Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्थानीय निर्वाचनको रोचक परिणाम : देउवाको घर भएको वडामा एमाले, ओलीको घर भएको वडामा कांग्रेसको जित

Posted on May 18, 2017May 19, 2017 by Salokya


स्थानीय निर्वाचनको मतपरिणाम आउँदै गर्दा केही रोचक परिणामहरु देखिएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घर भएको बूढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १३ मा एमालेले प्यानलैसहित विजय हासिल गरेको छ। प्यानल भनेको वडा अध्यक्ष, दुई वडा सदस्य र एक महिला सदस्य र एक दलित महिला सदस्य हुन्।

त्यस्तै ओलीको घर भएको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा भने कांग्रेस वडाअध्यक्षमा विजयी भएको छ।

देउवा निवासको वडामा एमालेले प्यानल जिते जस्तो ओली निवासमा कांग्रेसले प्यानल जित्न भने सकेको छैन। त्यहाँ वडा सदस्यमा एमालेका विश्वराज विष्ट निर्वाचित भए।

ओली पहिले झापामा बस्ने र त्यहीँ भोट हाल्ने गरिरहेका थिए। यस पटक भने उनले मतदाता सूचीमा नाम झापाबाट भक्तपुरको सूर्यविनायक नगरपालिकामा सारेका थिए। किनभने उनको बालकोटस्थित घर सूर्यविनायक मै पर्छ।

त्यस्तै माओवादीबाट अलग भएर नयाँ शक्ति नेपाल पार्टीका संयोजक बनेका बाबुराम भट्टराईको पार्टी उनकै गृहनगर पालुङटारमा पराजित भएको छ। पालुङटारमा कांग्रेसले मेयर जित्यो भने माओवादीले उपमेयर। नयाँ शक्ति तेस्रो स्थानमा रह्यो।

4 thoughts on “स्थानीय निर्वाचनको रोचक परिणाम : देउवाको घर भएको वडामा एमाले, ओलीको घर भएको वडामा कांग्रेसको जित”

  1. Khagendra Dhungel says:
    May 23, 2017 at 6:20 am

    ओली को घर मा देउपा सर्नु देउपा को घर मा ओली सर्नु आखिर बार्ता गर्दा भैहाल्छ

    Reply
  2. Binod Paudel, Sudbury says:
    May 18, 2017 at 9:59 pm

    Wada baasi haru chhimeki neta ko dherai jaso kalo kartut ko saachhi hunchhana, tyasaile hola

    Reply
  3. कल्याण अाचार्य says:
    May 18, 2017 at 7:20 pm

    गाउँको जोगी भातमारा, टाढाको सिद्ध ।

    Reply
  4. Kailash says:
    May 18, 2017 at 2:05 am

    May be it is a goodwill gesture by both.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme