चुनावको दिन पनि विदा नहुने दृश्य प्रत्यक्ष देखेका एनारानहरुलाई ‘ए नारायण’ भन्ने गरी आरिस लाग्ने गरी नेपालमा स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले एक दिन हैन, दुई दिन हैन पाँच पाँच दिन सरकारी अफिस विदाको प्रस्ताव राखेको छ। आहा, कति मजा। दशैँ तिहारै हुने भो नि सरकारी कर्मचारीलाई।
खासमा निर्वाचन आयोगले वैशाख २८ देखि ३१ सम्म विदा दिन सरकारलाई आज भनेको हो। गृह मन्त्रालयले त्यसलाई स्वीकृत गरेपछि यो लागू हुन्छ। आयोगले चार दिन विदा भने पनि वैशाख २७ गते चाहिँ बुद्ध जयन्ति भएकोले स्वतः विदा हुने नै भयो।
स्कूल कलेजलाई त अझ वैशाख २५ गतेदेखि नै विदा रे।
अहो, नेपालमा कति चुनाव लागेको हो ! खासमा चुनाव तीन प्रदेशमा मात्र हो। तर पनि २० वर्षपछि हुन लागेको स्थानीय चुनावको यतिविघ्न तमाशा गर्न जरुरी थिएन। यसअघि पनि संविधान सभाको निर्वाचनमा सरकारले पाँच दिन विदा दिएको थियो।
अपडेट : तर गृह मन्त्रालयले भने निर्वाचन आयोगको प्रस्ताव मन्त्रिपरिषद्को बैठकले अस्वीकार गर्दै वैशाख ३१ गते एक दिन मात्र विदा दिने घोषणा गरेको सूचना निकाल्यो।