Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नालायक निर्वाचन आयोग : अहिलेसम्म उम्मेदवार सूचीसमेत वेबसाइटमा राख्न सकेको छैन

Posted on May 10, 2017May 10, 2017 by Salokya

निर्वाचन आयोगले यसपालि नालायकीको हद पार गरेको छ। पहिलो चरणको निर्वाचनको लागि मतदान हुने दिन नजिकिसक्यो। आइतबार हो मतदानको दिन। बिहीबार मध्यरातदेखि त प्रचार प्रसारसमेत बन्द गर्नुपर्ने भइसक्यो। तर आयोगको आधिकारिक वेबसाइटमा भने अहिलेसम्म कुन ठाउँमा को को उम्मेदवार छन् भन्ने सूचीसम्म राख्न सकेको छैन। निर्वाचन आयोगले अघिल्लो दुई वटा संविधान सभा निर्वाचनमा भने सबै उम्मेदवारहरुको चुनाव चिह्नसहितको विवरण राखेको थियो। अहिले म जस्तो मतदातालाई आफ्नो वडामा को को उम्मेदवार उठेका छन् र उनीहरुको चुनाव चिह्न के हो भन्नेसमेत थाहा छैन।

पहिलो चरणको निर्वाचनको कार्यक्रम अनुसार वैशाख २२ गते नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनुपर्ने हो। त्यो प्रकाशन निर्वाचन अधिकृतको कार्यालयको भित्तामा मात्र भयो। त्यसैलाई वेबसाइट राख्न हनुमानले सञ्जिवनी बुटी पहाडसहित उचालेर ल्याएको जस्तो गाह्रो काम पक्कै पनि हैन।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पक्कै पनि सबै जिल्लाबाट विवरण आएकै हुनुपर्छ। केही जाँगरिलो कर्मचारीलाई अह्राउने हो भने धेरै समय लाग्ने काम पनि हैन यो। तर पनि किन यति विघ्न नालायक भएको छ निर्वाचन आयोग, थाहै पाइएन।

स्थानीय निर्वाचनका लागि एउटा अलग्गै लिङ्कसमेत निर्वाचन आयोगको वेबसाइटमा छैन। विज्ञप्तिहरु र जानकारीहरु छरपस्ट छन्। जिल्लागत मतपत्रको ढाँचा एक ठाउँमा छ, विज्ञप्ति अर्को ठाउँतिर छ, कानुनहरु अर्को ठाउँमा।

अहिले त निर्वाचन आयोगले पुराना स्थानीय निर्वाचनका नतिजाहरु सहितको जानकारी पो दिनुपर्ने हो त।

उम्मेदवारहरुको सूचीसम्म राख्न नसक्ने निर्वाचन आयोगले निर्वाचनको परिणाम र मतगणना अपडेट कसरी दिने हो, अचम्म छ।

आयोगले एउटा एप बनाएको छ। तर त्यो एपमा पनि सबै उम्मेदवारहरुको जानकारी छैन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme