Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटा भोटले कति फरक पर्दछ उम्मेदवारको जितमा, सोध्नुस् यी तीन जनालाई

Posted on May 18, 2017 by Salokya

मेरो जाबो एउटा भोटले पूरै परिणाममा के नै असर गर्छ होला र भनेर सोच्नेहरु धेरै हुन्छन्। एउटा भोटले केही असर पर्दैन होला भन्नेहरुले यी तीन जनाको व्यथा बुझेपछि थप केही भन्दैनन् होला।

शेरबहादुर तामाङ, देवेन्द्र रोका र ओमकुमारी वली मात्र एक भोट थप भएको भए विजयी हुन्थे।

खासमा प्रतिस्पर्धी र उनीहरुको मत बराबर आइदियो। एक भोट बढी आइदिएको भए विजयी हुन्थे तर भइदियो बराबर। यस्तोमा के गर्ने? निर्वाचन आयोगले स्थानीय तह निर्वाचन निर्देशिकामा यसबारे व्यवस्था गरेको छ।

स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को १४० बुँदामा मत बराबर भए गोला हाली निर्णय गर्नुपर्ने उल्लेख छ। यसरी गोलाद्वारा छानिएको उम्मेदवारले एक मत बढी पाएको मानिने निर्देशिकामा उल्लेख छ।

यही अनुसार गोला हाल्दा उनीहरु पराजित हुन पुगे।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पदमा तीन दल समर्थन रहेको माओवादी केन्द्रका शेरबहादुर तामाङ र एमालेका पासाङ तामाङले बराबरी ४७४ मत ल्याए। गोला निकाल्दा शेरबहादुर तामाङको भाग्य बलियो भएन।

सल्यानको ढोरचौर गाउँपालिका वडा नं. ४ बाट वडा अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर ३ सय २१ मत प्राप्त गरेपछि गोलाप्रथा गरियो। यहाँ भने एमाले उम्मेदवार अभागी ठहरिए र विएम विजयी भए।

त्यसैगरी वडा सदस्यमा पनि मत बराबर भएर गोला निकाल्नुपरेको थियो। सुर्खेतको चिगांड गाउँपालिका वडा नम्बर ६ मा महिला सदस्यका उम्मेदवारहरु नेकपा एमालेकी पवित्रा राना र नेपाली कांग्रेसकी ओमकुमारी वलीले बराबर ३ सय ६८ मत प्राप्त गरे। गोलाप्रथामा एमालेकी पवित्रा विजयी भइन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme