Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजीनामा दिएपछि बल्ल प्रधानमन्त्री र प्रधानन्यायाधीश एकै ठाउँमा, भोटो जात्राले जुरायो संयोग

Posted on May 26, 2017May 26, 2017 by Salokya


प्रधानन्यायाधीश र प्रधानमन्त्री/सभामुखलाई एकअर्काको मुखै हेर्न मन नलागे जस्तो गरी एक जना हुने कार्यक्रममा अर्को उपस्थित नहुने गरी जात्रा गरेको देखेर बरु केटाकेटीले झैँ ‘कट्टी’ घोषणै गरे भो नि भनी तीन दिन अघिमात्रै ब्लग लेखेको थिएँ। पढ्नुस् यहाँ क्लिक गरी यो बीचमा प्रधानमन्त्रीले बुधबार राजीनामा दिए। राजीनामा दिएपछि भने प्रधानन्यायाधीश सुशीला कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल एकै ठाउँमा उपस्थित भएको हेर्न पाइयो। संयोग जुराएको थियो भोटोजात्राले। भोटोजात्रा नभएको भए बिहीबार आइजी मुद्दाको सुनुवाई हुँदैथियो। सार्वजनिक विदा भएकोले कुनै पेशी भएन।

भोटोजात्रामा एउटा हेर्दै रमाइलो के देखियो भने यस पटक जननिर्वाचित मेयर र उपमेयर पनि सँगै थिए। मेयर चिरिबाबु महर्जन राष्ट्रपतिको दायाँ उभिएका छन् भने उपमेयर गीता सत्याल बायाँ। निर्वाचित मेयर र उपमेयरले राष्ट्रपतिलाई स्वागत गरेका थिए।

अनि अर्को रमाइलो चाहिँ राष्ट्रपतिलाई सम्मानका साथ उनी उभिएको ठाउँमा राखिएको रातो कार्पेट।

View post on imgur.com


यसअघि प्रधान न्यायाधीश र प्रधानमन्त्री एक अर्कालाई छल्ने गर्थे।  सोमबार राष्ट्रपति भवनमा महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको शपथ ग्रहण प्रधान न्यायाधीशले गराउनु पर्ने थियो। तर महाभियोगपछि सर्वोच्चको अन्तरिम आदेशले निलम्बन फुकुवा भएका प्रधान न्यायाधीश सुशीला कार्की कार्यक्रममा गइनन्। सन्चो नभएको भन्दै कार्यक्रममा अनुपस्थित भएपछि उनको ठाउँमा कार्यवाहक प्रधान न्यायाधीशका रुपमा गोपाल पराजुलीले राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा अख्तियार प्रमुख दीप बस्न्यात र महालेखा परीक्षक टङ्कमणि शर्मालाई शपथ खुवाएका थिए।

वैशाख २६ गते कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले गर्ने कार्यक्रममा यसअघि प्रधानमन्त्री र सभामुख उपस्थित हुने गर्थे। यस पटक भने न प्रधानमन्त्री गए, न सभामुख। दुवैलाई निम्तो थियो। तर दुवैले टारे।

यसको सुरुवात भने प्रधान न्यायाधीशबाटै भएको थियो। वैशाख २५ गते साँझ उपप्रधानमन्त्रीका रुपमा विजयकुमार गच्छदारले शपथ लिँदा प्रधान न्यायाधीश उपस्थित थिएनन्। राष्ट्रपति कार्यालयमा हुने शपथ कार्यक्रममा न्यायपालिका प्रमुख पनि उपस्थित हुने प्रचलन थियो तर त्यो तोडियो।

1 thought on “राजीनामा दिएपछि बल्ल प्रधानमन्त्री र प्रधानन्यायाधीश एकै ठाउँमा, भोटो जात्राले जुरायो संयोग”

  1. राम बाबु श्रेष्ठ says:
    May 31, 2017 at 9:04 am

    चाकडी नै गर्नु छ त गाडी देखि नै जहाँ जहाँ राष्ट्रपति जाने हो रातो कार्पेट ओछ्याएको भए अझ खुसि हुन्थ्यो होला । यस्तो त राजालाई पनि अहिलेसम्म गरेको थाहा छैन । गणतान्त्रिक राजा नै हो कि राष्ट्रपति पनि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme