Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कति छन् विदेशका काम गर्ने नेपाली र नेपालमा वर्क परमिट लिई काम गर्ने विदेशीहरु?

Posted on May 30, 2017May 30, 2018 by Salokya

अर्थमन्त्री डा. युवराज खतिवडाले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४/७५ मा रोजगारी सम्बन्धी केही तथ्याङ्क यस्ता छन्-

    • नेपालको जनसंख्या संरचना अनुसार प्रतिवर्ष करिब ५ लाख व्यक्ति श्रम बजारमा थपिने गरेका छन्।
    • हाल करिब ४३ लाख युवा ‍औपचारिक र अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा गएका छन्। त्यसरी जाने मध्ये १.५ प्रतिशत मात्र दक्ष छन्। अर्धदक्ष २५ प्रतिशत छ भने सबैभन्दा ठूलो संख्या अदक्षको ७४/६ प्रतिशत छ।

  • संस्थागत रुपमा ११० वटा देशहरुलाई वैदेशिक रोजगारीका लागि खुला। व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि भने १६७ भन्दा बढी देश खुला।
  • बेरोजगारी दर २.३ प्रतिशत। अर्ध बेरोजगारी दर ३० प्रतिशत। युवा अर्धबेरोजगारी दर ३५.८ प्रतिशत।
  • दैनिक करिब एक हजार नेपाली युवा रोजगारीका लागि विदेशिने गरेका छन्।
  • नेपालमा वर्क परमिट लिई काम गर्ने विदेशी नागरिकको संख्या यो आर्थिक वर्षको ८ महिनामा १ हजार ३५ जना छन्। गएको वर्ष भने १ हजार २४५ थियो। यो वर्ष ५८८ जनाको वर्क परमिट रिन्यु गरिएको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme