Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जननेताको नामको पदकको व्यापार : नयाँ शाही परिवारको शैली र रुपमा

Posted on May 27, 2017 by सूर्य खड्का

सामान्यतः पिताको नामको तक्मा पुत्रीद्वयले पाउनु वा माताले दिनु मात्रै चाहि पक्कै कुनै आश्चर्यको कुरा भएन। तर राजासहितको बहुदलीय प्रजातन्त्रको रक्षार्थ लड्दा लडदै वैरीहरुद्धारा अप्रत्याशति रुपमा रहस्यमयी रुपमा मारिएका उनै जननेता मदन भण्डारीको नामको तक्मा नवौं गणतन्त्र दिवसका अवसरमा प्राप्त गर्न लायक पात्र उषाकिरण र निशाकुशुम मात्रै योग्य हुनु चाहि शायद शाह राजा र राजपरिवारको बदला भण्डारी राजा खलकको उदय भएको सन्देश नै हो। मदन भण्डारी विद्यादेवी भण्डारीका पति मात्रै थिए वा उषाकिरण र निशाकुशुमका पिता मात्रै थिए भने त्यो अलग विषय बन्थ्यो। तर यहाँ त जननेताको नामको पदकको व्यापार भाको छ नयाँ शाही परिवारको शैली र रुपमा। जननेता मदन भण्डारीको नाम जोडिएको नेपाल रत्न विभुषण प्राप्त गर्ने योग्यता के हो आम नागरिकका लागि? पैतृक योग्यता हो वा वंशजका आधारमा मिल्ने गणतान्त्रिक तक्मा हो यो ? संभवतः यो उत्तर नदिए पनि अनिवार्य रुपमा उत्तर दिनै पर्ने सवाल हो, नारायणहिटीलाई प्रतिस्थापित गरेको भनिएको गणतन्त्रको धरोहर मानिएको शीतल निवास मुख्यालयले।

राष्ट्रपतिको काम, मदन भण्डारीको नाम र छोरीहरुलाई इनाम। प्रस्तुत फोटोले यो एक सामान्य खबर सन्देश मात्रै बोकेको छैन, बरु दिएको छ त इतिहासको बयान। यो शुक्रबार साढे २ सय बढीले पाएका विभिन्न थरीका तक्माजस्तो एक औपचारिक खबर मात्रै होइन। किनभने यो तक्माको रचना, सम्मान र समर्पण नेपाली वाम आन्दोलनका नवीन विचारक स्व. मदनकुमार भण्डारीसँग जोडिएको छ।

मदन भण्डारी को हुन् भनेर यहाँ चर्चा गरिराख्नु आवश्यक छैन किनभने उनी आफैमा एक कहिल्यै नअस्ताउने नेपाली राजनीतिक आकाशका जाज्वल्यमान तारा हुन्। नेकपा एमालेले उनलाई आफ्नो पार्टीको बपौति ठाने पनि जननेता मदन भण्डारी एमालेभन्दा माथिका नेपाली वाम विचारक हुन्।

परम्परागत नेपाली वाम आन्दोलनलाई प्रजातान्त्रिकरण गर्ने एक आधुनिक नेपाली कार्ल मार्क्स हुन्, प्रसिद्ध अमेरिकी म्यागेजिन न्यूजविककै शव्दमा। नयाँ शक्तिको रचना गर्दा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जननेता मदनद्धारा प्रतिपादित नेपाली वाम क्रान्तिको नयाँ सैद्धान्तिक मौलिक नेपाली मोडल जनताको बहुदलीय जनवादको नीति पनि सापटी लिएको तथा १० वर्षे हिसात्मक जनयुद्ध तत्कालीन माओवादीले शान्ति वार्तामार्फत् बिसाएर हाल जनताका मतसँग सत्ता साटेकै प्रसंगहरु नै मदन महिमा पुष्टि गर्न काफी प्रसंग छन्, हुन्।

सरकार नियन्त्रित समाचार संस्था राससद्धारा प्रेषित तस्वीरको क्याप्सनमा नै उल्लेख छ कि नेपाल रत्न विभुषण हो यो, मरणोपरान्त दिइएको मदन भण्डारीलाई। र, त्यो विभुषणले सम्मानित भैरहेका छन् मदन भण्डारीका २ छोरीहरु उषाकिरण भण्डारी र निशाकुशुम भण्डारी। आम मान्छेका रुपमा यो सामान्य खबर झैं लागे पनि यो अलिक विशिष्ट महत्वकै तस्वीर खबर हो।

किनकि लोक जान्दछ कि जननेता मदन भण्डारीकी जीवन संगिनी हुन् बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी। उनीहरुका २ सन्तान हुन् उषाकिरण र निशा कुशुम। सामान्यतः पिताको नामको तक्मा पुत्रीद्वयले पाउनु वा माताले दिनु मात्रै चाहि पक्कै कुनै आश्चर्यको कुरा भएन।

तर राजासहितको बहुदलीय प्रजातन्त्रको रक्षार्थ लड्दा लडदै वैरीहरुद्धारा अप्रत्याशति रुपमा रहस्यमयी रुपमा मारिएका उनै जननेता मदन भण्डारीको नामको तक्मा नवौं गणतन्त्र दिवसका अवसरमा प्राप्त गर्न लायक पात्र उषाकिरण र निशाकुशुम मात्रै योग्य हुनु चाहि शायद शाह राजा र राजपरिवारको बदला भण्डारी राजा खलकको उदय भएको सन्देश नै हो।

मदन भण्डारी विद्यादेवी भण्डारीका पति मात्रै थिए वा उषाकिरण र निशाकुशुमका पिता मात्रै थिए भने त्यो अलग विषय बन्थ्यो। तर यहाँ त जननेताको नामको पदकको व्यापार भाको छ नयाँ शाही परिवारको शैली र रुपमा। जननेता मदन भण्डारीको नाम जोडिएको नेपाल रत्न विभुषण प्राप्त गर्ने योग्यता के हो आम नागरिकका लागि? पैतृक योग्यता हो वा वंशजका आधारमा मिल्ने गणतान्त्रिक तक्मा हो यो ? संभवतः यो उत्तर नदिए पनि अनिवार्य रुपमा उत्तर दिनै पर्ने सवाल हो, नारायणहिटीलाई प्रतिस्थापित गरेको भनिएको गणतन्त्रको धरोहर मानिएको शीतल निवास मुख्यालयले।

२४० वर्षको नेपाली सभ्यताको प्रतिक राजसंस्थाले हिजो कुन कुन पदक वा तक्मा के का आधारमा क-कसलाई दिन्थ्यो भन्ने गणतन्त्रका ९ वर्षसम्म नेपालीले थाहा पाएका छैनन्। राजाका पालाका तक्मा संस्कृतिको विरोध र आलोचना गर्नेहरुले पनि त्यसको सच्चाई सार्वजनिक गरेका छैनन्। किन ?
तर कथित नयाँ नेपालमा फेरि सोही शाही परम्पराको नयाँ रुपका शाही तक्माहरु के कस्ता मापदण्ड र कार्यविधि अनुसार वितरण भैरहेका हुन् र उषाकिरण तथा निशाकुशुम मात्रै त्यसका एकल हकदार किन र कसरी के के योगदानका आधारमा भए भन्ने पनि स्पष्ट छैन।

यदि शाही राजपरम्परा गलत थियो भने किन त्यही परम्परालाई यहाँ सक्कल बमोजिम नक्कल सदर गरिदैछ? होइन त्यो सही राजकीय शाही परम्परा थियो भने के यो गणतान्त्रिक तक्मा विभुषण पनि परिवारका सदस्यले मात्रै पाउने खालको नयाँ गणतान्त्रिक विभुषण मात्रै हो त? जनता जान्न मात्रै चाहन्छन्, सम्माननीय राष्टपतिको कार्यालयले यसबारे लोकलाई जानकारी दिनै पर्छ।

यहाँ सम्मानित पात्रद्वय उषाकिरण र निशा कुशुमको ईर्ष्या वा डाह गरिएको छैन, होइन। कुनै पनि जोड र कोणबाट यी पंत्तिको नियत उनीहरुको सम्मानमा चोट र खोट पुरयाउने अभिप्रायद्धारा यी शव्द बुनिएको होइन।

तर राजतन्त्रभन्दा उन्नत, पारदर्शी र लोककल्याणकारी भनिएको बहुदलीय शासन सहितको यो संघीय गणतन्त्र नेपालमा मदन भण्डारी जस्ता सगरमाथा सरहका अग्ला इतिहास पुरुषहरुको नामसँगका सम्मानहरुलाई किन पार्टी वा परिवारका सदस्यको पुर्खौली सम्पतिका रुपमा सीमित गर्ने कुचेष्टा भएको होला? यो वृहत चासो र चिन्तन अनि बहसको विषय हो र बनाइनु नै पर्छ।

नेपाली गणतन्त्रका ९ वर्ष जननेता मदन भण्डारीले देख्न, भोग्न नपाए पनि विद्यादेवी अर्थात मदन पत्नीले गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति हुन पाइन्। यो जन्मजात एक साम्यवादी नेता मदनको अकालमा हतया गरिएको आत्माको चीर शान्तिका लागि सुखानुभुतिकै सवाल होला।

तर जब गणतन्त्रान्त्रिक प्रजातन्त्र वा लोकतन्त्र यदि भनिने गरेको राजा महाराजहरुको शासन भन्दा उम्दा, उदार र पारदर्शी हो भने किन जननेता मदनसँग जोडिएका मान, सम्मान र इनामहरुको पारदर्शी खुल्लाखुल्ला अर्पण वा समर्पण नगरेर एक्कासी दिएपछि मात्रै लोकले थाहा पाउँछ त ? के यही शैली, संस्कार र परम्परा थियो र जननेता भण्डारीको नेपाली क्रान्तिको मौलिक कार्यक्रम जनताको बहुदलीय जनवादको कार्यनीतिक अभ्यासको तौर तरीका र आकांक्षा ?

यो सम्मानका एकल हकदार उषाकिरण र निशाकुशुम मात्रै हुन्थे भने पनि यो तथ्यको विधि, थिति र योग्यता वा छनौटका बारेमा सिफारिश गर्ने तालुकदार मन्त्रालय वा सरकारी अड्डाहरुले स्पष्ट पारेको भए के बिग्रन्थ्यो त? सम्मानित उषाकिरण र निशाकुशुम भैरहदा अपमानित जननेता मदनको आत्मा, स्वाभिमान र उनको सादा जीवन उच्च विचारको शैली र संस्कारको खिल्ली उडाउने दुष्प्रयाश त भैरहेको छैन? मदनको नाममा एनजिओ चलाएर रातारात सडकछाप एमाले कमरेडहरु आलिसन महल र चिल्ला गाडीमा नयाँ राजा बने जस्तै अब उनै मदनका नाममा पुरस्कार खेती पो गर्न थालिएको हो कि राष्ट्रपति कार्यालयबाट? यसले मदनको अपमान वा तिरस्कार त भैरहेको छ की छैन ? पुरस्कार पाउनेलाई, दिनेलाई भन्दा देख्ने लोकवासीलाई लाज लाग्दो र प्रश्नहरुको बाढी लाग्ने यक्ष सवाल यत्ति हो।

मुरीमुरी बधाई नै छ, उषाकिरण र निशाकुशुमलाई,जसले पिताको न्यानो माया वालाख कालमा नपाएर पनि पिताको नामको मान सम्मान पाए पिता बिनाका २४ वर्षपछि। लाख लाख धन्यवाद छ विद्यादेवी भण्डारीलाई जसले जननेता पतिदेवको रहस्यमय हत्यकाण्डका वावजुद पनि गणतन्त्र नेपालको राष्टप्रमुख भएर पतिकै नाममा यो स्तरको मान सम्मानको वितरण गर्ने दुर्लभ युगिन अवसर पाइन्। व्यक्तिगत र भावनात्मक रुपमा नै पनि भण्डारी परिवारका लागि यस पुण्य कामका लागि बधाई जति नै दिए पनि अपुग नै होला।

तर जसरी अब जननेता मदन एमालेका पूर्व महासचिव मात्रै होईन्न, उषाकिरण र निशाकुशुम पनि विद्यादेवीका कोखका सन्तान मात्रै होइनन्। उनीहरु राष्ट्राध्यक्षका परिवार हुन्। विद्यादेवीका हर कदममा जनताको नजर हुन्छ भने त्यसमा परिवारवादको छनक आउनु निश्चयनै दुखद विडम्वना नै हो। यदि यसै हो भने अब २०४६ को परिवर्तनका महानायक लौह पुरुष वीर गणेशमानका नामका पुरस्कारहरु प्रकाशमान सिंहले मात्रै पाउनु पर्‍यो। जननायक विपी वा गिरीजाप्रसादसंग नाम जोडिएका मानसम्मान कोइराला खान्दान इतर पुग्नु भएन। के हाम्रो गणतन्त्र यही मानेमा नयाँ र पृथक हुने हो त ? राष्टपति कार्यालयको जवाफ चाह्न्छि यस्ता मसिना लाग्ने गहन सवालहरुमा। चाहिन्न र ?

एकथान राजालाई गैर प्रजातान्त्रिक विधिद्धारा मुढे बलले विस्थापित गरेकै भरमा देश ९ वर्षे गणतन्त्रमा पुगे पनि यो व्यवस्था परिवर्तनले आम जनताको जीवन दैनिकीको अवस्थामा २० को १९ नपारेको जति तितो सत्य हो, मदनको नामको पुरस्कार उनका छोरीहरुप्रति समर्पित गरिएको यो सवाल पनि भेष बदलिएका नयाँ राजाको नयाँ पदक पजँनी नै हो । खबरदार यस्ता अपारदर्शी कदमले मदनको उचाई र गणतन्त्रको जनपक्षिय सच्चाईलाई फिक्का नबनाओस, जनजनको खातीरदारी त यति नै हो । होईन र ?

जे होस पुनः वधाई उषाकिरण र निशाकुशुमलाई जसले नेपाली वाम क्रान्तिको प्रजातान्त्रिकरणकत्र्ता एकजना महान नेताको नामको इनामद्धारा विभुषित हुने अवसर पाएकोमा । यो सम्मानले मदनका अधुरा सपनाहरु पुरा गर्न उषाकिरण र निशाकुशुमलाई सदा प्रेरणा, उर्जा र हौसला मिलिरहोस । पुनः मुरी मुरी वधाई ।

9 thoughts on “जननेताको नामको पदकको व्यापार : नयाँ शाही परिवारको शैली र रुपमा”

  1. राजन says:
    May 28, 2017 at 5:00 pm

    अष्टम कक्षा उत्रिण लाई राष्ट्रपती बनाउने अनी यो भन्दा कती बौद्दीकताको आशा गर्ने ?

    Reply
  2. Sunil, London says:
    May 28, 2017 at 4:57 pm

    धेरै राम्रो, तर राष्ट्रपति का पुत्री द्वय ले मात्र पाएर भएन नि !!! राष्ट्रपति आफैले पनि आफ्नै हात बाट एउटा पदक लिएको भए विश्वमा नै एउटा नया कुरा हुन्थ्यो कि ? गिनिस बुक मा नै नाम आउथ्यो होला !!!! तर एउटा कमि भयो ! राष्ट्रपतिका खान पकाउने , भाडा माझ्ने लाई पनि पदक प्रदान गरिदिएको भए राष्ट्रपति र देशकै गरिमा बढ्ने थियो कि ?

    Reply
  3. Bel Bahadur Gurung says:
    May 28, 2017 at 11:45 am

    मदन भण्डारी लाई दिएयेको पुरस्कार छोरी ले थापेका हुन् छोरीहरुले पाएका होइनन/

    Reply
  4. ramzi says:
    May 28, 2017 at 9:47 am

    घरेलु पदक वितरण समाहरो.

    Reply
  5. sandip-sharma says:
    May 27, 2017 at 11:35 pm

    उषाकिरण र निशाकुशुम नेपाल रत्न विभुषण प्राप्त गर्ने योग्यता के हो ? पैतृक योग्यता हो वा वंशजका आधारमा मिल्ने गणतान्त्रिक तक्मा हो यो ? उत्तर अनिवार्य रुपमा उत्तर दिनै पर्ने सवाल हो,/ तक्मा कै बेइज्जत ………….

    Reply
  6. yamuna niroula says:
    May 27, 2017 at 10:38 pm

    बिद्या भण्डारी ले आफै निर्णय गरेको जस्तो लेखेर हुञ्छ त, i यो सबै प्रचण्ड को काम हो,,,,,,,,,,,,,,,,,,,,,,उप राष्ट्र पति को छोरा ले बहुतै ठुलो कम गरेछन वावावा
    ,,उनलाई पो नेपाल रत्न दिनु पर्थ्यो हाहाहा

    Reply
    1. Salokya says:
      May 28, 2017 at 9:52 am

      यो ओली सरकारको पालामा भएको निर्णय हो। विस्तृत यहाँ हेर्नुस् http://www.mysansar.com/2016/05/23368/

      Reply
  7. Shankar says:
    May 27, 2017 at 5:51 pm

    मदन भण्डारी टयाउ ट्याउ गर्ने बाजे थ्यो , उसो त मोड नाथ प्रश्रित , लिलामणि को भासण पनि खतरा हुन्थ्यो , बाचेको भए लिलामणि बा मोदनाथ जस्तै हुन्थ्यो कि ?
    एमाले ले मदन भण्डारीको मृत्यु लाइ क्यास गर्यो र बिद्याभंदारिले आसुको मूल्य होल सेल मै पाइन् |
    फटाह बाहुन ले राज्गरेको देश मा यो प्रचंदेलाई पनि त् लेनिन , मावो भन्दा ठुलो भनेर हल्ला गर्या थे, पथ नै खोलेको थ्यो , आज छोरीलाई गिरिजा ले जस्तै हात तानेर माथि लेउदैछ |
    भासण र हल्ला ले मात्र देश बन्दैन , यो फटाह बाहुनहरू , र पंचायत देखि का नेपालि राजनीतिका घुन हरु देउवा , महत , कमले थापा , गच्छेदार , महन्त ठाकुर , राजेन्द्र महतो , उपेन्द्र यादब जस्तालाई लाखाटर कुलमान जस्ता लाइ नेपालि राजनीति मा न ल्याए सम्म देश बन्दैन |

    Reply
  8. psl says:
    May 27, 2017 at 4:50 pm

    Shamelessness

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme