Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतीय नम्बर प्लेट र झण्डा भएको गाडी चढेर नेपालको चुनावको प्रचार

Posted on June 19, 2017June 19, 2017 by Salokya


आइतबार दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिन झापादेखि मोरङ, सुनसरी हुँदै प्रदेश नम्बर २ प्रवेश गर्दा बाटोमा धेरै दृश्य देख्न पाइयो। निर्वाचन आयोगको आचार संहिता भन्ने कुरालाई सबै दलले धज्जी उडाएको देखियो। बिचरा आयोग लाचार रहेछ। केही गर्नै नसक्ने। सुनसरीको लौकहीस्थित कोशी गाउँपालिकाको उम्मेदवारी दर्ता गर्ने ठाउँमा देखिएको भारतीय नम्बर प्लेटका गाडीले मेरो ध्यान तान्यो। गाडीमा सूर्य चिह्न अंकित झण्डा फहराइएको थियो।

त्यो एउटा गाडीमात्र त्यहाँ थिएन, भारतीय गाडीको लस्करै त्यहाँ रोकिएका थिए। सबैमा सूर्य झण्डा नै गाडिएको थियो। खासमा नेपालको गाडीको भाडाभन्दा भारतको गाडीको भाडा सस्तो पर्ने भएपछि बेग्लै राष्ट्रवाद जागेको हुनुपर्छ।

यो गाडीको नम्बर छोपिएको जस्तो देखिन्छ। तर रातो लगाइएको मुन्तिर बीआर अर्थात् भारतको बिहारकै नम्बर देखिन्छ।

यहाँ देखिएका चार वटै गाडी र फोटोमा नदेखिएका अरु पनि गाडी भारतको बिहारकै नम्बर प्लेट भएका थिए। सबैमा सूर्य झण्डा नै गाडिएको थियो।

यो फोटोमा तपाईँले ध्यान दिएर हेर्नुभो? गाडीको शिशामा भारतीय झण्डा पनि छ। तल सूर्यको झण्डा, माथि भारतको झण्डा !

त्यस्तै अर्को पनि-

यो पनि हेरौँ। यो चाहिँ माओवादीको झण्डा भएको-

आचार संहिता पनि हेर्नुस्

7 thoughts on “भारतीय नम्बर प्लेट र झण्डा भएको गाडी चढेर नेपालको चुनावको प्रचार”

  1. Raj says:
    June 25, 2017 at 10:59 pm

    के अचम्म भो र? गएको हप्ता सुनसरी जाँदा भारतीय नम्बरको गाडीमा “सशस्त्र प्रहरी बल” लेखेको ब्यानर टाँसेर हिंडेको कैयौं गाडी यही आँखाले देखियो

    Reply
  2. बिनोद says:
    June 19, 2017 at 8:10 pm

    यो त राष्ट्र बाद होनी नेपाली गाडीमा प्रचार गर्न ओली जी को पार्टी लाई सुहौनु पनि त पारो नि

    Reply
  3. अज्ञात श्रेष्ठ says:
    June 19, 2017 at 5:39 pm

    कस्तो कुरो नबुझेको हौ, त्यो त मधेशीले फुटाएपनि भारतीय गाडी फुटाओस र नेपाली व्यवसायीलाइ घाटा नलागोस भनेर पारीबाट गाडी ल्याएको नि हौ, सकारात्मक सोचौ :).

    Reply
  4. krishna says:
    June 19, 2017 at 3:31 pm

    के भो त, भारतले नेपाललाइ सहयोग गरेको छ | मज्जाले प्रचार गरिराको छन्, पछि पनि भारतको सहयोग मिलि नै हाल्छ | ठुला नेताहरुलाई पनि त भारतले कति सहयोग गरेको छ , त्यो राष्ट्रिय सभा गृह कसले तयार गरिदेको? खोइ त्यो कुरा को उठान गरेको ???

    Reply
  5. suraj says:
    June 19, 2017 at 2:23 pm

    १ नम्बरको खाँटी राष्ट्रवाद देखियो त घामवाला हरु!

    Reply
  6. assa says:
    June 19, 2017 at 12:41 pm

    के गर्ने नेपाल मा दिन को ४ ५ हजार हुन्छ भारतीय को दिन को हजार मै हुन्छ
    r

    Reply
  7. Krishna Prasad Kadariya says:
    June 19, 2017 at 8:35 am

    अ सालोक्य भाई,
    कति किच किच गरेको, त्यो अर्को गाडी नेता हैन म चढेको, नेताको त कहाँ गाडी छ र त्योत तल्ला घरे भाइले नेताजीलाई यक छिन् दियको मात्र हो !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme