Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दीपेन्द्रले डेढ मिनेटमै सबलाई सखाप पारे : दरबार हत्याकान्डबारे प्रत्यक्षदर्शीको अडियो बयान सुन्ने कि !

Posted on June 3, 2017June 3, 2017 by Salokya

दरबार हत्याकान्ड भएको एक सातामात्रै भएको थियो। अनेक हल्ला चलेका थिए बजारमा। राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय मिडियाको समेत चासो बनेको थियो नेपाल। विदेशी पत्रकारहरुले डेरा जमाएका थिए नेपालमा। नकारात्मक नै सही यो घटनाले नेपालको नाम पहिलो पटक विश्वमा सुन्नेहरु समेत धेरै थिए।

यही बेला उक्त हत्याकान्डको प्रत्यक्षदर्शी डा. राजीव शाहीले छाउनीमा पत्रकार सम्मेलन गरे। उनले खासगरी विदेशी मिडियालाई लक्षित गरी स्केचसमेत बनाएर अङ्ग्रेजीमा दरबार हत्याकान्ड कसरी भयो भन्नेबारे विस्तृत विवरण दिए। उनका अनुसार दीपेन्द्रले वीरेन्द्रको वंशनाश गर्ने गरी गोली चलाउन डेढ मिनेट पनि समय लगाएनन्। त्यतिबेला अहिलेको जस्तो धेरै अनलाइनहरु थिएनन्। नेपालन्युजले त्यसबेला शाहीको अडियोसहितको समाचार दिएको थियो। आज हार्डडिस्कमा पुराना फाइल खोज्ने क्रममा त्यतिबेलाको अडियो पनि भेटियो। सुन्नुस् हत्याका प्रत्यक्षदर्शीको अडियो बयान।

सुन्नुस् अडियो युट्युबमा (यहाँ क्लिक गर्नुस् सुन्नका लागि)


यो त्यतिबेला सिएनएनले राखेको स्केच।


डा. राजीव शाहीले त्यतिबेला पत्रकार सम्मेलनमा बनाएको स्केच।

3 thoughts on “दीपेन्द्रले डेढ मिनेटमै सबलाई सखाप पारे : दरबार हत्याकान्डबारे प्रत्यक्षदर्शीको अडियो बयान सुन्ने कि !”

  1. Sunny says:
    June 5, 2017 at 3:00 am

    एस्लाई पनि छानबिन गर्नु पर्छ ! पहिले देखि नै संकास्पद छ यो शाही भन्ने मान्छे . येत्रो ठुलो दुर्घटना हुदा हासी हासी मिडिया मा बयान ?? एसको बोलि मा अलिकति पनि दुखित लबज छैन !

    Reply
  2. घले says:
    June 3, 2017 at 7:04 pm

    यो मान्छेको कुरा विश्वासनीय छैन जस्तो लाग्यो| यसको डाक्टरको लाईसेन्स र एनएमसीको प्रक्रिया साथै कसरि पास गर्यो चेक गरे अझ पाटो खुल्ने थियो|

    Reply
  3. Amy says:
    June 3, 2017 at 2:17 am

    Tyasto tanaw purna environment ma yo manxeko dimaagma nakxa kasari basyo???

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme