Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

साझा पार्टीले ललितपुर मेयरमा ल्याएको मत जम्मा १४?

Posted on May 24, 2017May 24, 2017 by Salokya


मतदान भएको नौ दिनपछि बल्ल एउटा महानगरको परिणाम सार्वजनिक भयो। ३२६ मतको अन्तरले नेपाली कांग्रेसका चिरिबाबु महर्जन एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई पराजित गर्दै मेयर निर्वाचित भए। पत्रकार रवीन्द्र मिश्रले बीबीसी छाडेर खोलेको साझा पार्टीका उम्मेदवारले ललितपुरमा कति भोट ल्याए भनेर धेरैलाई चासो होला। जम्मा १४ मत भन्दा पत्यार नलाग्ला। तर के गर्नु, निर्वाचन अधिकृतको हस्ताक्षर र छापसहितको कागजमा त्यही लेखिएको छ। साँच्चै १४ मत मात्रै ल्याएको हो त? हैन। अनि कसरी यस्तो भयो त?


ठूलो पारी हेर्न फोटोमा क्लिक गर्नुस्।

खासमा साझा पार्टीको क्यामेरा चिह्नले ल्याएको मत १३ हजार ४५८ थियो। तर निद्राले चूर भएका कर्मचारीले टाइप गर्दा माथि तल गरिदिएछन्। त्यो मत गयो लसुनको मुठा चुनाव चिह्न भएको विष्णुबहादुर बस्नेतको नाममा।

नौ नौ दिनदेखि एकोहोरो मत गन्ने काममा लागेकाहरुले थाकेर बिगारिदिएछन्। एउटाको मत अर्कैकोमा पारिदिएछन्। निर्वाचन अधिकृत पनि निद्रामा थिए कि कसो, साइन ठोकिदिएछन्।  मत गन्दा नै यस्तो त गरेनन् होला भन्ने आशा गरौँ।

कागजमा यस्तो लेखिए पनि निर्वाचित भएको प्रमाणपत्र दिने क्रममा वाचन गर्दा भने क्यामेराको मत सही नै पढिएको थियो।

उपप्रमुखमा कसले कति मत ल्याए?

कुन वडामा कसले जिते ?

1 thought on “साझा पार्टीले ललितपुर मेयरमा ल्याएको मत जम्मा १४?”

  1. राजन says:
    May 24, 2017 at 2:51 pm

    यसपल्ट राप्रपाको पत्ता साफ भएको खुब मन पर्यो ।
    समानुपातिक नहुने हो भने संसदबाट पनी पत्ता साफ हुन्थ्यो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme