Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सात दिनको ट्रेन्ड : यसरी अघि बढ्दैछन् विद्यासुन्दर शाक्य काठमाडौँको मेयरको कुर्सीमा

Posted on May 24, 2017 by Salokya


काठमाडौँको मेयरको कुर्सीको दौडमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य सबैभन्दा अगाडि छन्। उनले कांग्रेस उम्मेदवार राजुराज जोशीसँगको दूरी बढाउँदै लगेका छन्। कांग्रेसले वडाध्यक्ष जितेका ठाउँबाट पनि मेयरमा सोचे जस्तो मत नआएको र जेठ १ गते मतगणना सुरु भएदेखि अहिलेसम्म एक दिन पनि अग्रता कायम गर्न नसकेको देख्दा अब उनी पराजय उन्मुख देखिन्छ। मात्र घोषणाको औपचारिकता बाँकी रहेको छ।

कूल खसेको मत १ लाख ७२ हजार ६८३ रहेकोमा मंगलबार रातिसम्म १ लाख २४ हजार ७५७ मत गनिएको छ। अझै ४७ हजार ९२६ मत गन्न बाँकी छ। जेठ ८ गते बल्ल मत गन्ने काम ५० प्रतिशत सकिएको थियो।

काठमाडौँमा ३२ वडाका १६२ जना निर्वाचित हुनुपर्नेमा मंंगलबारसम्म १४ वडाका ७० जना मात्र निर्वाचित भएका छन्।

यही जेठ १ गतेदेखि भएको मतगणनामा वडा नं १, २, ३, ५, १९, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० वडाको मतगणना सकिएको छ। परिणामअनुुसार सात/सातवटा वडामा नेपाली काँग्रेस र नेकपा (एमाले)का जनप्रतिनिधि निर्वाचित भएका छन्।

काँग्रेसका ५, १९, २५, २६ २८, २९ र ३० मा र एमालेका १, २, ३, २२, २३, २४ र २७ वडामा विजयी भएका छन्। अझै १८ वटा वडाका जनप्रतिनिधि निर्वाचित हुन बाँकी छ।

राष्ट्रिय सभागृहमा १३ स्थानमा मत गन्ने काम भइरहेको छ। दैनिक चौबिसै घन्टा गणना गरे पनि मतपत्र ठूलो भएकाले मतगणनामा ढिलाइ भएको हो। ठूलो मतपत्रका कारण एउटा मतपत्र गणना गर्न कम्तीमा तीन मिनेट लाग्ने गरेको छ। बिहान ७ देखि साँझ ६ बजेसम्म एक समूह र साँझ ६ देखि बिहान ६ बजेसम्म अर्को समूहले मतगणना गरिरहेका छन्। अहिले दैनिक १५ देखि २० हजार मतगणना हुने गरेको छ।

1 thought on “सात दिनको ट्रेन्ड : यसरी अघि बढ्दैछन् विद्यासुन्दर शाक्य काठमाडौँको मेयरको कुर्सीमा”

  1. विमल says:
    May 24, 2017 at 9:02 am

    भनेछी उखाने ओली सरको सालो विद्या शहरपति हुने निश्चित| अर्को विद्या हाम्री राष्ट्रपति छिन, सबैलाई थाहा भएकै हो| लखपति र करोडपति कती छन कती| अनगन्ती|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme