आज जेठ २९। संविधानसभाले गणतन्त्र घोषणा गर्दै राजाको उपाधि खोसिएका ज्ञानेन्द्रले नारायणहिटी दरबार छाडेको नौ वर्ष पूरा भएको छ। नौ वर्षअघि आजैको दिन ज्ञानेन्द्रले नारायणहिटी दरबारमा पत्रकार सम्मेलन गरी दरबार छाडेका थिए। अहिले दरबार संग्रहालय रहेको छ। टिकट काटेर हेर्न जान सकिन्छ।
अन्तिम दिन भिडले अव्यवस्थित भएको पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले मार्मिक लिखित वक्तव्य पढेका थिए। दरबार हत्याकान्डमा आफूप्रति लगाइएका लाञ्छनाको उनले सार्वजनिक रुपमा खण्डन गर्दै भनेका थिए, ‘परिवारजनका शवमा आँशु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जन्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन।’ दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै भएको र उनीहरू त्यसका प्रत्यक्ष साक्षी पनि भएको उनले बताए। कस्तो थियो उनको वक्तव्य, पढ्नुस्।
नेपाली दाजुभाइ, दिदीबहिनीहरू,
चार वर्ण छत्तीस जातको साझा फूलबारीका रूपमा आजभन्दा २४० वर्षअघि हाम्रो पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिबक्सेको मुलुक आज अत्यन्त गम्भीर र संवेदनशील सङ्क्रमणको स्थितिबाट गुज्रिरहेको छ । देश र जनताको सुखदुःखमा सहधर्मी एवं सहकर्मी रहेको नेपाली राजसंस्था नेपाली जनताकै समृद्धि तथा समुन्नतिमा अनुप्राणित हुँदै आएको सर्वविदितै छ । इतिहासको प्रत्येक कालखण्डमा राजा र नेपाली जनताको संयुक्त प्रयासबाट भएको एकीकरण, प्रजातान्त्रिकरण एवं आधुनिकीकरण पनि यसको ज्वलन्त उदाहरण हो । राष्ट्र, राष्ट्रियता सार्वभौम नेपाल एवं राष्ट्रिय अखण्डतालाई हामी नेपालीले सधैँ जीवन मूल्य मानिआएका छौँ । यस मूल्य र मान्यताप्रति हाम्रो निष्ठापूर्ण उत्सर्ग भावना हिजो थियो, आज छ र भोलि पनि रहनेछ ।
देशमा आजभन्दा सात वर्षगाडि एउटा असहज, दुःखद र अनपेक्षित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्रधर्म, कूलधर्म र राजपरम्पराअनुरूप मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरूको समग्र प्रगतिबाहेक अरु कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउँछु । तत्कालीन हिन्दूअधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आवस् भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु । त्यसपछिका घटनाक्रम र परिणाम सबैका सामु किताबजस्तै खुला छन् ।
मैले हिजो पदीय दायित्वका कारण व्यक्त गर्न नसकेको तर मेरो अन्तरआत्मामा गुज्रिरहेको केही कुरार् इश्वरलाई साक्षी राखी आज म पत्रकार मित्रहरूमार्फ नेपाली दाजुभाइ, दिदीबहिनी एवं अन्तरराष्ट्रिय समुदायसमक्ष राख्न चाहन्छु । नियतिनै भन्नुपर्ला म एउटा अबोध बालक छँदा मेरो शीरमा पहिर्याइएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक मेरो न त चाहना थियो, न त इच्छा, न त कुनै भूमिकाको गुञ्जायस नै थियो । त्यस्तै २०५८ साल जेठ १९ गते राति दोस्रो पटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरो पुजनीय दाजु-भाउज्यूलगायत आफ्ना आत्मीय परिवारको विभत्स विनाश भएको र ती प्रिय आदरणीय परिवारजनका शवमा आँशु बगाएर मन हलुका पार्ने मौकासमेत पाउन नसक्ने परम्परा र कर्तव्यको जन्जीरमा बाँधिन विवश मेरो अन्तरवेदना शब्दमा व्यक्त गर्न सक्दिन । यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाइएका कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न त कुनै उपाय नै थियो, न त हाम्रोतर्फबाट बोलिदिने नै कोही थिए । तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तररूपमा भइरह्यो जुन मेरो लागि अति दुःखदायी थियो र छ पनि । दरबारमा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जीवित सदस्यहरू अझै पनि जीवितै छन् । उनीहरू त्यसका प्रत्यक्ष साक्षी पनि हुन् । सोही घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतीको शरीरमा प्राविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरू अझै रहेका छन् । यससम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरूबाट सत्यतथ्य पनि बाहिर आएकै थियो । उच्चस्तरीय छानबिन आयोगले घटनाका बारेमा सत्यतथ्य जनसमक्ष ल्याएकै हो । समस्त नेपाली जनता र राजसंस्था शोकविह्वल रहेको अवस्थामा यस्तो प्रकारसँग आक्षेप लगाउनु मानवीय समवेदनासँग मेल नखाने तथा राजसंस्थाप्रति नेपालीसामु रहेको सद्भावनालाई बिगार्ने र मात्र दुर्भावना फैलाउने रणनीति रहेको देखिन्छ ।
यस्तै अर्को कुरा मैले मेरो सम्पत्ति विदेशमा राखेको छ भन्नेजस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु । मेरो सम्पूर्ण सम्पत्ति नेपालमै छ । मैले विदेशमा चलअचल सम्पत्ति राखेको छैन । नेपालको कानुनअनुसार पूर्वजबाट मेरो नाममा आएका सम्पत्तिहरू पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागतरूपमा राख्ने व्यवस्थासमेत गरी त्यसको संरक्षण गरेको छु । विगत सात वर्षमा मैले कुनै पनि सम्पत्ति जोडेको छैन । परम्परागत सम्पत्ति घटाउने काम पनि भएको छैन । राजपरिवारका कुनै पनि सदस्यको सम्पत्तिको हक छिनेको पनि छैन । नेपालको प्रचलित कानुनअनुसार निजी सम्पत्ति राख्न पाउने हक मलाई पनि हुने नै छ भन्ने विश्वास लिएको छु ।
जनताको चाहना र इच्छालाई नै सर्वोपरी मान्ने राजपरम्पराअनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु । मैले देश छोडेर जाने सोच बनाएको पनि छैन । म मातृभूमि नेपालमा नै बसी मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु । यसका लागि सबै क्षेत्रबाट सहयोग हुने नै छ भन्ने आशा लिएको छु ।
हामी नेपालीका महान पूर्वजहरूको रगत, पसिना र बलिदानले बनेको स्वतन्त्र र सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताका निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहेपनि सदा समर्पित रहने प्रण गर्दछु । मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ । स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ । स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ ।
परम्परागतरूपमा शाहवंशीय राजाहरूबाट प्रयोग भई शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षितरूपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु ।
अन्तमा, राष्ट्राध्यक्षका रूपमा नेपाल र नेपालीको हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन् हुने किसिमबाट काम गरेको थिइन । म वा मेरा परिवारका कुनै सदस्यले विगतमा भए गरेका कामबाट कसैलाई पीडा पर्न गएको वा कसैको अधिकार हनन् हुन गएको भएमा अञ्जानमा यस्तो काम हुन गएको वास्तविकता सबैले बुझिदिनु हुनेनै छ भन्ने आशा लिएको छु । विगत सात वर्षको कार्यकालमा मलाई सहयोग गर्ने समस्त नागरिकहरू, संवैधानिक निकायहरू, न्यायिक क्षेत्र, सुरक्षा निकायहरू, राष्ट्रसेवकहरू, शिक्षक, प्राध्यापक, विद्यार्थी, किसान, मजदुर, उद्योगपति, व्यापारी, बुद्धिजीवी, युवा, धार्मिक सङ्घसंस्था, नागरिक समाज, पत्रकार, राजप्रासादसेवाका कर्मचारीलगायत विभिन्न तह र तप्कामा आबद्ध सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा म आभार व्यक्त गर्न चाहन्छु । नेपालको सधैँ भलो चिताउने छिमेकी मित्रराष्ट्रहरूका साथै अन्तरराष्ट्रिय जगत् र कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई पनि धन्यवाद दिन चाहन्छु । साथै नेपाल सरकारका तर्फबाट राजदरबारमा खटिई काम गर्ने सुरक्षा एवं व्यवस्थापन समितिका सदस्यहरूलाई पनि धन्यवाद दिन चाहन्छु । नेपाल सरकारबाट वर्तमानमा भएको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आवश्यक सहयोग प्राप्त हुनेनै छ भन्ने आशा लिएको छु ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।
यस्तो थियो पत्रकार सम्मेलन
आजभोलि मोबाइल तेर्स्याएर फेसबुकमा लाइभ गर्न जति सजिलो छ, त्यतिबेला कम्ता गाह्रो थिएन लाइभ गर्न। तैपनि ल्यापटप, सिडिएमए डोंगल र ह्यान्डीक्याम बोकेर नारायणहिटीबाट लाइभ गरिएको थियो त्यतिबेला भिडियो।
त्यतिबेलाको स्थिति बयान गरिएको ब्लग पनि यहाँ सान्दर्भिक देखेर साभार गरिएको छ-
जीवनमा पहिलो पटक सञ्चारकर्मीहरुको सामना गर्न लागेका ज्ञानेन्द्रले मंगलबार कहिले सोचेका पनि थिएनन् होला कि उनी यति धेरै स्वदेशी तथा विदेशी सञ्चारकर्मीहरुबाट आफ्नै भूतपूर्व निवासमा यसरी घेरिनेछन् भनी। सँधै आफूले बोल्दा ‘सियो खसे आवाज हुने (पिन ड्रप साइलेन्स) वातावरण देखेभोगेका ज्ञानेन्द्रलाई पत्रकारहरुको ‘असहिष्णु’ भीडले एकछिन त वाल्ल बनाएको देखिन्थ्यो। चीरपरिचित मुस्कानका साथ कास्की बैठकमा पूर्वपट्टीको भित्री द्वारबाट आएका ज्ञानेन्द्रले हात जोड्दै अविचलित भई आफूलाई बस्नका लागि राखिएको कुर्सीतर्फ अगाडि बढेका थिए। उनी त्यहाँ के पुगे, सयौँ क्यामेराका फ्ल्यास बल्न थाल्यो- प्ल्याक प्ल्याक। छेकियो, छेकियो भन्दै सञ्चारकर्मीहरु असहिष्णु भई आफ्नै साथीहरुलाई गाली गर्न थाले। जसका कारण उनी केही समय अकमक्क परेका थिए र उनले केही बेरसम्म बोल्न समेत सकेका थिएनन्। दरबारका सहयोगीहरुले आफू निकटका केही पत्रकारहरुलाई मात्र बोलाएर पत्रकार सम्मेलन गर्न चाहेको भए पनि उर्लिएको भीडले कुनै नेतासरह नै उनको पत्रकार सम्मेलनलाई घेरे। पत्रकार सम्मेलन अव्यवस्थित भए पनि उनको लिखित वक्तव्य भने एकदमै व्यवस्थित र ‘दरबारबाहिर’ का सहयोगीले लेखेको जस्तो देखिन्थ्यो। वक्तव्यमा जुन मार्मिकपन र जुन नागरिक भाषाको प्रयोग गरिएको छ, त्यो दरबारका चाकरी भाषामा अभ्यस्त सहयोगीहरुको वशको कुरा थिएन।
आइतबार हुने दोस्रो परीक्षाका लागि चाहिँदो तयारी गर्न नसकेको भन्दै पछुतो मान्दै आजदेखि त राम्रोसँग पढ्नुपर्छ भन्दै बसिरहेको थिएँ। ज्ञानेन्द्रको पत्रकार सम्मेलन अपराह्न ५ बजे हुने रे भन्ने खबर सुनिसकेको थिएँ तर जान त्यति जाँगर चलेको थिएन। साथी कृष्णले जाउँ न त ऐतिहासिक घटनाको लाइभ कभरेज पनि गरौँला भनेर हौस्याएपछि जान तयार भएँ। दरबारका कर्मचारीसित कुरा गर्दा पनि आए हुन्छ भनी भनेका कारण जान तम्सियौँ। पौने पाँच बजेतिर आउन भनिएको थियो। साढे चार बजेतिर नै पुगेँ। सोचेको थिएँ, दरबारको दक्षिण गेटबाट जानुपर्ने होला। तर हैन रहेछ, दरबारमार्गको मुख्य द्वार (पश्चिम गेट) बाट जानु पर्ने रहेछ।
त्यहाँ पुग्दा त भीड यति थियो कि मानौँ कुनै नाम चलेका गायकको कन्सर्ट हेर्न आएकाहरु हुन्। लक्ष्मण खड्कादेखि लिएर कान्तिपुर सम्पादक नारायण वाग्ले, जनआस्था सम्पादक किशोर श्रेष्ठहरुसम्म त्यही गेटमा ढुकेर बसेका थिए, कहिले भित्र जान पाउँला भन्दै। अरु सर्वसाधारणहरुको त कुरै नगरौँ। कयौँ किलोको भारी काँधमा राखेका विदेशी टेलिभिजनका क्यामेराम्यानहरु, फोटोग्राफरहरु भित्र प्रवेश गर्न नदिइएकोमा होहल्ला गर्दै थिए। केही त खम्बामा समेत चढे। उनीहरुलाई झार्न प्रहरीलाई कम्ता गार्हो भएको थिएन।
पूर्व राजा ज्ञानेन्द्रको नारायणहिटीबाट अन्तिम र जीवनको पहिलो पत्रकार सम्मेलन भएका कारण पनि पत्रकारहरुको चासो बढेको थियो। भीड यति बढ्यो कि दरबारका कर्मचारीहरुले थाम्नै सकेनन्। अनि त पत्रकारहरु मात्र हैन, मनोक्रान्तिवालाहरु, बच्चा बोकेका महिलाहरु समेतले भित्र प्रवेश पाए। त्यसो त पत्रकार परिचय पत्र देखाएर मात्र भित्र पसाउने भनिएको थियो, तर खै कसरी हो, गैर पत्रकारहरु पनि प्रशस्तै छिरेका थिए त्यहाँ।
उल्टो दृश्यः सँधै दरबारको गेटबाहिर यस्तो भीड हुन्थ्यो। तर यो चाहिँ दरबारको मूल गेटभित्रको दृश्य हो। अर्थात् एउटा गेट पार गरिसकेपछि अर्को गेट पार गर्न लाइन बस्दैछन् यिनीहरु।
दंग परे होलान् यी सुरक्षाकर्मीहरु पनि यो बेमौसमको भीड देखेर। नत्र दसैँ र जन्मोत्सवका बेला मात्र यस्तो भीड लाग्ने गर्थ्यो। तर उनीहरु निकै सतर्क मुद्रामा थिए। थोपा विचलित थिएन उनीहरुको ध्यान।
दरबारभित्रको यो अर्को गेटमा पनि सुरक्षाकर्मी र दरबारका कर्मचारीहरु बसेका थिए, परिचय पत्र हेर्दै भित्र पसाउँदै थिए।
लौ हेर्नुस् कति लामो थियो लाइन।
साथी धर्मराज भुसाल (अनलाइन खबर डट कमका सम्पादक) पनि परीक्षाको तयारी छाडेर पत्रकार सम्मेलनमा सहभागी हुन आएका थिए।
कृष्ण र म पनि लाइनमा थियौँ। संभव भएसम्म पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गर्ने सोच थियो हाम्रो। तर प्राविधिक रुपले संभव होला कि नहोला भनेर ब्लगमा घोषणा भने गरिहालेका थिएनौँ।
जनपद प्रहरी पनि सुरक्षाका लागि खटिएका थिए।
भित्रको द्वारमा रहेको ऐनामा आफूलाई हेर्दै।
दोस्रो द्वार प्रवेश गरिसकेपछि भने नारायणहिटीको मुख्य भवनसम्म जान कसैको रोकटोक थिएन। कार्यक्रम सुरु हुन लागेकोले कुदेर गयौँ हामीभित्र।
गोर्खा दक्षिण बाहु याने कि (gorkha my right hand man ), ओम् राम पट्ट , ओज्वसी राजन्य जस्ता तक्मा भिडाएर भ्रष्ट दलाल हरु लाई हात मा लिए यी “कुखुरा को भाले चुसुवा” हरुले / आफ्नो परिवार लाई पदक दिए यी “बिराली चटुवा” हरु ले / अहिले समवेदना खोजने ? अरे “कुखुरा को भाले चुस्” र “बिराली चाट” अनि गो टु हेल / भट भटे harley davidson होइन आफ्नै माथि सवार होइ जा /
के के न सत्ता लिएर तुलसी गिरी लाई बुलाएर राज करने खोजेको थियो ज्ञाने ले / भन्छन् नि काग बढी बाठो भयो भने गुहु खान्छ / खुब आफु लाई strategist सम्झन थियो यो ज्ञाने / ड्रग एडिक्ट पारसे को बाउ निकम्मा loser .
ज्ञाने is a loser
अब जा चुस कुखुरा को भाले loser ज्ञाने
प्रचण्ड र शेर बहादुर को तुलना मा राजा ले गरेको केहि होइन…..नेपाल मा धेरै खालको राजा महाराजा छ जसले भोगी राको छन् उसलाई तेस्को पीडा धेरै था होला
प्रजातन्त्र र शान्ति स्थापना गरि देश विकास गर्न राजा लाई हटाए पनि राजैतिक दल हरुले येति लामो समय सम्म पनि देशमा शुशासन , राजनीतिक स्थिरता , शान्ति र विकास दिन सकेका छैनन् / येस्मा दल हरुलाई लाज सरम लागनु पर्ने हो नि ?
आँसु बगाएर मन हलुका पार्ने ‘रे?
संगीतकार प्रवीन गुरुङकि विधवीको आँसु र छदोखादो उनको परिवारको आँसु र ट्याक्सी ड्राइभरको परिवारको आँसु चाहि के टुकुचाको पानी हो? नेपाली जनताको रगत पसिनाको कमाईमा रजाई गर्नु शरम लाग्दैन? हामी साधारण जनताले राजा र राजतन्त्र नमानेको होइन र मासेको पनि होइन| यति त मान्नपर्यो ज्ञाने दाई| तपईकै सल्लाहकार, पुरोहित, आसे पासे खासेहरुले खत्तम बनाएका हुन| चिरन शम्सेर, नारायण प्रसाद, विवेक शाह, कटुवाल, ऋषिकुमार, सब्बैले तपाइको एरोग्यान्स र सुशासन प्रति अनभिज्ञता र प्रलोभनलाई दोष दिंदै आएको थाहै होला ज्ञाने दाई| तुलसी गिरि, बिष्ट, मधुकर, कमले, टंके, दुर्गा माता खाता, आदि गफले आकाश पाताल जोड्ने तर ग्राउण्ड रियालिटी भन्ने चिज नबुझेको र जनता बीच भिज्न नसकेका पन्चेहरुलाई क्याबिनेटमा राख्यौ| जसलाई पिलन्धरे बाहुन भनेर हेला गरियो उनै गिरिजाको उदारता भनौ वा कायरपनले गर्दा नारायण हिटी छाड्दा नागार्जुन लिन सक्यौ , नत्र प्रचण्ड र बाबुरामले हत्ते गरे पनि दिन्न भनेका थिए| खुरुक्क निर्मल निवास, ताहाचाल दरवार वा सोल्टी होटलमा सरेको भएको के बित्दो थियो र?
मानवीय समबेदना भन्ने कुन चरीको नाउँ हो त्यो जसले बुझेकै छैन अर्काले लेखेको भाषण पढेर हुने होइन पुर्ब राजन| नेपाली हिन्दुहरु अतिवाद मन पराउदैनन, सहिष्णुता पालन गर्छन तर दश बाह्र दरवारिया र चाकडीवाजहरुको पन्जामा परेर विष्णु अवतार नै बन्न खोज्यौ र शताब्दी पुरानो राजगद्दी नै गुमायौ|
कसैले नेपालमा यतिका शताब्दीमा शाह राजाका साधारण जनतालाई के देन छ भनी सोधे शोषण भन्न पर्छ| समयको आवाज सुन्न नसक्दा पुर्खाको गद्दी हरायौ, आफ्नै परिवार लाई तह लाउन नसक्नेले शेर बहादुरलाई असक्षम भनेर आफैलाई झापट हान्यौ|
अब बेकारमा गद्दी फर्काउने कुरा गरेर के गर्ने? बरु पश्चताप र प्रायश्चित गरे मन हलुका होला र नेपाली जनताले केहि हद सम्म क्षमा गर्ला|