Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महाभियोग दर्ताको भोलिपल्ट : नयाँ दलहरुको प्रदर्शन र राप्रपाको सरकारबाट बहिर्गमन

Posted on May 1, 2017May 2, 2017 by Salokya

प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध २४९ जना कांग्रेस र माओवादी सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गरेर उनलाई निलम्बित गरेको भोलिपल्ट देशमा केही महत्वपूर्ण घटना भए।

सबभन्दा महत्त्वपूर्ण रह्यो- संसदको चौथो ठूलो दल राप्रपाले सरकारबाट बाहिरिने र समर्थन फिर्ता गर्न गरेको निर्णय। महाभियोग प्रस्तावको विरोध गर्दै राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

सरकारबाट मात्र बाहिरिने निर्णय गरेको हो, समर्थन फिर्ता लिने हैन भनी केही अन्यौल भए पनि खासमा दुवै निर्णय भएको विज्ञप्तिबाट प्रष्ट हुन्छ-

संविधान संशोधन विधेयकमा भने उसले सहयोग गर्ने निर्णय गरेको छ। योसँगै वरियता विवाद गर्ने दुवै उपप्रधानमन्त्रीहरु सरकारबाट हटेका छन्। एक उपप्रम विमलेन्द्र निधिले हिजै राजीनामा दिएका थिए।

महाभियोगको विरोधमा नयाँ दलहरुले माइतीघर मण्डलाबाट प्रदर्शन गरे। पहिलो पटक रविन्द्र मिश्रको अगुवाईमा खुलेको साझा पार्टीको राजनीतिक उपस्थिति सडकमा देखियो भने पहिले जस्तै विवेकशील पार्टी पनि त्यसमा सहभागी थिए। बाबुराम भट्टराईको पुरानै नयाँ शक्तिदेखि एमालेको भ्रातृ संगठन युवा संघ नेपाल पनि त्यसमा थिए। माइतीघरबाट निकालिएको जुलुस नयाँ बानेश्वरको सडकमा कोणसभामा परिणत भयो।

कांग्रेस भने चर्को जनदबाबका बीच महाभियोगको प्रतिरक्षामा जुट्यो। पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीशको कुर्सीबाट सुशीला कार्कीको अभ्यास एकपछि अर्को गर्दै कार्यपालिकाको कार्यक्षेत्र हस्तक्षेप गर्नेमा केन्द्रित भएका कारण बाध्यात्मक रुपमा महाभियोग ल्याउनु परेको उसको तर्क रह्यो।

एमाले सचिव प्रदीप ज्ञवालीले ‘एमालेले अर्को महाभियोग तयारी गर्दैछ भनेर चलाइएको हल्ला सम्पूर्ण रूपले निराधार हो’ भन्दै ट्विट गरे। सुशीलाको निलम्बनपछि कामु प्रधानन्यायाधीश बनेका गोपाल पराजुलीलाई महाभियोग लगाउने हल्लाका बीच उनको त्यस्तो टिप्पणी आएको थियो। नवराज सिलवालको मुद्दामा तोकिएको वैशाख १९ अर्थात् भोलि मंगलबारको पेशीको लागि उनैले इजलास तोक्ने छन्।

1 thought on “महाभियोग दर्ताको भोलिपल्ट : नयाँ दलहरुको प्रदर्शन र राप्रपाको सरकारबाट बहिर्गमन”

  1. Shankar says:
    May 2, 2017 at 2:10 pm

    एका तिर महा अभियोग को योबिबाद चलिरहेको छ , आर्को तिर श्याम सरण काठमान्डू आएको छ , भन्दा ब्वासो ले स्याल आयो आयो भन्दै जनताको ध्यान खिचेर कुखुरा आफुले खुसुक्क लाने दाउ हो कि | चुनाब भाडियो भने पनि ब्वासो ले कुखुरो लग्यो भनेर बुझ्नु पर्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme