Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रञ्जुले पाएको भोट व्यक्तिको कि पार्टीको? विवेकशीलको वडाध्यक्ष उम्मेदवारले कति पाए भोट?

Posted on May 29, 2017 by Salokya

काठमाडौँ महानगरपालिकाको मेयरमा विवेकशील नेपाली पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले कसैले सोच्दै नसोचेको मत ल्याइन्। २३ हजार ७३९ भोटका साथ उनी तेस्रो स्थानमा रहिन्। साझा पार्टीका उम्मेदवार सक्षम, अनुभवी र पाको भन्दै उनका विरुद्ध पूर्व सचिव किशोर थापालाई खडा गरेर सामाजिक सञ्जालमा त्यही अनुसारको क्याम्पेनिङ गरे पनि आखिरमा ५ हजारभन्दा बढी मतले उनले किशोरलाई पछाडि पारिन्। रञ्जु र किशोरले पाएको मतले बेस नबनाइसकेका पार्टीहरुले भोट राम्रै ल्याए पनि जितका लागि त्यो अपुग हुने देखाएको छ। अघिल्लो संविधानसभामै चुनाव लडिसकेको विवेकशीलले यस पटक रञ्जुलाई उठाएर दीर्घकालीन रणनीतिको लागि राम्रै ‘एक्सपेरिमेन्ट’ गरेको छ। रञ्जुले पाएको भोट व्यक्तिको कि पार्टीको? विवेकशील पार्टी वडाको तहमा जाँदा कति लोकप्रिय छ त? त्यो थाहा पाउन वडामा उसले उठाएका वडाअध्यक्षहरुले पाएको मत हेरौँ।

यी हुन् वडा नम्बर ७ का वडा अध्यक्ष उम्मेदवार दीपकुमार विष्ट। उनले जम्मा ८२ भोट पाए। त्यहाँ उठेका सबै दलहरु पछि उनको स्थान थियो

यी हुन् वडा नम्बर ३२ को वडा अध्यक्ष उम्मेदवार सुवास पराजुली। यिनले पाएको भोट हो ९२। यहाँ पनि पाँच वटा प्रमुख दलका उम्मेदवार पछि उनको स्थान आएको थियो

 

काठमाडौँ महानगरपालिकाभित्र वडा अध्यक्षका लागि उम्मेदवार बनेका यी हुन् सागर लुइँटेल। वडा नम्बर ६ मा प्रतिस्पर्धामा उत्रिएका यिनले २०६ मत पाए। यहाँ भने नेकपा माले भन्दा बढी भोट उनले ल्याए। तर पनि उनी प्रमुख पाँच दलले ल्याएको मतसंख्या भन्दा पछाडि नै रहे।

र यी हुन् सबैभन्दा विवेकशीलका वडाअध्यक्ष मध्ये सबैभन्दा सफल उम्मेदवार अमृत राज वैद्य। उनले पाएको भोट संख्या ३३८ हो। तर यहाँ उनले प्रमुख पाँच दलमध्ये राप्रपा, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालका उम्मेदवारभन्दा बढी भोट ल्याएर तेस्रो स्थानमा रहन सफल भएका छन्।

एक ठाउँ बाहेक कतै पनि विवेकशीलले स्थापित प्रमुख पाँच दलका उम्मेदवारलाई चुनौति दिन नसकेकोले यो दलले स्थानीय स्तरमा जरो गाड्न नसकेको देखाएको छ। एक त उसले सबै ३२ वडामा उम्मेदवार नै उठाउन सकेन। अर्को, निर्वाचन आयोगले दलको मान्यता नदिएका कारण उनीहरु स्वतन्त्र उम्मेदवारका रुपमा उठ्नु पर्‍यो, जसका कारण चुनाव चिह्न फरक फरक पर्न गयो। रञ्जुले ल्याएको मत दलीय हिसाबमा आएको भए पक्कै पनि यी वडाहरुमा वडाध्यक्षको हालत यति नराम्रो हुने थिएन।  पूरै पार्टी पंक्ति र समर्थक इस्टकोट चुनाव चिह्नको प्रचारमा जुटेका कारण पनि अरु वडाध्यक्षका उम्मेदवारहरुको चुनाव चिह्नको प्रचार भएन।

स्थानीय स्तरमा संगठन दरिलो भइनसकेकाले आगामी प्रदेश र केन्द्रको चुनावमा पनि विवेकशील र साझाले जित्ने सम्भावना देखिँदैन। उनीहरुले कुनै उम्मेदवारको भोट भने मज्जाले काटिदिन सक्ने गरी खतराको घण्टी देखाइदिन चाहिँ सक्छन्। यद्यपि आगामी चुनावमा समानुपातिक निर्वाचन प्रणाली पनि हुने भएकोले काठमाडौँ महानगरपालिकाको चुनावमा जस्तै लहर देशका अन्य भागबाट पनि ल्याउन सके केही सिट जित्ने सम्भावना छैन भन्न सकिन्न।

 

3 thoughts on “रञ्जुले पाएको भोट व्यक्तिको कि पार्टीको? विवेकशीलको वडाध्यक्ष उम्मेदवारले कति पाए भोट?”

  1. Sonu says:
    May 31, 2017 at 11:37 pm

    Ranju le payeko vote party ko. Last election ma Bibeksheel = kukur symbol. This time everyone thought Bibeksheel = Istakot. So Vote only went to Istakot and not other symbols.

    Secondly, in all media only Ranju was highlighted.

    If Bibeksheel wants to do something and be permanent, then they should register as a party and get a firm (one) symbol for every election. Then people will know which symbol to vote for.

    Reply
  2. GP says:
    May 29, 2017 at 9:31 am

    फेसबुकमा केटिको फोटोलाइ लाइक देको जस्तो लागो मलाइ त यी दर्शनाले पाएको मत….

    Reply
  3. samir says:
    May 29, 2017 at 6:53 am

    रन्जुको त प्रचार भयो, वडा उमेरदारको हकमा , धेरै लाई थाहा नाई भयन , पार्टी को १तै चुनाब चिन्ह नहुदा पनि गार्हो भयो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme