Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आइक्यु सच्याउनुस्, नेपालको राष्ट्रिय खेल डन्डिबियो हैन, भलिबल- आजै सरकारले मान्यता दिएको

Posted on May 22, 2017May 23, 2017 by Salokya


हाजिर जवाफमा नेपालको राष्ट्रिय खेल के हो भनेर सोध्दा डण्डिबियो भन्दा ‘ठीक’ भन्दै नम्बर पाए जस्तो लाग्छ होला तपाईँलाई। अझै पनि त्यस्तो लाग्छ भने तपाईँको आइक्यु तुरुन्त सच्याइहाल्नुस्। सरकारले आजैदेखि राष्ट्रिय खेलको रुपमा भलिबललाई मान्यता दिएको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिने निर्णय गरेको हो।

खासमा कुन खेललाई राष्ट्रिय खेल बनाउने भनेर बहस केही वर्षअघिदेखि नै चलिरहेको हो। तीन वर्षअघि १५ दिनको म्याद राखेर युवा तथा खेलकुद मन्त्रालयले कुन खेललाई राष्ट्रिय खेल बनाउँदा ठीक होला भनी सुझावसमेत मागेको थियो।

यसबारे ब्लग लेख्दा तपाईँहरुले फुटबल र क्रिकेट, गल्फमात्र हैन, खुट्टा तान्ने खेल, ह्वाग्रा, हात्ती पोलो, म्यारिज जस्ता सुझाव पनि आएका थिए। हेरौँ यहाँ।

तर अन्य सब सुझावलाई लत्याउँदै भलिबल बन्न पुग्यो राष्ट्रिय खेल। राष्ट्रिय खेलको मापदण्ड यस्तो रैछ-

खेलकुद क्षेत्रको समस्त वस्तुस्थिति बुझ्ने रे (कसरी होला कुन्नि)
सम्बन्धित साहित्यिक अध्ययन (कथा कवितामा खोज्ने होलान् कि)
राष्ट्रिय एकता तथा अखण्डतालाई पनि बलियो बनाउने

भलिबलले राष्ट्रिय एकता तथा अखण्डता बलियो बनाएको भनेर बुझ्नुपर्ने भो अब त्यसो भए। लौ त्यसो भए अब भलिबल खेलौँ राष्ट्रिय एकता र अखण्डता बलियो बनाऔँ।

राजपा र एमालेबीच भलिबल प्रतियोगिता आयोजना गरेर राष्ट्रिय एकता बलियो बनाए कसो होला? नाइँ नाइँ सुझाव पो त, किन रिसाइहाल्नुपर्ने।

[स्पष्टिकरण : यहाँ विषयवस्तु भन्दा पनि आइक्यु लेखिएकोमा धेरैलाई चासो भएछ। आइक्यु व्यङ्ग्यात्मक रुपमा लेखिएको हो, कस्तो नबुझ्नुभएको! पूरै ब्लग व्यङ्ग्यात्मक पारामा भएकोले हेडलाइन पनि व्यङ्ग्यात्मक बनाउन आइक्यु लेखिएको हो के, कति सिरियस बन्नुभाको तपाईँहरु 🙂 ]

11 thoughts on “आइक्यु सच्याउनुस्, नेपालको राष्ट्रिय खेल डन्डिबियो हैन, भलिबल- आजै सरकारले मान्यता दिएको”

  1. pradhan says:
    May 23, 2017 at 6:55 pm

    आइ क्यु साई क्यु थाहा छैन तर मेरो लागि लाज मर्दो त नेपाल सरकारको के आफ्नो आधिकारिक ई मेल छैन? जुनै बेला पनि समस्या आउन सक्ने सित्तै मा पाएको gmail राखेको. लाज मर्दो///

    हैन के भएको नेपाल को सरकारी अधिकारी को बुद्दि? एउटा सरकाली आधिकारिक ई मेल समेत राख्न नसक्ने…..

    Reply
  2. HKgrg says:
    May 23, 2017 at 5:03 pm

    volleyball khelnu ta manche haru pani ali 6ft mathiko hunu paryo ni. Nepali height le pugla ra rastriya khel khelnu 😉

    Reply
  3. bibek dhakal says:
    May 23, 2017 at 2:11 pm

    मलाइ एकपटक एउटा बिदेशी ले तिमीहरुको देशको सबैभन्दा पपुलर खेल के हो भन्दा मैले भलिभल भनेको थिएँ जसको कारण नेपालको भौगोलिक अवस्था र खुल्ला जमिनको अभाव दिएको थिएँ. आज यो पढ्दा व्यंगात्मक भन्ने नै थाहा भएनी खुसि लाग्यो

    Reply
  4. ram bahadur says:
    May 23, 2017 at 10:02 am

    GK bhanna khojnu bhako IQ bhayecha…

    Reply
    1. Salokya says:
      May 23, 2017 at 10:30 am

      आइक्यु व्यङ्ग्यात्मक रुपमा लेखिएको हो, कस्तो नबुझ्नुभएको हो। पूरै ब्लग व्यङ्ग्यात्मक पारामा भएकोले हेडलाइन पनि व्यङ्ग्यात्मक बनाउन आइक्यु भनिएको हो। कति सिरियस हुनुभाको 😛

      Reply
      1. bibek dhakal says:
        May 23, 2017 at 2:07 pm

        तपाइले बचाउ गर्ने पर्दैन सालोक्य जी… यी अजासु हरुको लागि आइ क्यु भनेको गणितीय प्रश्न उत्त्तर मात्र हो. इन्लाई के थाहा ;
        ‘The many different kinds of IQ tests include a wide variety of item content. Some test items are visual, while many are verbal. Test items vary from being based on abstract-reasoning problems to concentrating on arithmetic, vocabulary, or general knowledge.”

        Reply
  5. Chyangba says:
    May 23, 2017 at 7:52 am

    IQ bhanne ki GK bhanne ho?

    Reply
  6. Abhiyan says:
    May 23, 2017 at 6:48 am

    IQ होइन, त्यसलाइ GK चैं भन्छन क्यारे हजुरले नि सच्चौनुस सर 😛

    Reply
  7. chandra says:
    May 23, 2017 at 6:47 am

    “आइक्यु” हैन “जी के” सच्च्यौनुस

    Reply
  8. Shankar says:
    May 23, 2017 at 2:16 am

    देश मा लोकप्रिय ”दलाली र चाप्स्लुसी” लाइ अथवा ”बाँदर नाच ”लाइ ,रास्ट्रिय खेल बनाउनु पर्ने | उल्टो परेछ |

    Reply
  9. Kopil Dahal says:
    May 23, 2017 at 2:12 am

    YO IQ hoina patrakar jyu. Yo GK ho. General Knowledge or Samanya Gyan.IQ and GK are two different things.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme