Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्वाचित मेयरले सक्लान् त यस्तो आदेश दिने आँट गर्न?

Posted on June 1, 2017June 1, 2017 by Salokya

स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेशमा रहेको भवन निर्माणसम्बन्धी व्यवस्थामा अनुमति नलिई कसैले पनि भवन निर्माण गर्न नहुने र गरेमा अध्यक्ष वा प्रमुख (मेयर) ले भत्काउने आदेश दिने उल्लेख छ। पहिलो दिन साइरन बजाउँदै एस्कर्टिङसहित काठमाडौँ महानगरपालिका छिरेका नवनिर्वाचित मेयरको कार्यकक्षकै अघिल्तिर नक्सा पाससमेत नगरी एउटा भवन ठडिएको छ। के त्यसलाई भत्काउने आदेश दिन निर्वाचित मेयरले आँट गर्लान् त?

यो काठमाडौँ पोस्टमा फेब्रुअरी ९ मा प्रकाशित समाचार हो जसमा काठमाडौँ महानगरपालिकाको भवन निर्माण अनुमति शाखामा अनुमति नलिई यो भवन बनाएको उल्लेख छ।

त्यतिबेला त महानगरपालिकामा निर्वाचित मेयर थिएनन्, हिच्किचाए होलान्। के ६० हजारभन्दा बढी मतले काठमाडौँ महानगरपालिकाको मेयर चुनिएका विद्यासुन्दर शाक्यले कानुन सबैका लागि बराबर हो भन्ने सन्देश दिन सक्लान्? दिन नसके आफ्नै कार्यालयबाहिर ठडिएको यो भवनले उनलाई सँधै जिस्काइरहने छ।

1 thought on “निर्वाचित मेयरले सक्लान् त यस्तो आदेश दिने आँट गर्न?”

  1. कमल says:
    June 2, 2017 at 9:26 am

    साइरेन बजाउदै इस्कर्टिङ्ग सहित पुगे भनेर सुन्ने बित्तिकै जन निर्वाचित मेयरको चाला
    ठिक देखिएन| अलिक दिनको फाई फुर्ति हो त्यसपछि सेलाएर जान्छ|

    १. शहर सफा राख्नुस, मगन्तेहरुलाई बन्दोबस्त गरिदिनुस| बिहानै चार बजे उठेर सबै इलाका दिन दिन लगाएर पैदल भ्रमण गर्ने बानी बसाल्नुस|
    २. परिक्षणका रुपमा शुरुमा दरवार मार्ग अघिका पसले र घरपति हरुलाई आफ्नो बाटो आफै सफा राख्ने र सुन्दरीकरण गर्ने आग्रह गर्नुस र पनि अटेर गरे कारवाही गर्नुस| लाखौ रुपिया भाडा असुल्ने तर नगरपालिकालाई मात्र सफा राख्न मुख ताकेर भएन| कर तिर्छौ भनेर मात्र भएन|
    ३. हिम्मत भए मात्र यो सम्भव छ नत्र सुरालमै छेरेर बसे हुन्छ|
    भोटाहिटी र कमल्लाक्षी देखि असन हुँदै इन्द्र चोक सम्मको बाटोलाई निश्चित समयको लागि दिनहु वाहन मुक्त गराउनुस| त्यसको मतलब ठेला र पांग्राले गुड्ने साइकललाई भीडको वास्ता नगरी जताभावी गुडाउन अनुमति दिने भनेको होइन| सबै पाङ्ग्राले चल्ने सामान र सवारी वाहक वाहनलाई नियन्त्रित् गरियोस निश्चित समयको लागि दैनिक रुपमा| सवारी नियन्त्रित समयमा बाहेक सामान र यात्रु बोक्ने सवारी चलाउन दिईयोस|

    मान्छे, जन्तु, गाडी, मोटरसाइकल सबैले भीड लगाउने असन हिड्ने लायक छैन|

    ४. असन सवारी नियन्त्रणको परिक्षण सफल भए अरु क्षेत्रमा पनि लागु गरियोस|

    ५. जता ततै मादक पर्दार्थ र धुम्रपान बिक्रि गर्न नियन्त्रित गरिन पर्छ|

    ६. पान बिक्रि बन्दै गरिनपर्छ वा नियन्त्रित गरियोस| जताततै थुकेर हैरान पारेका छन्|
    कम से कम का म न अड्डा र परिसरमा आजै देखि पान, धुम्रपान बिक्रि र सेवन निषेध गर्नुस| किन भनेर सम्झाई रहन नपर्ला| मुलुकका अरु नगर पालिका का लागि उदाहरण बन्नुस|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme