Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीले मज्जा मानेर संसदमा दिएको क्रिकेटको उदाहरणको तथ्य नै गलत, हेर्नुस् उनको बोली झुटो ठहरिने प्रमाण

Posted on June 6, 2017June 7, 2017 by Salokya

कयौँ दिनसम्म संसद अवरोध गरेपछि मंगलबार बल्ल बल्ल सुचारु गरेपछिको पहिलो बैठकमा पूर्व प्रधानमन्त्री तथा हालका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भरतपुर मतगणनाको प्रसंगलाई जोडेर क्रिकेटको रमाइलो प्रसंग जोडे। उनले सुरुमै कोलकाताको इडनवर्ग रंगशालामा भएको खेल भने। जबकि कोलकातामा इडनवर्ग नामको रंगशाला नै छैन। इडनवर्ग त स्कटल्यान्डको राजधानीको नाम हो। कोलकातामा भएको रंगशालाको नाम त इडन गार्डन हो।

खैर उनले संसदको रोष्ट्रममा उभिएर यसो भने, ‘एक पटक भारत र श्रीलंकाका बीचमा क्रिकेटको सेमिफाइनल भइराखेको थियो। कोलकाताको इडनवर्ग रंगशालामा। त्यसमा भारतले २५२ रनको लक्ष्य श्रीलंकालाई दियो। श्रीलंकाले ५२ रन पुर्‍याउन पाउँदा नपाउँदा भारतका पक्षबाट आफ्नो रंगशालामा दर्शकले होहल्ला आदिइत्यादी अनेक चिज गरेर खेल हुन दिएन। भारतमा खेल भएको, श्रीलंकालाई डिस्टर्ब गरिएको, खेल्न नदिइएको हुँदा २५२ रनको लक्ष्य छोडेको भारतले हार स्वीकार गरेको र ५२ रनमात्रै भएको श्रीलंकाले जित्छ भन्ने भएर डिस्टर्ब गरेको हुनाले श्रीलंकालाई सेमिफाइनलमा विजयी घोषणा गरियो।’

तर उनले दिएको यो तथ्य पूरै गलत छ।

हेर्नुस् भिडियो

माथि भिडियो नखुले हेर्नका लागि यहाँ क्लिक गर्नुस्

‘त्यसकारण यस्तै हुनुपर्ने। हार्‍यो भनेपछि जसले मतपत्र च्यात्यो, हारेको त कबुल गरिसक्यो। श्रीलंका र भारतको जस्तो २५२ र ५२ मात्रै भएको हैन ७८४ मतले देवी ज्ञवालीको अग्रता छ। यो कुरा हेक्का रहोस्’ भन्दै गर्दा सुवास नेम्वाङ सहितका नेताहरुले टेबल ठोकेर समर्थन गरे।

उनले भनेको जस्तो खेल कोलकाताको इडन गार्डेनमा भएको पक्कै हो। मार्च १३, १९९६ को खेल थियो त्यो। विश्वकपको सेमिफाइनल खेल।

तर त्यसमा ओलीले भने जस्तो भारतले पहिला खेलेर श्रीलंकालाई २५२ रनको लक्ष्य दिइएको थिएन। श्रीलंकाले पहिला खेलेर २५१ रन बनाई भारतलाई चैँ २५२ रनको लक्ष्य दिएको थियो।

अनि ओलीले भने जस्तो श्रीलंकाले ५२ रन बनाउँदा भारतीय दर्शकले होहल्ला गरेका थिएनन्,भारतले १२० रन बनाउँदा लगातार दुई वटा विकेट गुमाएको अवस्था थियो। ३४.१ ओभरमा आठौँ विकेट गुमेपछि निराश र क्रुद्ध भारतीय दर्शकले रंगशालामा आगो लगाएका थिए र फलफूल र पानीको बोतल मैदानमा फ्याँकेका थिए। खेल त्यतिबेला रोकिएको थियो।

फेरि खेल सुरु हुन लागेको बेला दर्शकको भीडले पुनः डिप फिल्डर्सतर्फ बोतल फ्याँक्न थालेपछि म्याच रेफ्रीले खेल रोकेका थिए र श्रीलंकालाई बाइ डिफल्ट विजयी घोषणा गरिएको थियो।

क्रिकेटप्रेमी कुनै पनि दर्शकले यो खेलको नतिजालाई बिर्सन सक्दैनन्। छिमेकी देश भारतमा भएको यो खेलको बारम्बार उदाहरण आउने भएकोले पनि यसलाई याद गरिन्छ। तर यस्तो खेलमा समेत संसदमा रेकर्ड हुने गरी ओलीले गलत तथ्य प्रस्तुत गरे, एमाले सांसदहरुले ताली ठोके।

ओलीका हरेक वाक्य ब्रह्मसत्य हो र त्यसको जसरी पनि बचाउ गर्नुपर्छ भन्ने भ्रममा रहेकाहरुले यसलाई सही माने पनि तथ्य यसको विपरीत छ। हेर्नुस् क्रिकइन्फोमा रहेको त्यतिबेलाको खेलको स्कोरकार्ड–

हेर्नुस् खेलको भिडियो। भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

24 thoughts on “ओलीले मज्जा मानेर संसदमा दिएको क्रिकेटको उदाहरणको तथ्य नै गलत, हेर्नुस् उनको बोली झुटो ठहरिने प्रमाण”

  1. Pingback: ओलीको मिसफायर भएको बोली : संसदमा बोल्दा तथ्य गलत भएका ६ प्रसंग « Mysansar
  2. UD says:
    June 8, 2017 at 4:59 am

    ताे त सही नै बाेले हाे बाेराे ।। गैडा त नेपालमा मात्रै पाे पाइन्छ हाे, विदेशमा पाइने त rhinoceros वा अरू कुनै पाे हाेला त ।

    Reply
  3. Logical Nepali says:
    June 8, 2017 at 4:02 am

    उदाहरण गलत भए पनि भन्न खोजेको मुख्य कुरो चाही ठिक लाग्यो मलाई त
    तर जिम्मेवार व्यक्तीहरुले यस्ता उदाहरण दिदा विचार पुर्याउन भने पर्छ
    यस्तो कारणले सही कुरा गरेको भए पनि कुरोको वजन कम हुन जान्छ
    हारियो भनेर मतपत्र च्यातेपछी हारेकै घोषित हुन पर्छ
    पुन मतदान हुने हो भने माओबादीले नया उमेद्वार उठाउन पर्छ

    Reply
  4. दुईखोली गाउपालिका says:
    June 7, 2017 at 7:33 pm

    पहिलो दोष त बिचरा केपी अोली कम्तीमा १० पास भए पो यस्ता कुरा बुझ्ने थियो । दोस्रो कुरा यो रेकर्ड लेखेर दिने सुवास नेम्वाङ र भीम रावल पनि उस्तै । यहाँ बिचारनिय कुरा के छ भन्ने जुन नेताले सँसद जस्तो ठाउँमा बोल्दा पनि तथ्यहिन कुरा झुटो कुरा बोल्छ भने सँसद बाहिर त्यस्को अवस्था के होला जनताले मूल्यांकन गर्ने बेला आएको छ ।

    Reply
  5. Devendra Basnet says:
    June 7, 2017 at 3:53 pm

    ओलीका हनुमान हरु के बिदि ओली भक्त भाका हुन् . गलत बोलेका कुरा पनि गलत भन्न पाउदैनन रे. वा वा तिम्रा चाटुकारी.

    Reply
  6. Ang says:
    June 7, 2017 at 1:06 pm

    यो त एउटा उदाहरन मात्र हो / tip of “Iceburg ” यो अवस्थामा आउनु र त्यो कुर्शी पाउन उहाले यासता जूट कति बोले बोले !! तर किन येत्ति धेरै अन्द्ध भक्त / नेताको आचिलाई पनि सुन भन्ने ???

    Reply
  7. Ravi says:
    June 7, 2017 at 12:09 pm

    Salokya ji pani kunai euta party ko bhakta hanumaan hunuhunchha bhanne kura dekhirakhya chha. Ghatana anusaar ramro ra naramro Chhutyauna nasakne. Bharatpur ghatana ma aru sabai birsanu, party kun kun thiye bhanne pani chhodera bisuddha ghatana matra kelaunu bhayo bhane ko doshi lagchha tapain lai?

    Reply
    1. Salokya says:
      June 7, 2017 at 12:35 pm

      हनुमान को हो, बुझ्नै पर्छ। यो भरतपुर घटनाबारेको ब्लग हैन, ओलीले दिएको उदाहरणको तथ्य गलत भएको बारे ब्लग हो। तथ्य गलतलाई गलत भन्न तपाईँलाई किन गाह्रो भएको?
      भरतपुर घटनाबारे ब्लग यहाँ छ पढ्नुस्। पढ्न छुटाउने अनि आरोप लगाउन त भएन नि
      भरतपुरको काण्ड के हो? के थियो नियत र अब के हुँदैछ? http://www.mysansar.com/2017/05/27850/
      भरतपुर : सुरक्षाकर्मी सुत्न, निर्वाचन अधिकृत मुत्न जाने, बाँदरले उफ्रेर मतपत्र च्यात्ने, नुन खानेले कानुन चलाउने http://www.mysansar.com/2017/06/27963/

      Reply
  8. yash says:
    June 7, 2017 at 11:26 am

    के सारो छिद्रान्वेशी हुनुभएको ? ।
    पहिलो कुरा त कुनै राजनितीग्यले खेलको बारेमा त्यति कुरा सम्झनुनै ठुलो कुरा हो अनि दोश्रो , उन्ले भन्न खोजेको कुरो महत्वपुर्ण हो । तथ्य तथ्यांकसहित दुरुस्त पेश गर्न त लोकसेवाको जाँच दिया हो र भन्या ? । रुपमा नजाम सालोक्य जी , सारमा विषयबस्तुलाई बुझौ ।

    Reply
    1. Salokya says:
      June 7, 2017 at 11:40 am

      ठूलो हो ठूलो हो। उहाँले गलतै बोले पनि सही हो। भनेको हैन भन्न खोजेको कुरा बुझ्नु पर्छ। जय ओली !

      Reply
  9. Kumar khapoong says:
    June 7, 2017 at 11:21 am

    उनी खेल पत्रकार होइनन भलै दर्शक भएकै हिसाबले उदाहरण प्रस्तुत गर्नु चाही ज्यादै सान्दर्भिक छ ।

    Reply
    1. Salokya says:
      June 7, 2017 at 12:36 pm

      ए पत्रकारले मात्रै सही कुरा लेख्नुपर्ने? नेताले जे बोले पनि हुने? नेताले बोलेको गलत भयो भन्न पाइने कि नपाइने?

      Reply
  10. Manish says:
    June 7, 2017 at 10:24 am

    गैडा नेपालमा मात्र पाईन्न्छ भनेर पनि झुट बोलेका थिए/

    Reply
  11. Ad says:
    June 7, 2017 at 8:42 am

    कुराे मुख्य रूपमा त्यसाे गर्नु ठिक कि गलत भन्ने हाे जस्ताे लाग्छ । केपी क्रिकेट जानकार हाेइनन् भन्ने पुष्टी गरे । गलत कुरा गर्न हुँदैनथियाे उनले । तर हामीले बिर्सन हुँदैन, केपीले भन्न खाेजेकाे चैँ, भरतपुरमा मतपत्र च्यात्नु गलत हाे, जसरी यहाँले भनेजस्तै भारतमा भारतीयहरूले हार्ने निश्चित भएपछि खेलमा बाधा पुर्याएका थिए ।

    Reply
  12. बिक्रम द फटाहा says:
    June 7, 2017 at 8:41 am

    को के र कुन सत्य गलततिर भन्दा पनि प्रसङ्ग ठिक छ कि छैन भन्ने तिर जाने हो कि? खेल हो हार र जीत हुन्छ, चुनाब हो विजय र पराजय हुन्छ तर जनमत स्वीकार्ने कि नस्वीकार्ने भन्ने हो यदि जनमत नस्वीकार्ने भए आलो पालोको नीति वा गोलाप्रथा गरे भैहाल्यो नि किन जनताको ट्याक्स वा सरकारी ढुकुटीको दुरुपयोग गर्ने?
    हुन त अचेल केहि बोल्नु भन्दा पहिले “म फलानो पार्टीको होइन है” भन्नु पर्ने अवस्था आको छ…

    Reply
  13. risk basnet says:
    June 7, 2017 at 6:22 am

    tyo euta example ho murkha news writers haru hu example dida true nai huna parxa vanne xaina ni jati garera bujauda pani nabuje paxi yesari vanda bujxan ni ta janta le tai vayera yasari vanna badhye vayekai hun kp oli kuro bujnu vo…great kp oli we will suport fully

    Reply
  14. Kumar says:
    June 7, 2017 at 6:13 am

    Salokya ji neta Ko kura ma nata tathya hunchha nata tin ka kura ma satay hunchha Tara oil ji Ko example Ko tatparya chahi mildo lagyo la

    Reply
  15. gorkhali singham says:
    June 7, 2017 at 6:02 am

    ओली ले क्रिकेट को माध्यम बात भन्न खोजेर कुरा को अर्थ त सबै बुद्धि जीबी हरु ले बुजी सके, तेइ पनि बुच पुचाउ दैछन, उदहारण दिन को लागि राजनीति छोडेर अरु ठाउ मा तथ्य चाइञ्छ तर राजनीति त आफै मा अहिले एउटा खेल बनेको छ,येस्मा तथ्य चाइदैन,खास कुरो भन्न पर्दा भारतपुर् मा जुन घिनलाग्दो र निच काम माओबादी का धुपौरे हरुले गरे,त्यो चाइ निन्दनीय र दयनिय छ,अरु झैँ मुसो जस्तो दुलो मा लुकेर बस्नी र मोरनी बेला मा हरियो काक्रो हेर्न मन छ भन्नि जस्तो को जमात मा केपी ओली जस्ता निडर र रास्ट्रबाद नेता पर्दैनन्, उ त जुँगा बटारेर बाघ को दहाड का साथ् गर्जिनी सीन्घम हुन्,
    वहा ले जे सत्य कुरा हो तेइ फ्यात्त भन्नुहुन्छ,
    सुर्य आकास मा
    रुख र हसिया हतोदा भुइँ मा ,र आकास मा जुन सुर्य देखिन्छ , केपी ओली तेइ चम्किनी सुर्य हुन्……………………………….नेकपा एमाले जिन्दा बाद.

    Reply
  16. Bharat says:
    June 7, 2017 at 5:18 am

    उदाहरण र घटना लगभग मिलेको रहेछ , उदाहरण दिदा हाजिरी जवाफ जस्तो मिल्न जरुरी छैन !

    Reply
    1. Salokya says:
      June 7, 2017 at 12:39 pm

      लगभग मिल्यो है। ब्याटिङ र लक्ष्यको तथ्य उल्टो छ। उल्टो गर्दा पनि मिल्न जरुरी छैन भन्ने हो भने वकील साबको तर्कसित सहमत हुनै परो।

      Reply
  17. dasu says:
    June 7, 2017 at 2:56 am

    उदेस्य सहि हो कुरामा अंक तलमाथि होला भएको घटना र परिणाम त सहि छ नि …

    Reply
  18. Bishal says:
    June 7, 2017 at 2:31 am

    प्रसङ्ग बुझे भै हाल्यो नि | के को ल्यांग ल्यांग सालोक्य जी |

    Reply
    1. Salokya says:
      June 7, 2017 at 12:40 pm

      प्रसंग बुझेरै गलत तथ्य रहेको सम्झाएको हो हजुर।

      Reply
  19. Rohini says:
    June 7, 2017 at 12:23 am

    अब नेपाल का नेता हरुलाई क्रिकेट हेर्ने फुर्सद काहा ? राम्ररी अध्ययन नै नगरी संसदमा क्रिकेटको उदाहरण दिनु ओली को गल्ति हो | सायद ओली ले यो गल्ति बाट पाठ सिके कि | यस्तो समाचार पत्रिका मा आएपछि त ओली ले बोलि मा लगाम लगाउने हो कि |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme