Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पाँच दिनमा बल्ल यति सकियो मतगणना काठमाडौँ महानगरपालिकाको

Posted on May 20, 2017 by Salokya


वैशाख ३१ गते भएको निर्वाचनको मतगणना भोलिपल्ट जेठ १ गतेदेखि भयो। आज शुक्रबार पाँचौँ दिन। शुक्रबार राति १० बजेसम्म गनिसकेको र गन्न बाँकी मतको संख्या माथिको चार्टमा देख्नु नै भयो होला। आजसम्म ३८ हजार १८५ मत गनिएको छ। हिजो यो संख्या १९ हजार ७३८ मात्र थियो। अर्थात् २४ घण्टामा झण्डै साढे १८ हजार मत गनिएछ। यो हिजोअस्तिको तुलनामा प्रगति हो। आजदेखि १३ ठाउँमा पनि गन्न थालिएछ।

१० बजेसम्मको मत परिणाम अनुसार मेयरमा एमालेका विद्यासुन्दर शाक्य १२ हजार ६८३ मत, नेपाली काँग्रेसका राजुराज जोशी आठ हजार ७३१ मत। विवेकशील नेपाली दलका रञ्जु न्यौपाने पाँच हजार ६१ मत र साझा पार्टीका किशोर थापा तीन हजार ९०८ मत।

उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्गीले ११ हजार ५७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले छ हजार ७०३ मत।

आज वडा नम्बर २, २७ र २८ वडाको परिणाम आयो। २ र २७ मा एमाले वडाअध्यक्षमा विजयी भएका छन् भने २८ मा कांग्रेस। १ मा यसअघि नै एमाले विजयी भइसकेको छ। वडा नं ५, ६ र ७ को मतगणना गर्न आजदेखि थालिएको छ। यसअघि महानगरका वडा नं २ देखि ४ र वडा नं २५ देखि ३२ वडाका मत गनिएको थियो।
वडा नम्बर २ को विजय जुलुस।


वडा नम्बर २७ को विजय जुलुस।


वडा नम्बर २८ को विजय जुलुस।

कुन दिन के के ?

वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान।

वैशाख ३१ गते आइतबार राति मतगणना भएन। राति ८ बजे बल्ल ३२ वटै वडाका मतपेटिका गणनास्थल सभागृह ल्याइपुर्‍याइयो। राति नै मतगणना गर्नुपर्नेमा सर्वदलीय बैठक बस्न सकेन। भोलिपल्ट मात्र मतगणना गर्ने निर्वाचन अधिकृतले भनेपछि केहीले सभागृह बाहिर आजै मतदान गर्नुपर्ने भन्दै नाराबाजी गरे।

जेठ १ गते सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भनिए पनि बैठक बस्न ढिला भयो। १२ बजेपछि बल्ल वडा नम्बर १ को मतपेटिका खोलेर गन्न थालियो। विद्यासुन्दर शाक्यको सुरुवाती अग्रता। किशोर थापा र रञ्जु दर्शनाको मत उल्लेखनीय। एक ठाउँमा मात्र मतगणना। थोरै मत गन्दाको परिणामलाई आधार मानेर भारी विश्लेषणहरु सुरु।

जेठ २ गते मंगलबार मतगणना जारी। वडा नम्बर ३२ को पनि गन्न थालियो। दुई ठाउँमा मतगणना।

जेठ ३ गते बुधबार वडा नम्बर १ को मतपरिणाम आयो। एमाले विजयी। वडा नम्बर २, ३ र ३२ को गणना थालियो। ११ ठाउँमा ११ वडाको गन्ने तयारी भयो। राति १० बजेसम्म कूल ५९३६ मत गनियो। खसेको झण्डै दुई लाख मत। साँझ ६ बजेदेखि वडा नं २ देखि ४ सम्म र २५ देखि ३२ सम्मका वडाका मतपत्रहरुको गणना ११ ठाउँमा भयो। राति १० बजेसम्मको परिणाम एमाले उम्मेदवार विद्यासुन्दर शाक्य २२५२, नेपाली काँग्रेसका राजुराज जोशी ११८०,विवेकशील नेपाली दलका रञ्जु न्यौपाने ८९२, साझा पार्टीका किशोर थापा ६४१ मत। उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले १५५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले १२५८ मत।

जेठ ४ गते बिहीबार गणना जारी। ११ ठाउँमा गणना भएकोले आज कम्तिमा वडा २ र ३२ को परिणाम आउने आशा।

जेठ ४ गते बिहीबार राति १० बजेसम्म : वडा २ अध्यक्षमा एमाले विजयी भएको अनौपचारिक जानकारी आए पनि औपचारिक घोषणा हुन सकेन। १९ हजार ७३८ मतगणना भयो। अर्थात् आज १३ हजार ८ सय मत गनियो। प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य छ हजार ६४८। नेपाली काँग्रेसका राजुराज जोशी चार हजार २२७ मत। विवेकशील नेपाली दलका रञ्जु न्यौपाने दुई हजार ७५६ मत। साझा पार्टीका किशोर थापा एक हजार १९९ मत। उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले पाँच हजार ६८७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले तीन हजार ७३८ मत।

4 thoughts on “पाँच दिनमा बल्ल यति सकियो मतगणना काठमाडौँ महानगरपालिकाको”

  1. Shankar says:
    May 21, 2017 at 6:41 pm

    नेता हरु बिभिन्न बहना माँ देश लूटने ( उपचार खर्च, भ्रमण भत्ता , मीटिंग भत्ता , ठेक्का पट्टा मिलाउने आदि धेरै ) कार्यकर्ता थूक निलने धेरै सम्म चल्यो नेपाल माँ , लग बैग २० बार्स सम्म | अब एसो गर्दा ब्यबस्था नै धरासायी होने , र आफ्नो कमाऊ माँ ख़तरा पर्ने भएकोले देउवा, प्रचंड ,ोली ,बाबूराम , माकुनै आदि धूर्त शिरोमणि हरु ले जसरी पानी चुनाब गराये | एस्ले लग बैग २०-४० कर्मचारी थपिए , देस को बजट को ठूलो हिस्सा तेतातिर पानी जाने भयो |
    अब एस्ले आम जनताको ट्याक्स झन बढ्छ , गरीब जनता को जीबन झन असाध्य हुन्छ |
    जितने यिनै एमाले , कांग्रेस,खाओ बादी हूँन | जब इनकै शिर्ष नेता गन्हाएका छान त तिनका संतान ले
    माखो मारला कस्ले बिस्वास गर्छ |
    समाज माँ बसेपछि बिभिन्न प्रेसर , डर, धमकी माँ आम जनता भोट दिन बाध्य हुन्छ | फटाह हरु ले अब देश जरो समेत न राखी खोक्रो बनाउने छः|

    चाइनाको रिंग रोड माँ गर्ब गर्ने , जापान ले बनाएको सड़क माँ बिकास भयो अब भनेर गर्ब गर्ने , नेता र बाहुबली , हिंदी सीरियल , देखाएर इंडियन नूंन खवाएर तीनेको भजन ,कीर्तन गैर्न बाध्य जनता आखिर के नै गैर्न सक्छ ? साचै चाडै नै सी के रावत , बा पहाड़ माँ कसैले ारको आंदोलन चलाये बा जनजाति आंदोलन राम्ररी चलाये नेपाल माँ सक्सेस फूल हुनेछ | यो बिकृति को अंत न भै पुराना ,पंचायत काल देखि का लुटेर बसेका हरुलाई तस्बीर माँ फूल माला न चढ़ाये सम्म भुत्रो पानी केहि हुदैन |

    Reply
  2. Binta says:
    May 21, 2017 at 7:09 am

    केहि काम नगरी तलबमात्र खान पल्केका कर्मचारी बाट के आशा गर्न सकिन्छ र / तलब अनुसार काम हुने भए देश कहाँ पुगी सक्थ्यो आज /

    Reply
  3. Monk says:
    May 20, 2017 at 8:35 am

    For countries with massive populations, it takes less than 24 hours to declare the winners and losers. Its ridiculous that less than half of the country voted and only less than half of the votes have been counted in over five days.

    They should simplify the Ballot paper for future elections because it appears to be awfully complicated this time around…

    Reply
  4. Rohini says:
    May 20, 2017 at 2:25 am

    भरतपुरको मतगणना किन रोकियो सालोक्य जी | सहि के हो गलत के हो हामीलाई सत्य जानकारी गराउनुहोस |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme