Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल आइडलको रमाइलो : नेपाली तारा टाइटल विजेता ‘आउट’, टप थ्रीमा पुग्न नसकेकी जजको कुर्सीमा

Posted on June 25, 2017June 25, 2017 by Salokya


नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज टिभी शो ‘नेपाल आइडल’ अहिले एपी वान टिभीमा प्रसारण भइरहेको छ। त्यसो त त्यस्तै खालको ‘नेपाली तारा’ लगायतका कार्यक्रम नेपाली टिभीमा आइसकेको भए पनि फ्रेन्चाइज खरिद गरेर उतैको गुणस्तर र फरम्याट कायम गरेर चलाइएको यो कार्यक्रम निकै लोकप्रिय भइरहेको छ। Simon Fuller को सिर्जनामा Fremantle Media ले इन्डियन आइडललाई बेचेको फ्रेन्चाइज नेपालले भने इन्डियनसित किनेको रहेछ। त्यसैले क्वालिटी कायम राख्न नेपाल आइडलका लागि भारतीय अधिकारीहरुको निगरानी कायम रहेछ। बीचमा जजमध्येका एक न्ह्यु बज्राचार्य शोका लागि अमेरिका पुगेको बेला कार्यक्रमको स्तर खस्केपछि उनीहरुले तुरुन्त न्ह्युलाई फर्काउन लगाएका थिए। बिजनेस क्लासको टिकट दिएर उनलाई अमेरिकाबाट नेपाल फर्काएर दुई दिन कार्यक्रमको सुटिङ गरिएको थियो। सुटिङ सकाएर उनी पुनः अमेरिका फर्किसकेका छन्। जजहरुले बोल्ने डाइलगलाई समेत उनीहरुले यसरी भएन यसरी बोल्नु भनेर फेरि बोल्न लगाएर सुटिङ गरेका रहेछन्।

नेपाल आइडलको यो पहिलो सिजनको कार्यक्रमहरु रमाइलो भइरहेको छ। अहिले नै केही सेलिब्रिटी बनिसकेका छन्- बुद्ध लामा, केन्जल मेहर श्रेष्ठ, मेनुका पौडेल, निशान भट्टराई, सुरज थापा केही नाम हुन्।

गएको साता एउटा रमाइलो भयो। उस्तै शैलीको नेपाल टेलिभिजनबाट प्रसारित ‘नेपाली तारा’ को थर्ड सिजन अन्तर्गत २०१५ मा भएको फाइनल जितेका प्रताप लामा यस पटक पहिलो भोटिङ राउन्ड अर्थात् टप १८ बाट आउट हुन पुगे।

थर्ड सिजन जितेर नेपाली तारा उपाधिसहित २ लाख ५० हजार रुपैयाँ नगद जिती केही म्युजिक भिडियो रिलिजसमेत गरिसकेका र विदेशमा कन्सर्टसमेत गरिसकेका प्रताप लामालाई न जजहरुले सेफ जोनमा राखी गाला राउन्डमा पुर्‍याए, न दर्शकको पर्याप्त भोटले उनलाई सेभ गर्‍यो।

यहाँसम्म पुर्‍याइदिनुभयो त्यसैका लागि धन्यवाद भन्दै उनी बाहिरिए।

यो त भयो नेपाली ताराको टाइटल विजेताको नेपाल आइडलमा बहिर्गमनको कथा। तर नेपाली तारासित नेपाल आइडलको साइनो यत्तिमा टुङ्गिन्न। नेपाल आइडलका जजहरुमध्ये एक इन्दिरा जोशी पनि नेपाली ताराबाटै डेब्यु गरेकी गायिका हुन्।

नेपाली ताराको पहिलो सिजनमा उनी सहभागी भएकी थिइन्। यो सिजनमा टाइटल दीपक लिम्बुले जिते। धर्मेन्द्र सेवान दोस्रो र रुपक डोटेल तेस्रो भए। इन्दिरा कुनै उपाधि जित्न असफल भइन्। तर पनि अहिले उनी नेपाल आइडलमा जज भएर अरुको स्वर जाँचिरहेकी छिन्। उनको आफ्नै गीत भने यस्तो छ (हेर्न क्लिक गर्नुस्)

स्वर यस्तो भए पनि नेपाल आइडललाई चाहिन्छ एउटी ग्ल्यामरस गायिका जज। यो ठाउँ इन्दिराले बाहेक अरुले भर्न सक्ने शायद् प्रोड्युसरले ठानेनन्। र त, नत्र जजहरुले उनलाई पनि स्वर भएन, ताल भएन त भन्ने होलान्।

प्रतापसँगै यो हप्ता आउट भइन् अर्की प्रतियोगी प्रज्ञा श्री विश्वकर्मा। निकै भावुक रह्यो उनी बाहिरिएको क्षण-

प्रज्ञा पनि सिङ्गिङ आइकन हुँदै नेपाली ताराको थर्ड सिजनमा सहभागी भइसकेकी प्रतियोगी हुन्। उनी त्यसमा पनि टप टेनमा पर्न सकेकी थिइनन्।

11 thoughts on “नेपाल आइडलको रमाइलो : नेपाली तारा टाइटल विजेता ‘आउट’, टप थ्रीमा पुग्न नसकेकी जजको कुर्सीमा”

  1. Truther says:
    July 4, 2017 at 7:32 am

    Do you know Jennifer Hudson? She was one of the best singer of American Idol but she was voted off even before Top 7. Do you know her name and place in music industry? Do you know how many Grammys she’s won? It doesn’t matter they were top 10, top 5 or top 3. What matter most is their talent. In Nepal’s context, Indira proved it and made a name for herself. Stop criticizing just for the heck of it.

    Reply
  2. Sahik Acharya says:
    June 29, 2017 at 6:37 am

    मान्छे को योग्यता, प्रतिभा परिवर्तनशिल छ | इन्दिरा जोशी ले आफ्नो मेहनत र पौरखले ठाउँ बनाइन | यो सर्हानिय कुरा हो, यसलाई जोक नबनाऊ | बरु प्रेरणा होस्, सब लाई |
    जे होस्, यो कार्यक्रम को क्रेज निकै बढेको छ |

    Reply
  3. P Shrestha says:
    June 27, 2017 at 8:59 pm

    Thanks for this article. I got to see some beautiful episodes of Nepal Idol. Really amazing talents! I feel the judges are also doing great! Nepal Idol Rocks !

    Reply
  4. मुकेश यादव says:
    June 27, 2017 at 3:48 am

    यसतै तो हो यहाँ / जनता को दस बर्स ज्यान मराने ज्यानमारा छविलाल प्रधान मन्त्रि , अनपढ गवाँर शिक्षा मन्त्रि , घोर भुँडी वाल तम्बाकु सुर्ती खाएर पिच पिच थुक्ने स्वस्थ मन्त्रि , घुसखोर लाई भन्सार माल अड्डा को हाकिम बनाउन हुने हो भने टप थ्रीमा पुग्न नसकेकी जजको कुर्सीमा बसनु कुन ठुलो कुरा हो ?

    Reply
  5. Limpman says:
    June 26, 2017 at 9:59 pm

    Pradip sm को कुरा मा म सोरै आना सहमत छु । नेपाल तारा पनित पहिलेको नेपाल आई डोल जतिकै लेबल को reality singing competition होनि. He should focus more on producing his own song then attending competition.

    Reply
  6. raman lama says:
    June 26, 2017 at 8:16 pm

    नेपाल आइडलमा कति जना सहभागीहरु नेपाली तारा पनि सहभागी गरि सकेका छन्? मैले थाहा भय सम्म प्रताप लामा, प्रताप दास, प्रज्ञा, अलि र त्यो अर्को एकजना नाम बिर्से/

    Reply
  7. jarus says:
    June 26, 2017 at 6:11 pm

    नेपाली आइडलको Gala round को official video youtube मा कहिले नआउने रहेछ कि क्या हो?

    Reply
  8. Pradeep MS says:
    June 26, 2017 at 6:09 pm

    अघिल्लो Comment मा “नेपाल आईडल” को ठाउँ मा “नेपाल इदोल” जस्तो अन्य सबै Typing Mistake हरुको लागि क्षमा प्रार्थी छु !

    Reply
  9. Pradeep MS says:
    June 26, 2017 at 6:05 pm

    नेपाली तारा, नेपाली तारा विजेता प्रताप लामा र नेपाल इदोल बाट अहिले बाहिरिन पुगेको उही प्रताप लामाको सम्बन्धमा सबैको आ-आफ्नै धारणा अथवा भनौं Analysis होला, त्यस मध्य मलाई लागेको कुरा यस्तो हो:
    १. मेरो बिचारमा यो प्रतियोगीता नव-प्रतिभाहरुलाई (सम्भव भए सम्म देशको कुना-काप्चाबाट खोजेर) विभिन्न सांगीतिक माप-दण्डहरुको माध्यम प्रतिभा पहिचान गरि छानिएकाहरुलाई आफ्नो प्रतिभालाई अझ निखार्न (आयोजक तथा प्रतियोगी दुवैको मिहेनतमा) बिसेष तालिम दिएर अभ्यास गराई, ती छानिएका मध्ये बाट पनि एक जना उत्कृष्ट प्रतिभाको पहिचान गर्नु हो I तर यहाँ के चै प्रष्ट छ भने: प्रताप लामा खोजि गरि ल्याउनु पर्ने प्रतिभामा पर्दैन र उसको पुन सहभागिताले एकजना अर्को गायकीमा १९-२० को नव-प्रतिभाको स्थान खोसिएको थियो छेकिएको थियो I
    २. Singing Reality Show कुनै भौतिक साधन हाँसिल गर्न (जित्न) को लागि आयोजना गरिने नभई आफ्नो कलाको पहिचान गरि त्यसैमा सफलताको शिखर हाँसिल गर्ने एउटा Platform हो, न कि पहिला Motorcycle पाईयो, अब गाडी जितिन्छ भन्दै विभिन्न प्रतियोगीतामा निरन्तर भाग मात्र लिएर बस्ने I
    ३. एउतै प्रकृतिको अर्को ताज (नाम मात्र फरक) को लागी अन्य Beginner हरु सरह लाईनमा उभिन जाँदा हाँसिल गरिसकेको पहिलो ताजको अपमान मात्र हैन आफुलाई आफ्नै अथवा भनौं आफुले हाँसिल गरेको ताज मै पो बिस्वास नभएको हो कि?
    ४. प्रताप लामाले आफ्नो प्रतिभालाई एउटा उत्कृष्ट मंच उपलब्ध गराई प्रतिभा माथि प्रकाश पारेर नेपाली गीत-संगीतका श्रोता-दर्शक, अन्य संगीत हस्ती एबं नेपाली संगीत संसारमा परिचित गराईदिने स्वयम् “नेपाली तारा” को सम्मान राख्न मात्र नसकेको नभई आफ्नो मन्, धन र समय अर्पेर भोट गर्ने सम्पूर्ण जनता (दर्शक-श्रोता) कै अपमान गर्न पुगे I
    ५. कार्यक्रम पो भिन्न, भोट गर्ने जनता त आखिर उही नै हो ! त्यै भएर “जनताको मन् जितेर जनताको भोट बाट नेपाली ताराको ताज जित्न सफल प्रताप लामा, त्यहि जनताको मन् दुखाएर भोट पाउन नसक्दा अर्को त्यस्तै प्रतियोगीताको TOP-12 सम्म पनि पुग्न नपाई बाहिरिनु पर्यो बस् !
    यो मेरो व्यक्तिगत स्वतन्त्र धारणा हो यस संग सहमत तथा असहमत हुन यहाँहरु सबै पनि म जस्तै स्वतन्त्र हुनुहुन्छ I
    धन्यवाद !
    [Note: माथिको Video हरु मध्य प्रज्ञाश्रीको “नेपाली तारा” वाला चै सबै मैले बनाएको Video (THT Live ) बाट लिनु भएकोमा सालोक्य ज्युलाई धेरै धेरै धन्यवाद ! ]

    Reply
  10. पीताम्बर ढकाल says:
    June 26, 2017 at 1:33 am

    फर्म्याट सब सेट भएको हुन्छ, पब्लिकलाई बेकुफ बनाउने अनि आफुले पैसो कुम्ल्याउने ध्यान मात्रै हो, नत्र इन्दिरा भन्दा सिनियर कलाकार जज हुने थिए। नेपाली ताराको टाइटल जित्दैमा नेपाली आइडलमा पनि उ नै आउनुपर्ने केहि आधार रहन्न।

    Reply
  11. TaNka Sushil Gurung says:
    June 25, 2017 at 10:48 pm

    haaami jaatha nepali harulaaai khali aalochana garna bahek kehi aaundaina hai..chhaaniyeka praya sapai ramerai chha ni singer haru….utkrista bata ni utkrista channne ho …tesma khi talamathi ta bhaihalxa ni….khali judge gareko bhayena eso bhayena uso bhayena teso bhayena eso bhayena ….hami nepali haru aaaffu ta khi gardainau arrulle garreo kaam ma aalochana chaaaahi khupai garna aaucha hai..tehi bhayera desh ubho nalageko… esto re usto re bhaneko bharma lekhera hunxa …middle finger saaala…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme