Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कान्तिपुरको फ्रन्टपेजमा नयाँ शक्तिको नयाँ चुनाव चिह्न, थाहा पाउनुस् को हुन् ती वर्दीधारी?

Posted on May 19, 2017 by Salokya


बाबुराम भट्टराईलाई चुनाव चिह्नले धुरुक्कै रुवाउने बनाइदियो। आँखा चिह्नको प्रचार गर्‍यो, गर्‍यो- लास्टमा कानुनमा संसदमा भएका दलले मात्रै चुनाव चिह्न लिएर चुनाव लड्न पाउने व्यवस्था रहेछ। निर्वाचन आयोगअगाडि धर्ना बसेर विरोध गरेको पनि हिसिलाको ‘यो देशलाई खारेज गर’ भन्ने बेहोसी नाराले उल्टै ब्याकफायर गर्‍यो। अन्ततः उपेन्द्र यादवसँग मिलेर उनको चुनाव चिह्न मसाल उधारोमा लिएर (पार्टी एकता हुन बाँकी भएकोले उधारो बनेको) चुनाव लड्यो। तर नयाँ चुनाव चिह्नको प्रचार त्यति गर्न सकेनन्। बाबुरामलाई भोट दिउँ न त भनेर सहानुभूति जनाउनेहरुले मतपत्रमा ‘आँखा’ खोजे तर भेटेनन्। हुँदाहुँदा देशको नम्बर एक पत्रिका कान्तिपुरको फ्रन्टपेजमा समेत आज नयाँ शक्तिको चुनाव चिह्न अर्कै पो छापियो। अरु सब पार्टीको चुनाव चिह्न दुरुस्त, नयाँ शक्तिकोमा एक वर्दीधारी सैनिक। थाहा छ को हुन् ती वर्दीधारी?


खासमा तिनी भावी नयाँ शक्ति नै हुन् नेपाली सेनाका। प्रधानसेनापति बन्दैछन्। रथी पूर्णचन्द्र थापाको फोटो हो त्यो। फोटो खासमा नेपाल आर्मीको यो साइटबाट लिइएको हो-


कान्तिपुरकै फ्रन्टपेजको बायाँ साइडमा उनीबारे समाचार छ

त्यही फोटो कसरी ‘मिस्टेकले गल्ती भएर’ दायाँ साइडमा नयाँ शक्तिको चुनाव चिह्नमा कसरी झुल्कियो, त्यो कान्तिपुरभित्रैकाले मात्रै थाहा हुने कुरा हो।

नयाँ प्रधानसेनापति बन्दै भनेर थापाको फोटोको फाइल नेम ‘नयाँ’ राखेको र नयाँ शक्तिको चुनाव चिह्न तान्ने बेलामा त्यही ‘नयाँ’ लेखिएको फाइल पेस्ट गर्दा पो यसो भएको हो कि। चुनावी परिणामका कारण पत्रकारहरु रातभर अनिँदो भएको धेरै दिन भएकोले कसैको ध्यानै त्यसमा नगएको पो हो कि।

जे होस्, टिभी, रेडियो, अनलाइनमा जस्तो पत्रिकामा गल्ती तत्काल सच्याउन नसकिने भएकोले कान्तिपुरलाई भोलिपल्टको पत्रिकामा गल्ती नसच्याएसम्म तनाव चाहिँ हुने भयो।

1 thought on “कान्तिपुरको फ्रन्टपेजमा नयाँ शक्तिको नयाँ चुनाव चिह्न, थाहा पाउनुस् को हुन् ती वर्दीधारी?”

  1. Shreedhar says:
    May 22, 2017 at 10:25 am

    कान्तिपुरको यस्तो समाचारले विश्वसनियतामा ह्रास आई रहेको जस्तो लाग्छ । आजै पनि ६ अर्व घोटाला बारेको समाचारमा विगो दावी नगरेको भन्ने उल्लेख गरी समाचार छ । सो कुरालाई अहिलेसम्म करिव १०/१२ पटक प्रकाशन गरिसकेको छ, तर लागु औषध ऐनमा विगो दावीको व्यवस्था उल्लेख नभएको अवस्थामा दाबी कहाँबाट गर्ने हो । मनसाय वा दबाबले एकतर्फी समाचार लेखेको पो हो की ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme