Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्यकर्ताको बुद्धि हेर्नुस् त, सडकको संकेत बोर्डमा झ्याप्पै चुनावी पोस्टर

Posted on June 26, 2017 by Salokya


स्थानीय तहको निर्वाचनका लागि प्रचार प्रसार गर्नै पर्‍यो। यसपालि सोसल मिडियाबाट पनि खुब प्रचार भयो। तर पोस्टर टाँसेर गरिने प्रचारको महत्त्व छुट्टै हुन्छ। तर पार्टीका कार्यकर्ताहरुको बुद्धि खुस्कियो भने चाहिँ त्यस्तो पोस्टर कस्तो कस्तो ठाउँमा टाँसिन्छ भन्ने एउटा नमूना अस्ति काठमाडौँ बाहिर घुम्न जाँदा देखियो। वीपी राजमार्गको बनेपा-सिन्धुली-बर्दिवास जाने क्रममा उकालो घुम्ती बाटोहरुमा रहेको संकेत बोर्डहरु नै छोपिने गरी चुनावको पोस्टर झ्याप्पै टाँसिएको रहेछ। सिन्धुली प्रदेश नम्बर ३ मा पर्ने ठाउँ हो। चुनाव सकिसकेपछि पनि त्यो पोस्टर निकाल्नुपर्छ भन्ने बुद्धि उनीहरुमा भएनछ। निर्वाचन आयोगलाई गाडी किन्न नपाएको झोँकमा आफ्नै सचिव सरुवा गराउँदै फूर्सद छैन, यस्तो अपराधमा निगरानी गरेर सजाय दिने फूर्सद कहाँबाट होस्। हेर्नुस् केही नमूना पोस्टरका।

10 thoughts on “कार्यकर्ताको बुद्धि हेर्नुस् त, सडकको संकेत बोर्डमा झ्याप्पै चुनावी पोस्टर”

  1. नारायण says:
    June 28, 2017 at 9:04 pm

    यो पोस्टर जुन पार्टिको हो, त्यो पार्टिलाई कार्वाही गर्नलाइ सडक विभाग अग्रसर हुन पर्छ।

    Reply
  2. Janaki says:
    June 28, 2017 at 1:43 pm

    एस्तई पार्टीसफल भयपक्षि के गर्नेत

    Reply
  3. Suraj Giri says:
    June 27, 2017 at 4:25 pm

    Jasto guru oustai chela , tin bhudhe lea gardha hone sabai bhadragol bha

    Reply
  4. Pralhad Pralhad says:
    June 27, 2017 at 12:30 pm

    बुद्दी नभयर नैत कार्यकर्ता भयका नी

    Reply
  5. मुकेश यादव says:
    June 27, 2017 at 3:32 am

    यसतो करेर जनताको जिन्दगी मा खिल बाड करने नेता का चमचा कार्यकर्ता लाई सख्त भनदा सख्त सजाए हुनु परछ /. बादर को पनि त्यस भन्द बढी बुध्हि हुनछ /
    हुन् तो भेडा बखरा जनता भए पछि नेता ले मुरगा बनाउने नै भए / होइन भने तो ज्यानमारा छविलाल ले भनेको भरमा बन्दुक बोकेर युवा युवती ले दस बरस सम्म निर्दोस को कतले आम किन करथे ? आज त्यही ज्यानमारा छविलाल लिडर हुने लायक ठहरियो /

    Reply
  6. Jindhagi Sangharsa says:
    June 26, 2017 at 3:20 pm

    Alik atinai vaya esto

    Reply
  7. ram says:
    June 26, 2017 at 8:39 pm

    asle thaha hun6a nepali haru kati murkha ho

    Reply
  8. Nabin Nischal says:
    June 26, 2017 at 2:44 pm

    Poster herda UML jasto chha….aba yini haruko buddi ta kaha chha vanne ta sabai nepali janatale thaha payakai kura ho kya re k naulo vayo ra????

    Reply
    1. Chandra Kumar Khulal says:
      June 27, 2017 at 12:45 am

      तपाईंको आँखाको लेन्स बिग्रेछ एमाले माके दुईवटाको नै छ

      Reply
    2. Nabin Nischal says:
      June 27, 2017 at 1:36 am

      Yesma ta ta surya chinha chha kaile bata make ko vayachha….

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme