Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुक संवाददाताको कमाल : चुनावै नभएको ठाउँको मतगणना अपडेट

Posted on May 19, 2017 by Salokya


आजभोलि फेसबुक हेरिसाध्य छैन। फेसबुक संवाददाताहरु छिनछिनमा मतगणना अपडेट हालिरहेका हुन्छन्। त्यसको स्रोत पनि उल्लेख हुन्न। जति लेखे पनि भयो, जसको अङ्क जति बढाइ दिए पनि भयो। अनि त्यही हेरेर कपिपेस्ट अरुले गरिहाल्छन्। सूर्य मन पराउनेहरुले सूर्य मात्रै अघि बढेको देख्छन्। रुख मन पराउनेले रुखै मात्रै अघि बढेको देख्छन्। अरु पार्टीका समर्थकहरुको पनि ताल त्यही हो।

हुँदाहुँदा कतिसम्म भयो भने चुनावै नभएको ठाउँको समेत एउटाले मतगणना अपडेट हाल्ने र अरु सबले त्यही कपिपेस्ट गरेको रमाइलो उदाहरण भेटियो। हेरौँ फेसबुकमा भेटिएको नमूना।

यी सबै पब्लिक पेज र प्रोफाइलमा राखिएका स्टायटस हुन्। डिलिट नगरेको भए अझै पनि खोज्दा भेट्टाउन सकिन्छ। रमाइलो त के भने सबैको मत एउटै छ। धेरैतिरको एउटै भएपछि कसरी गलत होला जस्तो लाग्न सक्छ।

तर वास्तवमा बुटवल नगरपालिका अहिलेसम्म चुनावै भएको छैन। बुटवल त उपमहानगरपालिका हो। रुपन्देही जिल्लामा पर्ने यो उपमहानगरपालिकामा दोस्रो चरणमा बल्ल चुनाव हुँदैछ। तर चुनावै नभएको ठाउँमा समेत मतगणना अपडेट राख्ने उस्तै, कपिपेस्ट गर्नेहरु उस्तै। पत्याउने पनि उस्तै होला। गजब छ!

2 thoughts on “फेसबुक संवाददाताको कमाल : चुनावै नभएको ठाउँको मतगणना अपडेट”

  1. krishna says:
    May 19, 2017 at 11:37 pm

    facebook = fakebook

    Reply
  2. Mahesh Khanal says:
    May 19, 2017 at 12:37 pm

    हल्लै हल्ला को देश हो यो । सुचनाको श्रोत सही होकी गलत नबुझी पछी दौडिनेको ठुलो जमात छ यहाँ । सामाजिक सन्जाल र ब्लग हरुमा फैलैएका गलत समाचार लाई सही ठानी आफु पनि भ्रम मा पर्ने र सेयर गरी आफु जस्ता लाई भ्रम मा पार्ने हरुले सामाजिक सन्जाल लाई प्रदुषित पारीराछन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme