Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ महानगरपालिकाको ट्रेन्डले देखायो : मेयरमा सूर्य उदाउने, उपमेयरमा गाई दुब्लाएर रुख झ्याङ्गिने

Posted on May 22, 2017May 22, 2017 by Salokya

पाँच दिनको मतगणनाको ट्रेन्ड

देशका अरु महानगरपालिका भरतपुर र पोखरामा बेलाबेलामा विवाद उत्पन्न भइरहे पनि काठमाडौँ महानगरपालिकाको मतगणना भने आइतबार सातौँ दिन पनि जारी छ। आइतबार थप तीन वटा वडाको नतिजा आयो। तीन वटामै नेपाली कांग्रेस विजयी भयो। यति हुँदाहुँदै पनि मेयरमा सूर्य उदाइरहने ट्रेन्ड जारी रहेको मात्र हैन रुखसित मत अन्तरसमेत बढिरहेकोले आधाभन्दा बढी भोट गन्न बाँकी रहे पनि मेयरमा सूर्य उदाउने तर गठबन्धन गर्ने दल राप्रपाको गाई उपमेयरमा दुब्लाउने देखिएको छ।

अर्थात् नयाँ संविधान अन्तर्गत बढी अधिकारसहितको काठमाडौँ महानगरपालिकाको मेयरको हटसिटमा एमालेका विद्यासुन्दर शाक्य बस्ने तर उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी रहने अहिलेसम्मको ट्रेन्डले देखाउँछ। काठमाडौँ महानगरको स्थानीय सरकारमा एमालेले कांग्रेससँग मिल्नुपर्नेछ। स्थानीय संसद अर्थात् नगर सभामा सांसदहरु वडा अध्यक्षहरु हुनेछन्। ३२ वडाहरुमध्ये हालसम्म घोषित १, २ र २७ मा एमाले वडाअध्यक्षमा विजयी भएका छन् भने २८, २५, २६, २९ र ३० मा कांग्रेस। नगर कार्यपालिकामा स्थानीय सरकारको ‘मन्त्री’सरहको भएर विभिन्न विभागको जिम्मा लिएर काम गर्नेहरु पनि वडाअध्यक्षहरु नै हुनेछन्।

नजित्ने दुई नयाँ पार्टीका उम्मेदवारहरुमध्ये विवेकशीलकी रञ्जु दर्शनाको साझाका किशोर थापाभन्दा अग्रता कायम छ।

आजका तीन वडाको नतिजामा वडा नम्बर २६ मा वडाअध्यक्षबाहेक सबै सदस्य एमाले उम्मेदवार जिते। वडाध्यक्षमा नेपाली काँग्रेसका खेमराज तिवारी दुई हजार ९७ मत ल्याई विजयी भए।
निकट प्रतिस्पर्धी नेकपा (एमाले)का रवीन्द्र रिमालले एक हजार ८७३ मत पाए। खुल्ला वडा सदस्यमा कृष्ण रजक र तीर्थरात्री डङ्गोल, खुल्ला महिला सदस्यमा शान्ता गौतम र दलित महिला सदस्यमा निर्मला बोगटी चारैजना एमालेका उम्मेदवार हुन्।

२९ र ३० मा कांग्रेस प्यानल
काठमाडौँ महानगरपालिकाको २९ र ३० वडामा नेपाली काँग्रेसको पूरै प्यानल विजयी भए। वडा नं. २९ को वडाअध्यक्षमा कुश ढकाल एक हजार ५४५ मत ल्याई निर्वाचित भए। उनका निकट प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार शिवराज राजवंशीले एक हजार ४९१ मत ल्याए। खुला सदस्यमा अर्जुनबहादुर श्रेष्ठ, इन्द्र कर्मचार्य , महिला सदस्यमा सुशीला ढकाल र दलित महिला सदस्यमा सङ्गीता पूजारी निर्वाचित भए।

यसैगरी वडा नंं ३० को वडाअध्यक्षमा काङ्ग्रेसकै दलबहादुर कार्कीले २ हजार ३३१ मत ल्याई निर्वाचित भए। निकटतम प्रतिस्पर्धी एमालेका सृुरेन्द्र श्रेष्ठले एक हजार ३५७ मत ल्याए। वडाका सदस्यमा नीरज सत्याल, मनोज डङ्गोल, महिला सदस्यमा सीता तिवारी र दलित महिला सदस्यमा शर्मिला श्रेष्ठ महतो निर्वाचित भए।

२९ वडा विजयी


३० वडा विजयी।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme