Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रदेश १ मा उपस्थिति : कि घाम पार्टी देखिन्छ कि रुख पार्टी

Posted on June 27, 2017 by Salokya


दोस्रो चरणको चुनाव असार १४ गते बुधबार अर्थात् भोलि हुँदैछ। वैशाख ३१ गते नै हुने भनिएको चुनाव जेठ ३१ मा सारियो। त्यसपछि असार ९ हुँदै बल्ल प्रदेश १, ५ र ७ मा १४ गते हुने भएको हो। गएको साता प्रदेश ३ बाट प्रदेश २ को बाटो हुँदै प्रदेश १ को सुनसरी, मोरङ, झापा, इलाम र पाँचथर पुग्दा सर्सर्ती बाहिरी अवलोकन गर्दा त्यहाँ राखिएका झण्डा र प्रचार सामाग्रीमा कि घाम पार्टीको उपस्थिति देखिन्छ कि रुख पार्टी। शायद् परिणाम पनि यस्तै यस्तै आउने होला। माओवादी तेस्रो स्थानमा देखिन्छ उपस्थितिको मामिलामा। अरु पार्टीहरु छिटपुट देखिन्छन्।

घर, बजार जताततै पार्टीको झण्डा गाडिएको देखिन्छ। कुनै कुनै घरमा दुई तीन वटा दलका झण्डा गाडिएका पनि देखिन्छन्। एउटा बस्तीमा एउटा दलको धेरै झण्डा देखिन्छ भने अर्को बस्तीमा अर्को दलको। झण्डा हेरेर पनि कुन ठाउँ कसको पकड रहेछ अनुमान गर्न मिल्ने रहेछ। तर गोप्य मतदान कसले कहाँ गर्छ, के थाहा हुन्छ र।


कस्तो चुनाव लागेको होला के, मानिसहरु आफ्नो मोटरसाइकल, स्कूटरमा समेत ठूल्ठूला झण्डा गाडेर कुदिरहेका देखिन्थे- सबै जिल्लामा।

पाँचथरमा लिम्बुवानको आन्दोलन निस्क्रिय भइसकेको थियो। त्यहाँका बासिन्दाले बताए अनुसार मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसको हुने रहेछ। लिम्बु भाषा संस्कृति जोगाउने मुद्दा यिनै दलहरुको एजेन्डा बनिसकेको रहेछ।

पाँचथर बजारमा तिहार जस्तो थियो माहौल। तिहारमा देउसी भैलौ नाचे जस्तै कार्यकर्ताहरु नाचेर भोट मागिरहेका थिए।

हामी त्यहाँ रहेकै दिन उम्मेदवारी दर्ता गर्ने दिन थियो। त्यो दिन ठूलाठूला जुलुस निकालेर, सभा गरेर उम्मेदवारी दर्ता गरिएको थियो। जुलुस निकाल्नेहरुमा पनि घाम पार्टी र रुख पार्टी नै अगाडि देखिन्थे। झापामा माओवादी र राप्रपाको पनि एक ठाउँमा ठूलै जुलुस देखियो।

निर्वाचन आयोगले चुनाव चिह्न अंकित क्याप, टिसर्ट नबाँड्नु भनेर निर्देशन दिएको भए पनि पालना कसैले गरेको देखिएन। दलको चुनाव चिह्न नभएको टिसर्ट लगाएर हिँड्ने भेटिन मुश्किल झैँ देखिन्थ्यो।

रमाइलो चैँ कांग्रेसको टिसर्ट लगाएर माओवादीसित, एमालेको टिसर्ट लगाएर कांग्रेससित हिँडेको देख्दा लाग्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme