Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मेयरको वाचामाथि निगरानी : भदौ २२ सम्म विद्यासुन्दर शाक्यले गर्नुपर्ने १०१ काम

Posted on June 1, 2017June 1, 2017 by Salokya


काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अब कुनै पार्टीका उम्मेदवार रहेनन्। उनी अब हाम्रो महानगरपालिकाका जननिर्वाचित मेयर हुन्। उनले निर्वाचित हुनुअघि निर्वाचित भए १०० दिनमा गर्ने १०१ कामको सूची सार्वजनिक गरेका थिए। शपथ ग्रहणको मितिले आगामी भदौ २२ गतेसम्म उनले यो काम पूरा गरिसक्नुपर्ने हुन्छ।

१०१ वाचामध्ये एउटा वाचा पूरा भएको छ। यो बीचमा उनले हाइड्रोजन फ्युल सम्भाव्यता अध्ययन गर्नेदेखि नेपाललाई संसारको उत्कृष्ट सबै मौसममा क्रिकेट खेल्न मिल्ने स्थल बनाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहल गर्नेलगायतका काम गर्नुपर्नेछ। हेरौँ के-के छन् वाचा?

1. हाल राज्यले दिएको मासिक सुरक्षा भत्तामा रु. ३ हजारलाई बढाएर ५ हजार बनाउने। ८४ वर्ष पुगिसकेका व्यक्तिलाई १० हजारमा २ हजार थपेर १२ हजार बनाउने (मेयरले गर्ने पहिलो निर्णय)।

(यो वाचा पूरा भएको छ। मेयरको अध्यक्षतामा बसेको पहिलो बैठकले ८४ हैन ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ)

यसैगरी, सुविधाहरू क्रमशः बढाउन अध्ययन कार्यदल बनाउने। भत्ताको रकम सम्बन्धित व्यक्तिको बैंक खातामार्फत सिधै पठाउने व्यवस्था गर्ने।

2. ऐतिहासिक महत्व बोकेको सोह्रखुट्टेको पुनस्र्थापनाको प्रक्रिया अगाडि बढाउने।

3. मेयरको पदभार ग्रहण गर्नु भन्दा अगाडि नै महानगरपालिकाको कार्यालय परिसरभित्रै नवनिर्वाचित जनप्रतिनिधिहरूले मूल्यवान फल लाग्ने रुख रोपेर “ग्रिन एण्ड क्लिन काठमाडौँ” अभियान सुरु गर्ने। (यो वाचा आंशिक भङ्ग भएको छ। मेयरको पदभार ग्रहण गर्नुअघि मेयरले रुद्राक्षको बिरुवा (रुख हैन) रोपेको खबर देखिए पनि अन्य जनप्रतिनिधिहरुहरुले रुख रोपेको खबर देखिएन।) यसअघिका अनिर्वाचित काठमाडौँ महानगरपालिका प्रमुखले भने नदी किनारा र अन्य सम्भावित स्थानमा बिरुवा हैन ठूला रुख नै रोप्ने कार्यक्रम घोषणा गरेका थिए। हेर्नुस् लिङ्क

4. महानगरपालिकाभित्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरू जस्तैः स्वयम्भू, पशुपतिनाथ, बौद्ध, वसन्तपुरलगायतका स्थानमा द्रूतगतिको निःशुल्क वाइफाइ क्षेत्र बनाउने।

5. बाटो विस्तार पीडित समुदायसँग वार्ता गरेर जनभावना अनुसार समस्या समाधान गर्ने।

6. ‘साइकल सिटी महानगर’ को कार्ययोजना प्रारम्भ गर्ने।

7. महानगर योजना आयोग गठन गरेर काम सुरु गर्ने।

8. महानगरपालिकाको आफ्नै पूर्वाधार कमिटी गठन गर्ने।

9. विभिन्न क्षेत्रमा लगानी गर्न महानगरपालिकाको आफ्नै लगानीमा कम्पनी स्थापना गर्ने।

10. महानगरपालिकाको नयाँ सांगठनिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन र परिचालन गर्ने।

11. महानगरपालिकाका सम्पूर्ण कार्यलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इ–गभर्नेन्स प्रणाली सुरु गर्ने र सम्पूर्ण कार्यकक्षमा सिसिटिभी जडान गर्ने।

12. प्रत्येक युवालाई कुनै न कुनै खेल, शारीरिक व्यायाम, व्यावसायिक तालिम, हस्तकला, ललितकला, प्रविधिलगायत विभिन्न रचनात्मक काममा
आबद्ध गराउने गरी कार्यक्रम ल्याउने।

13. समयसापेक्ष रोजगारीमूलक वातावरण सिर्जना गर्ने र युवाका लागि अनलाइन रोजगार सूचना केन्द्र सुरु गरिने छ।

14. खेलकूद क्षेत्रका विषेश प्रतिभा र योगदान गर्नेहरूलाई नियमित सहयोग गर्न पुरस्कार तथा प्रोत्साहनका लागि अक्षय कोष स्थापना गर्ने।

15. नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर महानगरका संवेदनशील स्थलहरूमा सिसिटिभी जडान गर्ने काम सुरु गर्ने।

16. स्वयम्भू, बौद्ध, पशुपति र वसन्तपुरलगायतका धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय महत्वका सम्पदा क्षेत्रको विकास र प्रवद्र्धनका लागि विशेष योजना बनाएर काम सुरु गर्ने।

17. सार्वजनिक–निजी साझेदारीकोे नीति अवलम्बन गर्ने।

18. विभिन्न ठाउँमा जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको “मिनी असन बजार” सञ्चालनका लागि अध्ययन गर्ने।

19. भित्री शहरको हरेक ५०० मिटरमा र बाहिरी शहरमा आवश्यकता अनुसार सार्वजनिक–निजी साझेदारीकोे ढाँचामा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अगाडि बढाउने। त्यस्ता सेन्टरमा महिला, अपाङ्गता भएका व्यक्ति, वृद्ध, बालबालिकामैत्री, डिजिटल सूचना पाटी, शौचालय, डिजिटल सुझाब संकलन डेस्क, तौल नाप्ने (वेटिङ) मेसिन, रिचार्ज कार्ड, चार्जर, फ्रि वाइफाइको व्यवस्था गरिनेछ।

20. धर्मपथमा रहेको पुरानो काठमाडौँ महानगरपालिकाको जग्गामा पूर्वस्वीकृत नक्सा अनुसार भवन निर्माण सुरु गर्ने।

21. महानगरपालिकाका करदाताको सुविधाका लागि बचत स्मार्ट कार्डको व्यवस्था गर्ने।

22. महानगरबाट सञ्चालित चःमति, मनोहरालगायतका स्थानमा अवरुद्ध ल्याण्डपुलिङको काम यथाशिघ्र सम्पन्न गर्ने।

23. “घरघरमा अचम्मको सियो र गज्जबको चुलो” कार्यक्रम सञ्चालन गर्ने।

24. मेलम्ची आयोजनालगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधिको प्रयोग गरेर धुलो र खाडलरहित सडक निर्माण गर्ने।

25. “सही समय सही ठाम, नो ट्राफिक जाम” को अभियान सुरु गर्ने।

26. बाटामा थुपारिएका निर्माण सामग्री हटाउने।

27. हाल पेन्डिगमा रहेका मुद्दालाई १०० दिनभित्र टुंग्याउने।

28. प्रत्येक वडामा विषयगत दक्षतासहितको महानगर स्वयंसेवक घोषणा गरी परिचालन गर्ने।

29. प्रत्येक घरमा अनिवार्य बर्खेपानी संकलनको अभियान सुरु गर्ने, संकलनबाट बढी भएको पानी भूमिगत जल भण्डारण गर्ने अभियान थाल्ने।

30. घर–घरमा अत्याधुनिक प्रविधियुक्त (थोरै जग्गामा पनि जडान गर्न सकिने) सेप्टीट्याङ्की जडानको अभियान सुरु गर्ने।

31. चोभारदेखि हिमाल सिमेन्ट कारखानासम्मको जग्गामा नेपाल सरकारसँग समन्वय गरी बाल मनोरञ्जन, चलचित्रकर्मी र नेपाल उद्योग वाणिज्य महासङ्घका सहकार्यमा बृहद् प्रदर्शनी केन्द्र निर्माणको पहल गर्ने।

32. “भोकरहित जनता शोकरहित महानगर” का लागि सुपथ मूल्यको मेयर फुड पार्लर खोल्ने प्रक्रिया आरम्भ गर्ने।

33. राष्ट्रिय सभागृहमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने।

34. राजस्व अध्ययन बोर्ड बनाएर अनुसन्धान अध्ययन थाल्ने।

35. काठमाडौँका बारेमा जानकारी दिने मोबाइल एप्स सुरु गर्ने।

36. स्मार्ट भर्टिकल कार पार्किङ नीति निर्धारण गरी कार्यान्वयन गर्ने।

37. महानगरका विशेष स्थानमा भेइकल फ्रि जोन घोषणा गर्ने।

38. “काठमाडौँ महानगर झिलिक्क ः घरघर टिलिक्क” अभियान थाल्ने। सरकारी सार्वजनिक भवनमा रङ्गरोगन गर्ने।

39. धरहरा प्रिमिसेसको गुरुयोजना बनाएर कार्यान्वयन गर्ने।

40. महानगरपालिकाले स्थानीय समुदायको जनसहभागितामा काष्ठमण्डपको पुनर्निर्माण गर्ने।

41. सम्पदा पुनर्निर्माणमा जनसहभागितामा विल्ड ब्याक बेटर अवधारणा अनुसार कार्यान्वयन गर्ने।

42. भूकम्पले नष्ट गरेका र असुरक्षित घरहरूको पुनर्निर्माणका लागि राज्यले व्यवस्था गरेको अनुदान र सहुलियत ऋण प्राप्तिका लागि सहजीकरण गर्ने।

43. नदी किनारमा रहेका मठमन्दिरको संरक्षणसहितको बागमती, विष्णुमती र रुद्रमती संग्रहालय निर्माणको प्रक्रिया थाल्ने।

44. महानगर र गोकर्णेश्वरको समन्वय÷सहकार्यमा “तारेभिर परियोजना” को प्रक्रिया अगाडि बढाउने।

45. टोखा नगरपालिकासँग समन्वय÷सहकार्य गरेर टोखाका सांस्कृतिक सम्पदा संरक्षण, प्रवद्र्धन एवं झोरस्थित बाणेश्वर “वाटर फल पार्क” बनाउन प्रक्रिया अगाडि बढाउने।

46. ललितपुर महानगर र गोदावरी नगरसँग समन्वय गरी हाल ललितपुर महानगरपालिकामा भएका शिल्पकारहरूको “नयाँ ललितपत्तनम्” नामको आर्ट एण्ड क्राप्ट निर्माण प्रक्रिया सुरु गर्ने।

47. काठमाडौँको भित्री शहरका दक्षिणी भेगको “क्वःने” को ऐतिहासिक क्षेत्रलाई आवश्यक प्रक्रिया पूरा गरी जीवन्त संग्रहालय (लाइभ म्युजियम) घोषणा गर्ने।

48. पुरातात्विक मापदण्ड अनुसार रानीपोखरीको पुनर्निर्माण तत्काल सुचारु गर्ने।

49. ऐतिहासिक दरबार हाइस्कूल पुनस्र्थापनाका लागि सार्वजनिक वहस गरी काम सञ्चालन गर्ने।

50. इन्टरनेसनल आर्ट र कल्चरल हब बनाउन सुरु गर्ने।

51. भद्रकाली मन्दिर र परिसरको विस्तृत परियोजनाका लागि सर्वेक्षण गर्ने।

52. अध्ययन भइसकेको हनुमानढोका क्षेत्रमा पहिले रहेको प्रहरी कार्यालय परिसरलाई विशेष सांस्कृतिक क्षेत्रको रूपमा परिमार्जन गरी निर्माणकार्य आरम्भ गर्ने।

53. निश्चित समय तालिका अनुसार यातायात सञ्चालन गर्न अपाङ्ग, बालबालिकामैत्री शौचालय सुविधासहितको बस सेवा सुरु गर्र्नेे।

54. कार पार्किङ मलको नीति बनाएर काम सुरु गर्ने।

55. “जञ्जालमुक्त सडक सञ्जाल” कार्ययोजना सुरु गर्ने।

56. निर्माणाधीन चक्रपथ विस्तारको काम यथाशिघ्र सम्पन्न गर्न प्रभावकारी पहल गर्ने।

57. भक्तपुरको हनुमन्तेदखि कटवाल दहसम्म बागमती किनारहुँदै केवल बसको सम्भाव्यता अध्ययन सुरु गर्ने।

58. सम्पूर्ण ट्राफिक लाइट मर्मत गरेर सुचारु गर्ने।

59. ‘क्लिन द सिटी’ अभियानको प्रारम्भ धुँवाधूलो न्यून गरेर ‘नो माक्स सिटी’ को अभियानबाट सञ्चालन गर्ने।

60. पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी गोठाटारमा रहेको बालुवा खानीलाई व्यवस्थापन गरी “पाशुपत सरोवर” निर्माणका लागि पहल गर्ने।

61. काठमाडौँलाई प्लाष्टिकमुक्त बनाउन प्लाष्टिकका सामग्री व्यवस्थितरूपमा जम्मा गरेर राखेवापत महानगरपालिकाले किन्ने व्यवस्था गर्ने। कुहिने फोहरबाट जैविक मल उत्पादनका लागि महानगरपालिकाले अनुदान दिने र किन्ने व्यवस्थासमेत गर्ने।

62. शहरको सुन्दरता र दुर्घटना न्यूनीकरणका लागि अव्यवस्थित पोल तथा तारहरूको उचित व्यवस्थापनका लागि आवश्यक खाका तयार गर्ने।

63. ज्येष्ठ नागरिकका लागि घरघरमा निःशुल्क सेवाका लागि महानगरपालिकाका स्वयंसेवक परिचालन गर्ने।

64. विपन्न, असहाय र विभिन्न कारणले बिचल्लीमा परेका नागरिकलाई उच्च प्राथमिकतामा राख्दै आवश्यकता अनुसार आवास, स्वास्थ्य उपचार तथा परिवारसँग समन्वय गरी तत्काल उद्धारकार्य सुरु गर्ने।

65. राज्यको लगानी वा विभिन्न संघ–संस्थाबाट सञ्चालित, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, असहाय तथा अपाङ्गता भएका नागरिक संरक्षण केन्द्रको गुणस्तरवृद्धिका लागि अनुगमन गर्ने।

66. महानगरपालिका, सम्बन्धित व्यवसायीको परिवार र संघसंस्थाको समेत साझेदारीमा शहरको तरकारी बजार, कल कारखाना, शिक्षण केन्द्र, स्वास्थ्य केन्द्रनजिकै “शिशु स्याहार र बाल विकास केन्द्र” सुचारु गर्ने।

67. महानगरलाई दुव्र्यशनमुक्त शहर बनाउन रोकथाम र निर्मूल पार्ने योजना बनाएर काम सुरु गर्ने।

68. सेवानिवृत्त कर्मचारीका साथै ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्दै उहाँहरूको ज्ञान, सीप एवं अनुभवलाई जीवन्त राख्न दिवा सेवासहितको क्लब, मनोरञ्जन केन्द्र, स्वास्थ्य क्लब, जिम केन्द्र÷व्यायाम÷योगा केन्द्र, पुस्तकालय, स्वास्थ्य केन्द्र आदि सहितको सुविधासम्पन्न एकीकृत सेवा प्रदान गर्ने गरी भौतिक पूर्वाधारको व्यवस्था मिलाउने।

69. ‘हेल्लो मेयर क्विक रेस्पोन्स’ कार्यक्रम सञ्चालन गर्ने।

70. महानगरका सरकारी र सार्वजनिक ठाउँहरूलाई ‘बाउन्ड्रीलेस गार्डेन’ का रूपमा विकास गर्ने।

71. घर निर्माण सम्पन्न प्रमाणपत्र एक महिना भित्र प्रदान गर्ने।

72. महानगरपालिका भवन निर्माणको काम सुरु गर्ने।

73. नेपाललाई संसारको उत्कृष्ट सबै मौसममा क्रिकेट खेल्न मिल्ने स्थल बनाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहल गर्ने।

74. प्रेम दिवसलगायत अन्य विभिन्न दिवसको अवसर पारेर युवा जोडीलाई रचनात्मक काममा सहभागी गराउँदै सफा, सुन्दर, स्वच्छ र हरियालीसहितको नगर निर्माण गर्न विरुवा, फलफूल वा फूलहरू रोप्ने व्यवस्था मिलाउने।

75. छाडा जीवजन्तु तथा फोहोर मैलालगायत समस्या तत्काल समाधान गर्ने।

76. घरबाट निस्केको कुहिने फोहोर व्यवस्थापन गरेर जैविक मल बनाउने प्लान्ट राख्ने अनिवार्य व्यवस्था गर्ने। त्यसका लागि महानगरले प्राविधिक सीप र प्रविधिका लागि अनुदान दिने।

77. महानगरभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रलाई जोड्ने ‘सम्पदा–मार्ग’ को पूर्वघोषित कार्यक्रममा आवश्यक परिमार्जन गरी भ्रमण प्याकेजसहित दक्ष पथप्रर्दशकसहितको सुविधासम्पन्न टुरिष्ट बस सञ्चालन गर्ने।

78. काठमाडौँ महानगर र चन्द्रागिरी नगरपालिकाको सहकार्यमा सटल बसको व्यवस्थासहितको सहिद स्मृति पार्क र पृथ्वीनारायण स्मृति सङ्ग्रहालयसहितको युवा पार्क निर्माण गर्ने।

79. तिनकुनेको जग्गाको समस्या समाधान गरी अत्याधुनिक पार्क निर्माण गर्न सुरु गर्ने।

80. अपाङ्गतामैत्री पार्क निर्माणको काम सुरु गर्ने।

81. “कौसी खेती तथा गार्डेन ः घरघरमा जैविक तरकारी खेती” का लागि आवश्यक बाकस, मल, प्लाष्टिक टनेलसहितको प्रविधिका लागि प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गर्ने। न्यून शुल्कमा विरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने।

82. अव्यवस्थित र असुरक्षित भविष्यका कारण जीवनदेखिको निराशाका कारण बढ्दो मानसिक समस्याहरू रोकथाम र उपचारका लागि उचित प्रवन्ध गर्ने।

83. हिंसापीडित महिलाको तत्काल उद्धार र पुनव्र्यवस्थापन गर्ने।

84. तरकारी, फलफूल र खाद्यान्नमा विषादिको प्रयोग नियन्त्रणका लागि परीक्षण गर्ने व्यवस्था मिलाउने

85. राजधानी महानगरलाई देशका सबै नेपालीको साझा ‘मैत्रीनगर’ को रूपमा विकास गर्न सात वटै प्रदेशका लागि “प्रदेश भवन” निर्माणका लागि प्रक्रिया थाल्ने।

86. पुरानो बसपार्कमा प्रस्तावित काठमाडौँ टावर निर्माणका सम्बन्धमा जनभावनाको कदर गर्दै काम सुरु गर्ने।

87. महानगरभित्रका सबै होलसेल बजारलाई यातायात सुविधासहित व्यवस्थित गर्ने।

88. गोंगबुँ बसपार्कको गुरुयोजनालाई परिमार्जनसहित अगाडि बढाउने।

89. स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न साना तथा घरेलु, मझौलास्तरका उद्योग, व्यापार–व्यवसायहरूको लगत संकलन गरी कार्ययोजना अगाडि बढाउने।

90. परम्परागत शिल्पी तथा व्यवसायमा आबद्ध नागरिकलाई आधुनिक प्रविधि एवं पुँजीनिर्माणमा सहजीकरण गर्ने।

91. मझौला तथा साना व्यवसाय सुरु गर्नेहरूलाई लगानीमैत्री विनियमहरू बनाउन सुरु गर्ने।

92. बागबजारमा रहेको भक्तपुर बसपार्कको नयाँ व्यवस्थापन गर्ने।

93. होम एड्रेसिङ प्रणालीलाई व्यवस्थित गर्ने।

94. डेरामा बस्ने नागरिकका लागि आवासको व्यवस्थापनलाई सहज, सहुलियतपूर्ण, स्वच्छ, स्वस्थ र सुरक्षित बनाउन आचारसंहिता लागू गर्ने।

95. भूकम्पप्रतिरोधी भवन निर्माणका लागि महानगरपालिकाले निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउन कार्यविधि तयार गर्ने।

96. ‘काठमाडौँ स्मार्ट सिटिजन कार्ड’ कार्यक्रम लागू गर्न कार्यदल गठन गरी यथाशिघ्र काम सुरु गर्ने।

97. हाइड्रोजन फ्युलको सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न विज्ञ समूह गठन गरी कार्यारम्भ गर्ने।

98. स्मार्ट सिटीको पूर्वाधारका लागि चाहिने महानगर बोर्डब्याङ्क को स्थापना गरी काम थाल्ने।

99. पत्रकारहरूका लागि सम्पूर्ण व्यावसायिक सुविधासहितको सञ्चार केन्द्रको कार्ययोजना सुरु गर्ने।

100. चौबिस घण्टे “जीवन्त शहर” को योजना बनाउने।

101. महानगर मातहतका हरेक कार्यालयलाई आधुनिक, चुस्त, जनमैत्रीका साथै प्रविधिमैत्री कार्यालयको रूपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाउने।

4 thoughts on “मेयरको वाचामाथि निगरानी : भदौ २२ सम्म विद्यासुन्दर शाक्यले गर्नुपर्ने १०१ काम”

  1. Niroj Maharjan says:
    June 4, 2017 at 5:13 pm

    81. “कौसी खेती तथा गार्डेन ः घरघरमा जैविक तरकारी खेती” का लागि आवश्यक बाकस, मल, प्लाष्टिक टनेलसहितको प्रविधिका लागि प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गर्ने। न्यून शुल्कमा विरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने।”

    कौसी खेति ?? हा हा हा , हुन त काठमाडौँमा खाली जग्गा कति नै बाकी छ र .

    यो नै हाम्रो लागि ज्वलन्त उदारहण भैदियो. तसर्थ अरू स्थानीय निकायहरुले
    जग्गा प्लोतिंग लाई निरुत्साहित गरी कृषि भुमि को सम्रक्षन गर्नुपछ ताकी भविस्य मा यस्तो निर्णय गर्न नपरोस …….

    Reply
  2. Mahendra says:
    June 2, 2017 at 4:02 am

    Unless you remove your dirty red towel from your chair and look like a smart person with modern manners, you will make no difference. Can you first discard towel culture in offices?

    Item 75 in things to do list. Not only uncontrolled pet animals to be controlled, but also focus on uncontrolled sexual activities in hotels and lodges, cabin restaurants and public places.

    Reply
  3. मोहन says:
    June 1, 2017 at 12:50 pm

    यो त चुनाब जित्ने नारा मात्र रहे छ |

    Reply
  4. Mahesh says:
    June 1, 2017 at 12:21 pm

    गरे हुन्छ भनेर आशा जगाउनु भयो, हाम्रो साथ छ तपाईं लाही.
    काठमाडौँ लगाएत पुरै देश बिकाश होस् सबै को चाहना पनि यहि नै त हो नि. गुड लक् !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme