Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

असोज २ मा चुनाव? अनि दशैँभरी मतगणना गरिरहने?

Posted on June 17, 2017June 17, 2017 by Salokya


सरकारले चौथो पटक प्रदेश २ को चुनावको मिति सारेर असोज २ गते पुर्‍याएको छ। तर चालामाला हेर्दा यो मितिले पनि काम गर्ने पारा देखिन्न। एक त जसका लागि यो मिति सारिएको थियो, उही अर्थात् राष्ट्रिय जनता पार्टी नेपालले नै आन्दोलनका कार्यक्रम फिर्ता नलिई थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। अर्थात् मनोनयन दर्ता गर्ने दिन असार ४ गते मधेस र थरुहटमा बन्द र त्यसको एक दिनअघि लाठी जुलुसको घोषणा गरेको छ। जसका लागि मिति सारियो, उही असन्तुष्ट भएपछि मिति सार्नुको औचित्य नै के रह्यो र।


अर्को, यदि असोज २ गते निर्वाचन भयो भने पनि यसले समस्या ल्याउन सक्छ।

असोज ५ गते घटस्थापना अर्थात् दशैँको सुरुको दिन परेको छ। तपाईँहरुलाई थाहै छ मतगणनाको प्रक्रिया कति लामो हुने गर्छ भनेर। पहिलो चरणको निर्वाचनले देखाइसक्यो कि धेरै मतदाता भएको ठाउँको मतगणनाले निकै समय लिन्छ। प्रदेश नम्बर २ धेरै मतदाता भएका निर्वाचन क्षेत्रहरुमध्ये पर्छन्। अनि यहाँ काठमाडौँकै जत्रो मतपत्र प्रयोग हुने निश्चित छ। निर्वाचन आयोगले उम्मेदवारी परेको संख्या हेरेर मात्र मतपत्र छाप्ने होइन कि पहिल्यै मतपत्र छापिसकेको छ।

यस्तो अवस्थामा मतगणनाका लागि समय लाग्ने निश्चित छ। भनेपछि दशैँको अवधिभर मतगणना गरिरहनु पर्ने स्थिति आउन सक्छ। मिति तोक्नेले यसमा ध्यान दिएको होला कि नहोला कुन्नि !

2 thoughts on “असोज २ मा चुनाव? अनि दशैँभरी मतगणना गरिरहने?”

  1. Rai Arjun says:
    June 18, 2017 at 5:04 am

    अघिल्लो चुनावमा भरतपुरमा मात्र बाँदर उफ्रेका थिए तर यो चुनावमा चाहीँ धेरै ठाउँमा उफ्रिने सम्भावना छ। किनकी सबैको ध्यान चाड-पर्वमा हुन्छ। यो सब जानी बुझी राखेको मिति हो।

    Reply
  2. राज says:
    June 17, 2017 at 5:15 pm

    देउबा सरकारको पहिलो ठुलो निर्णयबाटै देखियो लुतुरे लक्षण|
    क्यालेण्डर नहेरी र सल्लाह, सुजबुझ र बिस्तृत छलफल, सम्झौता नगरी मिति तोकिदिने?
    अब देउबा राजसी भ्रमणमा इन्डिया जाने र चाइना पनि जाने, बस बितिगो समय| ओलीले कटाक्ष गर्ने जति पनि ठाउँ मिल्यो|
    यस्तो तालले माछी मार्दैन है देउबाज्यु| बाह्र बर्ष ढुङ्ग्रोमा हाल्दा पनि पुच्छर बाङ्गै भन्या त्यही हो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme