Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँमा कति मत गनियो? अब कति गन्न बाँकी? कहिले आउला पूर्ण रिजल्ट?

Posted on May 22, 2017 by Salokya


चुनाव वैशाख ३१ गते आइतबार भएको भए पनि मतगणना जेठ १ गतेदेखि मात्र सुरु भएकोले आइतबार सातौँ दिन थियो मतगणनाको। आइतबार रातिसम्म ८१ हजार १ सय ८० अर्थात् ४३ प्रतिशत मात्रै मत गनिएको छ। अर्थात् अझै ५७ प्रतिशत मत गन्न बाँकी छ। तर पछिल्लो समयमा एकै दिनमा धेरै ठाउँमा मत गन्ने क्रम जारी रहेकोले विवादका कारण नरोकिए यति मत गन्न जति दिन लागेको थियो, त्यति नलाग्ने देखिन्छ। कति लाग्ला त समय? यसो हिसाब गरौँ।

कुन दिन कति मत गनियो?

शुक्रबार र शनिबार झण्डै साढे १८ हजार मत एक दिनमा गनिएको थियो। तर आइतबार दिनभरमा झण्डै २५ हजार मत गनियो।

काठमाडौँमा कति मत खस्यो यकिन तथ्याङ्क निर्वाचन आयोगले दिएको छैन। तर २ लाखको हुने अनुमान रहेकोमा चार महानगरको करिब तथ्याङ्क सार्वजनिक गर्ने क्रममा करिब १ लाख ९० हजार मत खसेको आयोगले जनाएको छ।

यो हिसाबले अब पाँच दिनभित्र अर्थात् यही शुक्रबारभित्र काठमाडौँ महानगरपालिकाको पूर्ण परिणाम आइसक्नेछ।

1 thought on “काठमाडौँमा कति मत गनियो? अब कति गन्न बाँकी? कहिले आउला पूर्ण रिजल्ट?”

  1. अनुवल says:
    May 22, 2017 at 8:47 pm

    महेन्द्रको पालामा जताततै महेन्द्रबाणी भनेर तोरण पोस्टरहरु देखिन्थे–
    “अाजको कामलाई भोली नभन्नु”
    “…दश बर्षमा गर्ने काम हामीले एकै बर्षमा गर्नु पर्छ..”
    तर भयो ठीक विपरित| राजदरवारले समेत फलो गरेनन नीजी स्वार्थमा बाहेक| राज्धानीमा मेयरको मतगणना हेर्दा महेन्द्रवाणीको उल्टो फलो गर्ने परमपरा कायमै रहेको सावित हुन्छ|
    किन गणना गर्न यतिका ट्याम लागेको हो, राष्ट्रिय समयको वर्वादी| ब्यवस्थापन पूर्वनियोजित ढंगमा नभएर हो वा निर्वाचन आयोगको निकम्मपनले हो?
    खोइ किन हो अहिले सम्म कुनै पत्रकार, बुज्रुग,बुद्धिजीवी र खोस्टे राज्नीतीकर्मीहरुले यसबारे जोडदार आवाज उठाएका छैनन?

    Reply

Leave a Reply to अनुवल Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme