Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चमत्कार नभए काठमाडौँको मेयर सूर्यबाट विद्यासुन्दर, उपमेयर रुखबाट हरिप्रभा निश्चित

Posted on May 25, 2017May 26, 2017 by Salokya


काठमाडौँ महानगरपालिकाको मतगणनामा कुनै त्यस्तो रोमाञ्चक मोड आएन। सुरुदेखि नै अगाडि अगाडि दौडिरहेका विद्यासुन्दर शाक्यले महानगरपालिकाको मेयरमा एमालेको झण्डा गाड्ने निश्चित भएको छ। बुधबार उनले आफ्ना प्रतिस्पर्धी कांग्रेसका राजुराज जोशीसितको दूरी अझ बढाएका छन्। विद्याका अगाडि राजु कमजोर प्रतिस्पर्धी साबित भएका छन्। उपमेयरमा भने ठीक उल्टो एमाले-राप्रपा गठबन्धन उम्मेदवार राजाराम श्रेष्ठ भन्दा धेरै अगाडि कांग्रेसकी हरिप्रभा खड्गी छिन्। अब बाँकी रहेका ३२ हजार मतमध्ये चमत्कार भएमात्र राजु र राजारामको विजय हुने गणितीय सम्भावना छ। व्यवहारिक हिसाबमा त्यो सम्भव देखिँदैन। दिनमा १६ हजार जति मत गनिने भएकोले गणनामा अवरोध नआए शुक्रबार महानगरपालिकाले नयाँ मेयर र उपमेयर पाउन सक्छ।

उपमेयरमा बुधबार रातिसम्मको मतगणना परिणाम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme