Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ महानगरपालिकाको मेयरमा उठेर एक भोट मात्रै ल्याउने भगवान गिरी, दुई अङ्क कटाउन नसक्ने १७ उम्मेदवार

Posted on May 28, 2017 by Salokya

भोट गन्न थालेको १४ दिनपछि काठमाडौँ महानगरपालिकाको मतगणनाको परिणाम सार्वजनिक भएको छ। अपेक्षा अनुसार नै सुरुदेखि नै लिड गरिरहेका एमालेका विद्यासुन्दर शाक्य मेयर र नेपाली कांग्रेसका हरिप्रभा खड्गी उपमेयर निर्वाचित भएका छन्। मेयरमा कडा टक्कर दिने ठानिएका नेपाली कांग्रेसका राजुराज जोशी भने कमजोर साबित भए। उनी साढे १९ हजारभन्दा बढी भोटले पराजित भए। नयाँ पार्टीमा कसले बढी मत ल्याउला भनी पनि यो निर्वाचन चासोको विषय बनेको थियो। यसमा साझा पार्टीलाई विवेकशील नेपालीले पछाडि पारेको छ। मेयरमा २८ जना उम्मेदवार थिए। जित्ने विद्यासुन्दरले ६४ हजार ९१३ भोट ल्याउँदा हार्ने भगवान गिरीले १ भोट मात्रै ल्याए। 

माओवादी ७ हजार भोटका साथ पाँचौँमा रह्यो भने नयाँ शक्ति ६ हजार भोटका साथ छैटौँमा। यी दुवै पार्टीले भोट संख्या चार अंक कटाउन सकेनन्।

पाँच उम्मेदवारले तीन अङ्कको भोट संख्या कटाउन सकेनन् भने १७ उम्मेदवार दुई अङ्कको मत संख्यामा सीमिति भए।

हेर्नुस् कसले कति ल्याए

विद्या सुन्‍दर शाक्‍य एमाले 64913
राजु राज जोशी नेपाली काँग्रेस 45269
रन्‍जु न्‍यौपाने विवेकशील नेपाली दल 23739
किशोर थापा स्वतन्त्र 18496
सर्वोत्तम दास डंगोल माओवादी केन्द्र 7906
पवित्र बज्राचार्य नयाँ शक्ति पार्टी, नेपाल 6050
कुल नारायण डंगोल नेपाल मजदुर किसान पार्टी 266
गोर्की प्रसाद श्रेष्ठ स्वतन्त्र 164
उषा कुमारी टिवरेवाला माले 149
निर्मल कुमार थापा राष्ट्रिय जनमोर्चा 131
शिव हरि रिजाल मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) 118
बच्पन राज श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) 67
अमोत महर्जन स्वतन्त्र 43
दिनेश शाहि स्वतन्त्र 42
लक्ष्मी प्रसाद भण्डारी स्वतन्त्र 36
सुशिला वेघा स्वतन्त्र 36
डव बहादुर गर्वुजा पुन मगर राष्ट्रिय जनमुक्ति पार्टी 35
नवराज कार्की स्वतन्त्र 21
भरत बहादुर बिशुराल स्वतन्त्र 19
विदुर प्रसाद घिमिरे चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल 19
नेत्र बहादुर लिम्बु स्वतन्त्र 15
अनिल मान श्रेष्‍ठ स्वतन्त्र 13
ज्ञानु लामा तामाङ स्वतन्त्र 13
पुरुषोत्तम दंगाल स्वतन्त्र 10
सुरेन्‍द्र प्रसाद ढकाल देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा 8
राधा बेलवासे स्वतन्त्र 6
विनोद कुमार क्षेत्री (के.सी) स्वतन्त्र 5
भगवान गिरी स्वतन्त्र 1

4 thoughts on “काठमाडौँ महानगरपालिकाको मेयरमा उठेर एक भोट मात्रै ल्याउने भगवान गिरी, दुई अङ्क कटाउन नसक्ने १७ उम्मेदवार”

  1. sujan maharjan says:
    May 31, 2017 at 3:15 am

    “डव बहादुर गर्वुजा पुन मगर” हैत !!! कति लामो नाम हो !!!!

    Reply
  2. बासु says:
    May 28, 2017 at 6:45 pm

    हैट, बेकारमा निर्वाचन आयोग र मतदाताहरुलाई दुख दिएर | खुच्चिङ्ग!

    Reply
  3. Ramesh Dahal says:
    May 28, 2017 at 4:42 pm

    यो १ ल्याउनेलाई त आफन्त (छोराछोरी, श्रीमती, बाबुआमा) ले पनि पत्याएनछन् ।

    Reply
  4. सन्त मान श्रेष्ठ says:
    May 28, 2017 at 1:13 pm

    रन्जु न्यौपानेलाई बधाई छ । यति पुराना पाटीको पछि पछि लाग्न सकेेकोमा । बिजय हुने पाटीको स्थापना भएको अनुपातमा यिनीको भविष्य उज्वल देखिन्छ । हिम्मत नहारी अघि बढ्नु पर्छ भन्ने सल्लाह दिन्छु ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme