Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिस नेपाललाई किन गरेको होला मूलधारे मिडियाले बहिस्कार?

Posted on June 3, 2017June 5, 2017 by Salokya

कसैलाई मन परे पनि नपरे पनि हिडन ट्रेजरको आयोजनामा वर्षेनी हुने मिस नेपाल राष्ट्रिय स्तरमा हुने तथा नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा छनौट हुने एउटा प्रमुख प्रतियोगिता हुँदै हो। हिजो २२ औँ मिस नेपाल चुनियो काठमाडौँको होटल अन्नपूर्णमा। उर्लाबारीकी नीकिता चन्दकले मिस नेपालको ताज लगाइन्। तर मिस नेपालको यो समाचार एउटा मूलधारे मिडियाले भने अचम्मैसित बहिस्कार गरिदियो।


आजको नेपाल समाचारपत्रले मिस नेपालको समाचार तेस्रो पेजमा दिएको थियो।

अन्नपूर्ण पोस्टले त झन् मास्ट हेडसँगै मिस नेपालको फोटो मात्र राखेन, अन्तिम पेजमा समाचार र फोटो पनि राख्यो।

राजधानीबाट निस्कने अर्को राष्ट्रिय दैनिक राजधानीले पनि पहिलो पेजमा नै महत्त्वका साथ मिस नेपालको समाचार र फोटो राख्यो।

दि हिमालयन टाइम्सले भित्री पेजमा यसबारे समाचार र फोटो राख्यो।

एउटा मूलधारको दैनिक बाँकी रह्यो- नागरिक। नागरिकको प्रथम पेज आज यस्तो थियो।

नागरिकको पहिलो पेजमात्र हैन आज प्रकाशित १६ पेजमध्ये कुनै पनि पेजमा मिस नेपालको न फोटो थियो, न समाचार नै। नागरिकमा मात्र हैन अङ्ग्रेजी दैनिक रिपब्लिकामा पनि उस्तै। किन? के मिस नेपालसम्बन्धी कुनै पनि समाचार कभर नगर्न निर्देशन दिइएको थियो र।

त्यहीँ पत्रिकामा काम गर्ने बाहेक अरुलाई थाहा हुने कुरै भएन।

मिस नेपालकी सुन्दरीहरुसित केको रिस थियो होला र मूलधारको एक दैनिकलाई जसका कारण समाचारै बहिस्कार गर्नुपर्‍यो?

रमाइलो त के भने यसैगरी मिस नेपालको समाचार र फोटो बहिस्कार अर्को मूलधारे दैनिक कान्तिपुरले पनि केही वर्षअघि गरेको थियो। त्यतिबेला कान्तिपुर र डाबरबीच लफडा चलिरहेको थियो। मिस नेपालको मुख्य प्रायोजक डाबर थियो त्यतिबेला। अनि कान्तिपुरले डाबरको नामसित जोडिएको मिस नेपालको समाचारै बहिस्कार गरिदियो।

यस पटक भने कान्तिपुरले मिस नेपालको समाचार मात्र दिएन, कुरा काट्नेहरुले एउटी खास प्रतियोगीको पक्षमा खुलेकोसमेत भन्न भ्याए। कुरा काट्नेहरुको कुरा न पर्‍यो, हो/हैन तथ्यतिर जानै नपर्ने।

कान्तिपुरमा मिस नेपालको पहिलो पेजमै महत्वका साथ फोटो छापिँदा प्रतिस्पर्धी नागरिक र रिपब्लिकाले भने मिस नेपालको मुखै हेर्न नचाहनुको कारण के होला? कसैलाई थाहा भए सुटुक्क तल कमेन्टमा लेख्न सक्नुहुन्छ है।

 

 

5 thoughts on “मिस नेपाललाई किन गरेको होला मूलधारे मिडियाले बहिस्कार?”

  1. सरद says:
    June 5, 2017 at 10:10 am

    समावेशीको लहर छ। जजहरूलाई दबाब र कबाब दुबै दिइएको हुन्छ। त्यसैको परिणाम हो हो । मिस इन्टर्न्यासनल उक्त मुकुटको हकदार लागेकी थिईन् मलाई, तर सब यो पैसाको खेल हो म ऐसावैसाले चाहँदैमा के हुने हो र ?

    Reply
  2. Arun says:
    June 4, 2017 at 10:23 pm

    Sir what about your language ?? I have stopped reading “A Journalist ” (that ) paper these days ????????

    Reply
  3. Ram says:
    June 4, 2017 at 12:18 am

    किन बहिष्कार गरे भन्ने बारे चाही थाह भयन तर म लाइ यस पालीको Miss Nepal को न जिउडाल न रूप आकर्षण भयको देखे, भनिन छ Beauty with brain भयकोले मात्र ताज पहिरीन्छ। brain पनि ख़ाली त पक्कै थियनहोला।

    Reply
  4. Omprakash shah says:
    June 3, 2017 at 11:45 pm

    मधेशी भएर हो

    Reply
  5. A Journalist says:
    June 3, 2017 at 11:21 pm

    This all because of the weakest editorial team Nagarik has these days! The language of news they print is the worst thing I have ever seen! I have stopped reading that paper these days!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme