Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सर्‍यो, सर्‍यो… चौथो पटक सर्‍यो निर्वाचनको मिति

Posted on June 15, 2017 by Salokya

वैशाख ३१ गते एकै चरणमा हुने भनिएको स्थानीय तहको निर्वाचनको मिति हुँदाहुँदा आज चौथो पटक सरेको छ। पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन भइसकेपछि बाँकी प्रदेशहरु १, २, ५ र ७ मा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो। संविधानप्रति असन्तुष्टि जनाइरहेक मधेसकेन्द्रित दलहरुको पार्टी बनिसकेको मोर्चा राजपा नेपाललाई चुनावमा सहभागी गराउन केही समय सार्ने उद्देश्यले असार ९ गते निर्वाचनको मिति तोकिएको थियो। यो दोस्रो पटक सारिएको मिति थियो।

तर असार ९ गते इस्लाम धर्मावलम्बीहरुको रमजानको अन्तिम दिन पर्ने भन्दै विरोध भएपछि प्रचण्ड नेतृत्वको सरकारले दोस्रो चरणको चुनावको मिति असार १४ गतेलाई सारेको थियो।

यो बीचमा प्रचण्डले राजीनामा दिई शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार बन्यो। गणतन्त्र कालमा नै निर्वाचन गराउन नसकेर राजाले ‘असक्षम’ को आरोप लगाई हटाइएका देउवाले गणतन्त्र कालमा चुनाव गराउन सक्छन् कि सक्दैनन्, सबैको चासोको विषय थियो।

धेरैले तेस्रो चरणको निर्वाचन हुन सक्ने शंका पहिल्यै गरिसकेका थिए। तर चुनाव नसार्ने भन्ने कुरा पनि सरकार पक्षबाट आइरहेका थिए। सरकार र विपक्षी एक नभएसम्म संविधान संशोधन पास नहुने र संविधान संशोधन पास नभएसम्म चुनावमा राजपा भाग नलिने भएकोले कठिनाइ थिए।

अन्ततः चुनावका लागि उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन सरकारले प्रदेश नम्बर २ को निर्वाचन सार्ने औपचारिक निर्णय गरिदियो। त्यो पनि तीन महिनापछि अर्थात् असोज २ गते बल्ल। अर्थात् सरकार र राजपा दुवैले तनावलाई असोज २ गतेसम्म सारिदिए।

प्रदेश नम्बर २ को चुनाव असोज २ मा सारिए पनि राजपाका केही नेताले प्रदेश नम्बर १ र ५ मा आन्दोलन जारी राख्ने कुरा गरेका छन्। यो भन्नु निर्वाचन बिथोल्ने कुरा हो। यदि राजपाको केन्द्रीय बैठकले नै यस्तो निर्णय गर्ने हो भने असोज २ सम्म प्रदेश २ को निर्वाचन सारेर तनाव सारेको ठानेकाहरुलाई अर्को तनाव हुनेछ।

निर्वाचन आयोगले योसँगै बाँकी प्रदेशहरुको भोलिदेखि हुन लागेको उम्मेदवारी मनोनयनको समयलाई पनि दुई दिन सारेको छ।

संयोग के रह्यो भने आज बिहान प्रदेश नम्बर ३ बाट प्रदेश नम्बर २ का लागि हिँड्दा भोलि चुनावका लागि मनोनयन दर्ता गर्ने दिन थियो। बाटैमा थाहा भयो, निर्वाचन सर्‍यो। निर्वाचन सरेको थाह हुँदै गर्दा प्रदेश नम्बर २ मा पसियो। प्रेसको गाडी हुनाले हामीलाई त रोकिएन तर यात्रुवाहक र मालवाहक गाडीको लामो लाइन ठाउँठाउँमा रोकिएका थिए। पूर्वपश्चिम राजमार्गमा आन्दोलनकारीहरु दुई तीन ठाउँमा मात्रै देख्यौँ तर पूरै राजमार्ग ठप्प थियो। मोटरसाइकलहरु भने चलेका थिए।

कोशी पारी रोकिएका सार्वजनिक यात्रुवाहक तथा मालवाहक गाडीको लाइन। आन्दोलनकारीहरुले दिनभर गाडी रोकी रातिमात्र जान दिइरहेका छन्।

2 thoughts on “सर्‍यो, सर्‍यो… चौथो पटक सर्‍यो निर्वाचनको मिति”

  1. ,Indrajit Mukhiya says:
    June 16, 2017 at 12:28 am

    अाज प्रदेश न:२ केा चुनावकेा मिती सरेकेा सुन्दा मलाई साच्चिकै लागिरहेको छ कि नेपाल सरकारले मधेसको विकास चाहेकौ होइन ।चुनावको मिति सारेर कुनै सम्षयाकेा सामाधान हुदैनन् मात्र केही दिनकेा लागि पर सारिन्छ ।चुनाव नहुनु भनेकाे सबै किसिमका विकासका कार्यक्रम राेकिनु।त्यही भएर मेरो सरकारसँग अनुरोध छ कि जतिसक्दो छिटो मधेसकेा समस्या सुलझाइ सकेसम्म ताेकेकौ मितिमा निर्वाचन सम्पन्न गराउनुहाेस्।धन्यवाद ।

    Reply
  2. Rohini says:
    June 15, 2017 at 11:28 pm

    भारत को अगाडी लाचार सरकार | रा ज पा भारतको गोटी हो नेपाल लाइ सधै अस्थिर राख्न को लागि भारतले बनाएको |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme