Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समृद्धिका लागि सरकारले खोज्यो परमाणु र अन्तरिक्ष विज्ञान प्रविधिका विज्ञ, तीन महिना भयो निवेदनै परेन

Posted on May 30, 2017May 30, 2018 by Salokya

यो सरकारको नारा समृद्ध नेपाल सुखी नेपाली हो भन्ने त तपाईँहरुलाई थाहै होला। यो नाराबाट छिमेकी देशका प्रधानमन्त्री मोदीसमेत प्रभावित छन्। उनले पटक पटक यो नारा आफ्नो भाषणमा उल्लेख गरे नेपाल आएका बेला अनि उतै दिल्लीमा हुँदा पनि। समृद्धि हासिल गर्न सरकारले  विभिन्न क्षेत्रका विषयगत विज्ञहरु राखेर राष्ट्रिय सल्लाहकार समिति बनाएको छ। त्यसमा चार वटा प्रविधिमा विज्ञ सदस्यहरु आवश्यक परेको सरकारले गोरखापत्रमा सूचना छापेर आवेदन दिन आऊ है भनेर आह्वान गरेको छ। विषयहरु छन्- जैविक प्रविधि, परमाणु विज्ञान प्रविधि, अन्तरिक्ष विज्ञान प्रविधि र सूक्ष्म विज्ञान प्रविधि। 

परमाणु विज्ञान प्रविधि र अन्तरिक्ष विज्ञान प्रविधिका विज्ञहरु चाहिँ नेपालमा सुन्दै अचम्म लाग्ने रहेछ। सूचना अनुसार यी सबै समितिमा नेपाल सरकारले विज्ञ सदस्य मनोनीत गरिसकेका रहेछन्। उनीहरुको पदावधि तीन वर्ष तोकिएकोमा समय सकिएको रहेछ।

को कसलाई नियुक्त गरिएको थियो कुन्नि। अहिले भने सरकारले खुला रुपमा निवेदन दिन आह्वानै गरेको छ। तर गएको फागुन महिनादेखि निवेदनका लागि आह्वान गरे पनि कसैको नपरेकोले त होला सरकार सूचना छापेको छाप्यै छ।

हेर्नुस् जेठ ११ गतेको सूचना

यो चाहिँ वैशाखमा प्रकाशित सूचना। त्यसमा ३० दिन भित्र अर्थात् जेठ ७ गतेसम्म आवेदन दिन भनिएको थियो। तर कसैको परेन।

त्यसभन्दा अगाडि गएको फागुनमा प्रकाशित सूचना। त्यसमा चैत १५ सम्म आवेदन दिन भनिएको थियो। तर कसैको परेन।

डिस्क्लेमर : यो सूचना चाहिँ यहाँ निःशुल्क छापिएको हो है, सरकारले जति विज्ञापन दिँदा पनि विज्ञहरुले आवेदन नदिएको भएर यसो ब्लग पढेर स्वदेश वा विदेशका कसैले आवेदन दिइहाल्लान् कि भनेर। सरकारको विज्ञ भएको भनेर बायोडेटामा लेख्न पाउनु पनि ठूलो कुरा हैन र। 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme