017 at 1:24 am

    Quality, brand & significance show को लागि यो चिज को ठुलो भुमिका हुन्छ । show ले जे गर्‍यो एक्दम राम्रो गर्यो । standard mention गर्नु भन्ने पनि त केही हो नि

    Reply
  60. Kabi Raj says:
    July 1, 2017 at 1:22 am

    Teste kam paryo hola ra aunu vaena ani euta kura vetnu huna hae nws lahi cahi kina aena ? Khaa gayo ? Harek kura ma Question ?? Nepal idol je xa thik xa timi haru nws ko karn le badnam hunu pareko xa sano kura pani kk. Na vako navako banko xa wahihat

    Reply
    1. Ailen Rajdonge Dml says:
      July 1, 2017 at 2:29 am

      nepali ko asli charitra nai yehi ho..

      Reply
    2. Gurung Puran says:
      July 1, 2017 at 3:41 am

      tehi ta herna mann lage here bho natra kole karr gareko xa ra?
      Yo bhayena tyo bhayena jo out bhayo vote thorai aayeko karan le out bho……aru lai nana thari bhannu bhanda pahile aafno anuhar chinnu jaruri xa…..suruwatma program alikati bibaditt bane pani ahile ekdam thik xa….

      Reply
  61. Sherpa Phurba says:
    July 1, 2017 at 1:14 am

    Yo nepal idol vanda ta hamro gau ghar tira hune idol nai ramro hunxa hau.

    Reply
  62. Sangit Guru says:
    July 1, 2017 at 6:54 am

    बज्राचार्य ले किन America जानु पर्यो प्रोग्राम को महत्योपूर्ण चरणमा ? कि ईनलाई मात्लाग्यो कि अमेरिकाबाट बुसिनेस क्लास ticket दियर मानगारी बॊलायेकोले l

    Reply
  63. Jivan Maharjan says:
    July 1, 2017 at 12:53 am

    यो AP च्यानल के भयको JPT कहिले AUDIO छैन । कहिले विज्ञापन मात्र हेर्नु पर्ने

    Reply
    1. Magar Samarpan says:
      July 1, 2017 at 3:18 am

      हो ठिक भन्नू हिजो प्रगोराम मा तिभी मा आवाज नै आको थियन पहिला म त मेरो तिभी खराब भयो भनेत सबै लाई पो रहेछ

      Reply
  64. Sarita Dahal says:
    July 1, 2017 at 12:50 am

    return hunuparxa afsal

    Reply
  65. Shilata Shrestha says:
    July 1, 2017 at 12:49 am

    Afsal out vayeko ma dukha lagyo

    Reply
  66. Bimal Dulal says:
    July 1, 2017 at 12:49 am

    Ramro platform dinne thau ma esto badnam gari sadai ko laghi yestai aaru ramro program harulie Nepal ma nised garne bichar hola thula janne bujne vanauda haruko !! Money is not everything MAN!! There is a another word called “pride of a country ” !! But nowadays slowly we r loosing by our actions!! It’s a pity!!

    Reply
  67. बिकास बिबश कडेल says:
    July 1, 2017 at 12:48 am

    kamalo man vayar ho

    Reply
  68. Tilak Kumar Tamang says:
    July 1, 2017 at 12:48 am

    confuse

    Reply
  69. Sohel Xetri says:
    July 1, 2017 at 12:44 am

    Nepal idol ko bejat gareko x jaj haru le

    Reply
  70. Yadhav Pyakurel says:
    July 1, 2017 at 12:37 am

    हामीलाई Nepal idol चाइयको हो जज होईन त्यई भएर यो round मा

    Reply
    1. Arjun Rai says:
      July 1, 2017 at 12:53 am

      खुल्ला चौरमा गएर गाउदा हुन्छ।

      Reply
    2. Yadhav Pyakurel says:
      July 1, 2017 at 2:24 am

      त्यसो भन्न खोजेको होईन Subash Basnet जी voting results matra सुन्न

      Reply
  71. Gyanendra Kandel says:
    July 1, 2017 at 12:27 am

    This is okey, international program haru ni estai ho, just get intertained and keep voting your favorite contents thats all,

    Reply
  72. Sooraj Kirat says:
    July 1, 2017 at 12:25 am

    कमलो मन

    Reply
  73. Dhruba Paudel says:
    June 30, 2017 at 10:18 pm

    Big investigation by mysansar dot com

    Reply
  74. Surya Parajuli says:
    June 30, 2017 at 9:41 pm

    जे गरे पनि भएको छ हो यो कार्यक्रम मा,,

    Reply
  75. Rohit Bimali says:
    June 30, 2017 at 9:08 pm

    Natak vayo hau npl idol pani.

    Reply
  76. Suraj Gurung says:
    June 30, 2017 at 7:19 pm

    Malai pani achamma ta lagi rathyo. Bajracharya jiu ta Boston ko program ma hunu hunthyo.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme