Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारी एजेन्सीले यसरी गर्‍यो मतगणनामा भोट संख्याको हिनामिना

Posted on May 28, 2017May 29, 2017 by Salokya

पहिलो चरणको निर्वाचनमा मतदान भएको १४ दिनपछि काठमाडौँ महानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भयो। मुख्य निर्वाचन अधिकृतले घोषणा गरे काठमाडौँ महानगरको कुल मतदाता संख्या दुई लाख ७९ हजार ३०६ रहेकोमा एक लाख ९७ हजार २२७ मत खसेको थियो। तर सरकारी समाचार एजेन्सी रासस यति हचुवा हुन गयो कि अस्ति १० घण्टामा काठमाडौँ महानगरपालिकामा खसेको भोटको संख्या एक्कासी १७ हजार ३१७ वटा बढाइदियो। तर उसले केही दिनदेखि ठोकुवा गर्दै आएको खसेको मतको संख्या आज सार्वजनिक भएको वास्तविक खसेको मत संख्याभन्दा साढे २४ हजारले बढी रहेछ।

यो शुक्रबार बिहान १० बजेर ८ मिनेटमा राससले दिएको समाचार हो। यो समाचारमा १ लाख ७२ हजार ६८३ भोट खसेको भनिएको छ। अनि एक लाख ६७ हजार १४१ भोट गनिसकेको पनि भनिएको छ। अर्थात् पाँच हजारभन्दा कम भोट गन्न बाँकी। तर शुक्रबार दिनभर त के शनिबार दिनभर र रातभर पनि काठमाडौँको अन्तिम मत परिणाम आएन।

अब हेर्नुस् त्यही राससले राति साढे ८ बजे दिएको समाचारमा भने महानगरपालिकामा १ लाख ९० हजार मत खसेको भनेर लेखेको छ। बिहान १० बजे १ लाख ७२ हजार ६८३ भोट खसेको भन्ने अनि १० घण्टामै १७ हजार ३१७ वटा भोट बढ्ने? यस्तो कसरी हुन्छ? तर भयो। न राससले माफी माग्यो, न स्पष्टीकरण नै दियो।

रातिको समाचारमा १ लाख ७५ हजार ७२२ मतगणना भइसकेको भनिएको थियो। बिहान भने खसेको भोट नै १ लाख ७२ हजार ६८३ मात्र भनिएको थियो। खसेको भन्दा बढी मत गनेको समाचार लेख्दा पनि भूल सुधार गर्नुपर्ने महसूस भएन सरकारी समाचार एजेन्सी राससलाई !

एकचोटी मात्र त्यसो लेखेको भए पो, जेठ ११ मा पनि राससले लेखेको समाचारमा खसेको भोट  १ लाख ७२ हजार ६८३ भनेर किटानै गरेको थियो-

तर निर्वाचनको परिणाम घोषणा भएको दिन भने लाजै नमानी कूल खसेको मत संख्या यस्तो लेखिएको छ। यसो गर्दा पुरानो तथ्याङ्क गलत भएको उल्लेखसमेत गरिएको छैन। 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme