Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमर्यादित पोशाकले राष्ट्रपति हैरान? पत्रकारलाई मर्यादित पोशाक लगाएर आउन उर्दी

Posted on June 21, 2017 by Salokya
राष्ट्रपति उपस्थित एक सार्वजनिक समारोह। फोटो : राष्ट्रपति कार्यालय

नेपालका मिडिया हाउसहरुमा अहिले सूचना विभागको एउटा पत्र पुगेको छ। पत्रको विषय पोशाक सम्बन्धी रहेको छ। व्यहोरामा राष्ट्रपति सरिक हुने सार्वजनिक समारोहमा सञ्चारकर्मीहरुलाई अनिवार्य रुपमा मर्यादित पोशाकमा खटाई पठाउन उर्दी जारी गरिएको छ।

व्यहोरा पढ्दा राष्ट्रपति पत्रकारहरुको अमर्यादित पोशाकबाट हैरान भएको जस्तो बुझियो। खासमा अहिलेका पत्रकारहरु राष्ट्रपति सरिक हुने सार्वजनिक समारोहहरुमा कस्ता अमर्यादित लुगा लगाएर जाँदा रहेछन् कुन्नि? लाज पनि लाग्दैन रहेछ कि के हो! हेर्नु त राष्ट्रपति कार्यालयले बाध्य भएर मर्यादित लुगा लगाऊ भनेर उर्दी नै जारी गर्नुपर्‍यो।

तोकिएको मर्यादित पोशाक भनेको चैँ कस्तो हो, त्यसमा खुलाइएको छैन। तोकिएको कुरा खुलाइएको भए पो त्यो मर्यादित बाँकी सब सबै अमर्यादित भनेर बुझिन्थ्यो।

भन्न खोजेको चाहिँ केटा पत्रकारहरुलाई दौरा सुरुवाल लगाएर आइज भन्ने हो कि? तर स्पष्ट नखुलाइएको हुनाले यही हो भन्न सकिने स्थिति छैन।

राष्ट्रपति कार्यालयले पठाएको पत्रमा पनि यो विषयमा खुलाइएको छैन। यस्तो छ राष्ट्रपति कार्यालयको पत्र-

यहाँ पनि तोकिएको मर्यादित पोशाकमात्रै भनिएको छ। अमर्यादितै पोशाक लगाएर त को पत्रकार जालान् र हो सार्वजनिक समारोहमा। दौरा सुरुवालै लगाएर आओस् भन्ने चाहेको भए मोही माग्ने ढुङ्ग्री लुकाउने किन? सिधै भनिदिए हुने।

भनेपछि अब राष्ट्रपति सरिक हुने सार्वजनिक कार्यक्रममा सेक्युरिटीले पत्रकारहरुलाई रोक्यो भने मर्यादित पोशाक नलगाएकोले रोकेको भनेर बुझे भो। त्यतिबेला बल्ल मर्यादित पोशाक भनेको के हो र अमर्यादित पोशाक भनेको के हो भन्ने प्रष्ट हुने होला।

बिचरा पत्रकार, अब आफूखुशी लुगा लगाउन नपाउने भए !

 

8 thoughts on “अमर्यादित पोशाकले राष्ट्रपति हैरान? पत्रकारलाई मर्यादित पोशाक लगाएर आउन उर्दी”

  1. Gaurab Nepali "Oodaaseen" says:
    June 26, 2017 at 7:27 pm

    भ्रस्टचार डाउन GDP UP गरम अनि त्येस्पछी यो गर त्यो गर भानम ! TAX तिरेकाले भोट हालेर जितेको भए पो देशले केहि गति लिन्त्यो ! खोइ के खोइ के ?

    Reply
  2. samjhana says:
    June 22, 2017 at 9:20 am

    धेरै नकारात्मक पनि नबनौ.. सरकारको निर्णय सहि छ । पत्रकारहरुले पनि मनोमानी रुपमा लाउनु भन्दा कार्यलयले तोकेको पोसाक लाउदा अझ सभ्य देखिन्छ ।

    Reply
  3. बिक्रम द फटाह says:
    June 22, 2017 at 7:58 am

    शालोक्य ज्यू
    यो नितान्त ब्लग हो| यो नितान्त ब्लग भएकोले तपाईलाई लागेको कुरा लेख्दा कुनै आपत्ति कसैलाई पनि हुदैन र हुदैन | मलाई पनि आपत्ति भएको होइन तर पनि अलिकति चित्त बुझेन| म पत्रकार पनि होइन र अहिले सम्म रास्ट्रपति वा कुनै बिशिस्ट व्यक्ति सहभागी भएको formal कार्यक्रममा सहभागी पनि भएको छैन तै पनि मलाई के लाग्छ भने जिन्स र टि-शर्ट सार्बजनिक कार्यक्रमको लागि मर्यादित पोशाक (अंग्रेजीमा शायद Formal or program Dress Code भन्लान ) होइन होला शायद यो परि-पत्रले त्यहि भन्न खोजेको होला । यहाँ दौरा सुरुवाल मात्रै लगाउ भनेर भनेको छैन सायद चप्पल जिन्स टि-शर्ट मा ठाँटिएर नआवोस भन्न खोजेको होला
    जे होस् यो ब्लग ब्लग मात्रै नभएर धेरै पाठकले हेर्ने र रुचाइएको ब्लग भएकोले मलाई अलिकति भए पनि खस-खस लाग्यो
    यो **** धेर जान्ने भाको भन्ने चाहि नसोच्नुस है उमेश सरकार

    Reply
  4. bikaslal says:
    June 22, 2017 at 6:15 am

    मर्यादित भनेको Formal Dress भनेको हुन पर्छ
    T-shirt र कट्टु (Sorts) लगाउंदै चप्पल पढ़काँउदै जाने प्रति लक्षित जस्तो छ !

    Reply
  5. nilam_m says:
    June 21, 2017 at 11:42 pm

    के ?नेपाली अब नेपालीको रास्तिया पोसाख भेस्भुषा पनि सम्झन सकेन ? के कोत्याउन खोजेको हो ?? के नेपालीले मौलिक पोसाक,भासा,भेस,सस्किर्ती ,सस्कार,सब बिर्सेको कै हो ?त् !?हे भगवान !!

    Reply
  6. Rohini says:
    June 21, 2017 at 10:56 pm

    यो पोशाक लाइ पनि के इस्सु बनाको होला | पोशाक भनेको आफ्नो चाहना को कुरा हो |

    Reply
  7. राम बाबु श्रेष्ठ says:
    June 21, 2017 at 10:46 pm

    धन्न प्रधानमन्त्री पुष्पकमल दाहाल भएन, वहाँले पनि दौरा लगाउन वाध्य हुने । वहाँलाई पनि इङ्गित गरेको होकि ?

    Reply
  8. देशभक्त says:
    June 21, 2017 at 10:40 pm

    यो यो पोशाक मर्यादितको कोटीमा पर्छ भनेर तोकिदिंदा राम्रो हुन्थ्यो कि ?
    राष्ट्रिय पोशाक त नया नेपालमा पोलेर खाइ सक्यौ !

    अझै समय छ, अरु बेला नभए पनि औपचारिक समारोह/कार्यक्रम र देशको प्रतिनिधित्व गरेर विदेश जाँदाको अवस्थामा लगाउनुपर्ने राष्ट्रिय पोशाक तोक्दा उचित होला कि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme