Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसले फँसायो डिआइजी नवराज सिलवाललाई?

Posted on April 29, 2017April 29, 2017 by Salokya

डिआइजी नवराज सिलवाल कीर्ते कान्डमा फँसे। त्यो अब प्रष्ट भइसकेको कुरा हो। प्रश्न उठ्छ कसले फँसाए? एमाले अध्यक्ष केपी ओलीले सरकार जाली फटाहा, सरकारले कीर्ते गरेको, सरकारले ढाँटेको भनेर बिहीबार प्रचार विभागको कार्यक्रममा आफ्ना कार्यकर्ता पत्रकारहरुलाई ब्रिफिङ गरेका छन्। तर शुक्रबार हामीले पाएको कागजात हेरेपछि भने मलाई लाग्यो फँसाउने काम अर्कैले गरेको छ। बिचरा नवराज सिलवाललाई सादा आँखाले हेर्दासमेत खुट्याउन सकिने कीर्ते कार्य सम्पादन मूल्याङ्कन फाइल सर्वोच्चमा रिट निवेदनसँगै राख्न लगाउने सुझाव कसले दिएका होलान्, फँसाएको उसले हो। आफ्नो कार्यकालमा नक्कली पाइलट र नक्कली डाक्टरहरुलाई समातेका सिलवाललाई कीर्ते गरिएको फाइल अदालतमा प्रमाणका रुपमा प्रस्तुत गर्न कसले उक्साए? फँसाएको उसले हो। अहिले सिलवाल र उनका पक्षधरहरुले मिडियामा आएका फाइल रिफ्रेन्सका रुपमा बुझाएको हो भन्ने गरेका छन्। तर रिट निवेदनमा ‘मिडियामा आएको प्रतिलिपि’ भनेर लेखिएको छैन। मिडियामा नवराज सिलवालको आर्थिक वर्ष २०७२/७३ को दुई वटा फाइलमात्र आएको थियो- एउटामा ३८ नम्बर र एउटामा ४० भएको। तर सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्यसम्पादन मूल्याङ्कनका फाइल भने चार आर्थिक वर्षकै छ। उनले आफ्नो मात्र हैन, प्रकाश अर्यालको पनि चार आर्थिक वर्षकै कार्यसम्पादन मूल्याङ्कन फाइल प्रस्तुत गरेका छन्। जसले त्यो फाइल दिएको हो, उसले फँसायो। किनभने सिलबन्दी रहने त्यस्तो फाइल फोटोकपि समेत राख्न नपाइने नियम छ। सिलबन्दी फाइल खोल्दा मुचुल्कासमेत गर्नुपर्छ। हेरिसकेपछि फेरि सिलबन्दी नै गर्नुपर्छ। यस्तो फाइल गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र लोकसेवा आयोगमा गरी तीन ठाउँमा रहन्छ। आफ्नो मात्र हैन, प्रकाश अर्यालको पनि फाइल उनले कहाँबाट पाए? सामान्य मानिसले पनि शंका गर्ने विषय हो यो। सिलवालले सर्वोच्चमा पेश गरेको फाइललाई सर्वोच्च अदालतकै छाप लगाएर फोटोकपिको फोटोकपि हो भन्ने प्रमाणित गराई सरकारले लगेको थियो। त्यही फोटोकपिको फोटोकपिलाई सूक्ष्म अध्ययन गर्दा देखिएको प्रतिवेदन सार्वजनिक भएको छ। जुन फाइलको फरेन्सिक जाँच भएको छ त्यो फाइल मैले बुझाएको हैन भन्न अब सिलवालले पाउने छैनन्। किनभने सर्वोच्चले नै त्यसमा फोटोकपिको फोटोकपि भन्ने छाप हानेको छ। प्रतिवेदनमा के देखियो, हेर्नुस् प्रतिवेदन जस्ताको तस्तै।















18 thoughts on “कसले फँसायो डिआइजी नवराज सिलवाललाई?”

  1. Pingback: आइजी ड्रामाको अन्तिम चरण : सिलवालको मुद्दा चोलेन्द्र र सपनासहित सात न्यायाधीशको इजलासमा सुनुवाई « Mysansar
  2. Devendra Basnet says:
    April 30, 2017 at 11:57 am

    yo oli le bhaneka kura haru kati bidi manchhe harule biswaas gareka hun achamma chha ba. Yeha Silwal le kirte gareko praman sahit aisakyo. Oli le sarkar le kirte gareko k bhaneko thiyo teska hanuman haru sarkaar lai nai dosh dekhaudai silwaal ko bachauma utradai chhan. Oli ta dudh le nuhayeka satyebadi manchhe jasta po gareka chhan ta.

    Reply
  3. narendra says:
    April 29, 2017 at 9:28 pm

    सलोक जी सरकार ले किर्त गरको छ, मेरो बिचारमा , फेरी तपाई ले सरकार ले अहिले पेस गरेको काज ठिक हो भन्नु तपाई को आधार के ? त्यसकारण सर्बोच को आदेशको पालना नगर्ने र कानुनको सम्मान नगर्ने यो सरकरले जुन अदाधलतलाइ प्रभाब पर्ने गरि अनि आफ्नो झगडियालाई हतोस्साही गर्ने गरेको कुरा सबैलाई थाहा हुदा हुदै तपाई ले सिलवाललाइ दोस देखाउनु राम्रो होइन. तपाई को आसय हामि लाइ थाहा छ किन बने तपाई ले प्रचान्द्रलाइ मनपराउनु हुन्छ.

    Reply
    1. Salokya says:
      April 30, 2017 at 12:41 am

      यो प्रचान्द्र भनेको चैँ को रहेछ नरेन्द्र जी? मलाई नै थाहा छैन म कसलाई मन पराउँछु। मन पराउनु नपराउनु मनको कुरा हो, मनको कुरा थाहा पाउन अन्तर्यामी हो र तपाईँ?
      प्रचण्ड भनेको भए चैँ यी केही ब्लगहरुका उदाहरण हेर्नुस् मैले प्रचण्डलाई आलोचना गरेको छु, उडाएको छु-
      http://www.mysansar.com/2016/06/23406/
      http://www.mysansar.com/2016/08/24268/
      http://www.mysansar.com/2016/10/25204/

      बरु तपाईँ चैँ सिलवाललाई मन पराउनु हुँदो रहेछ। त्यसैले confirmation bias भएको। के हो त्यो भनेको बुझ्न यता एकचोटी क्लिक गर्नुस् https://www.google.com.np/search?q=confirmation+bias&rlz=1C1RLNS_enNP723NP723&oq=confirma&aqs=chrome.2.69i57j0l5.5311j0j7&sourceid=chrome&ie=UTF-8
      सरकारले कीर्ते गरेको छ भने त्यसको प्रमाण आउनु पर्‍यो। सरकारले नवराज सिलवालले मेरो भनी सर्वोच्चमा पेश गरेको कागजातको जाँच गर्दा कीर्ते गरेेको प्रतिवेदन पेश गरेको छ जुन सादा आँखाले हेर्दा पनि देखिन्छ। मैले पत्याएँ। मेरो आधार त्यही हो। तपाईँले सरकारले कीर्ते गरेको छ भन्नुको आधार चाहिँ के? विश्वस्त आधार भए म त्यही पत्याउन पनि सक्छु। कृपया मलाई देखाइदिनुस्।

      Reply
  4. विश्व says:
    April 29, 2017 at 8:57 pm

    ओली प्रधान मन्त्री भएर दिल्ली जाँदा राष्ट्रिय गानका धुन सर्जक बिरामी परेर दिल्लीको अस्पतालमा थला परेको बेला उनलाई हेर्न सम्म गएनन जब कि उनले वलीवुडका अस्ताचल कलाकारहरुलाई भेट्ने समय निकालेh| उखाने ओलि कै सन्दर्भ भएकोले सिलवाल सा’पलाई पनि लागु हुने गरेर उनै दिवङत सर्जक अम्बर गुरुङको एउटा गीतको लाईनको सम्झना आयो–

    “कँही आफ्नो भुवरीमा आँफै पर्यौ कि?….”

    कीर्ते डाक्टरहरु र उनका आफन्त नाता हरुले कुन बेला प्रतिशोध लिउ भनेर सोचिरहेका थिए होलान, सिलवाल सा’पलाई के थाहा, घुएत्रो बुमेर्याङ हुन्छ भन्ने?

    Reply
  5. pradip says:
    April 29, 2017 at 3:26 pm

    बिचरालाई कसले फसायो होला है !!! येति सानो मान्छेलाई च:च:च:

    Reply
  6. Ek says:
    April 29, 2017 at 2:50 pm

    कसले फसाउने हो सिलवाललाई?? IGP दाबेदार गर्ने मान्छेलाई? नाबालक हो र? यो सबैको जिम्मेबारी आफैले लिनुपर्छ. सालोक्य जी को विचारमा सिलवाललाई निर्दोष देखौउन लागेजस्तो लाग्यो. निस्पछ्ये लेख भएको भए राम्रो हुनेथ्यो.

    Reply
  7. Saagar says:
    April 29, 2017 at 2:04 pm

    अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभाब पर्नेगरी कुनै काम नगर्न सरकारको नाममा उत्प्रेषण जारी गरिएको छ सर्बोच्चको आदेश बिपरित अनुसन्धान तथा कारबाही नगर्न सरकारलाई उत्प्रेषण जारी गर्दा पनि सरकार कानुनी राज्यको धज्जी उडाउदै छ | जसको बिरुद्द अदालतमा मुद्दा परेको छ त्यसैले छानबिन गरेपछि जसरी प्रस्तुत गरेपनि भो, सारा दुनियाँलाई थाहा छ सरकारले जालसाज गरेको कुरा, सर्बोच्चको पूर्ण इजलासले पहिलो रिटमा पहिलोमा नवराज सिलवाल र दोश्रो नम्बरमा प्रकाश अर्याल भनेर प्रमाणित गरेको थियो गृह मन्त्रालयले पठाएको फाईलको अध्धयन तथा अनुसन्धान गरेर अब पहिला पनि नवराज सिलवालले गृह मन्त्रालयमा गएर कार्य सम्पादन तथा मूल्यांकनको फाईल फेरेछन् भने भैहाल्यो नि ! स्वतन्त्र न्यायालयले छुट्टाउनेछ दुधको दुध पानीको पानी |

    Reply
    1. Salokya says:
      April 29, 2017 at 8:48 pm

      सर्वोच्चको फैसलामा कति नम्बर कसको छ भनेर त लेखेको छैन। सर्वोच्चले हिसाब जोड्न गल्ती गरेको कुरा पनि आइरहेको छ। अर्को कुरा सरकारले जालसाज गरेको छ भने त्यसको पनि प्रमाण आउनु पर्‍यो नि यसरी गरेको भनेर। सर्वोच्चमा पनि भगवान बस्ने हैनन्, मान्छे नै बस्ने हुन्। गल्ती हुन्छ। एउटा उदाहरण यता http://www.mysansar.com/2017/04/27244/ एक पटक लेखेपछि त्यही प्रमाण हो भन्ने कि विवादमा परिसकेपछि फेरि राम्रोसँग हेर्ने हो?
      अब स्वतन्त्र छानबिनको कुरा पो उठाउने हो त। प्रमाण अनुसार यसले यो कारणले जालसाजी गरेको पो भन्ने हो त। सरकारले नवराजले फाइल बुझाएको कीर्ते गरिएको भनेर प्रमाण प्रस्तुत गर्‍यो अदालतमा। अदालतमा विश्वास नभएर सार्वजनिक पनि गर्‍यो। अब अदालतले जनताको विश्वास जित्ने हो भने सरकारले यस कारण जालसाजी गरेको देखियो भनेर प्रमाण फैसलामा लेख्ने हो।

      Reply
  8. ऋचित says:
    April 29, 2017 at 10:20 am

    लाटोले खायो एक बल्ड्याङ बाठोले खायो दस बल्ड्याइङ भनेको यही हो!

    Reply
    1. Sarah says:
      April 30, 2017 at 10:45 pm

      I don’t know the depth/truth about ‘नवराज सिलवाल’ scandal, but I do agree 100% with Salokya “सर्वोच्चमा पनि भगवान बस्ने हैनन्, मान्छे नै बस्ने हुन्।”.

      Reply
  9. Shankar says:
    April 29, 2017 at 9:14 am

    फसाउने त् वकिल नै होलान कि ? तर दुध खाने बचा त् हैन , धेरै दोस नबराज लाइ नै जान्छ |

    Reply
  10. अस्मिता कुँवर says:
    April 29, 2017 at 8:15 am

    यस्ता ठुला ओहोदा मा भएका व्यक्ति को त एस्तो छ स्थिति .. हामी जस्ता साधारण जनता को के होला ! यो अलि सोच्नु पर्ने बिषय भयो , हामी हरुले यो देश को कानुन तन्त्र मा कसरी विश्वास गर्ने ..

    Reply
  11. राजु says:
    April 29, 2017 at 5:32 am

    सरकार नै फसाउन लागी परेपछि कसैको केही चल्दैन। सबै संयन्त्र शक्ति प्रयोग गरेपछि कालोलाई सेतो बनाउन सरकारले गरेको यो क्रियाकलापको हिसाब किताब जनताले राख्ने नै छन्।

    Reply
  12. Prabhakar says:
    April 29, 2017 at 4:11 am

    गर्ने बेलामा गर्याे अब के कसले फसायाे नी
    केटाकेटी हाे र फसाउनलाई???!!!
    पाप धुरीबाट कराएकाे हाे।
    महानिरीक्षक बन्न एसएसपी सम्मलाई बलीकाे बाेकाे बनाएकाे छ

    Reply
  13. Manish says:
    April 29, 2017 at 3:15 am

    बसन्त बहादुर भुजेल र गुनबहादुर थापा भन्ने ब्यक्तिले मीडियामा छुट्टाछुट्टै निकै गंभीर आरोप लगाएका थिए नवराज सिलवाल माथि/ मीटरब्याज र जबरजस्ती कागज गराएर आफ्नो निजि सम्पति कब्जागरेको आरोप थियो/ कतै यी दुइले आरोप लगाएजस्तै ब्यक्ति त हैनन सिलवाल/ डीआईजी भएपछि मात्र आईजी को लाइनमा अगड़ी निस्कनलाइ सुपरकपको इमेज बनाउन लागिपरेका त हैनन ठूलठूला केसमा सफलता पाउदै अनी तेसको पब्लिसिटी गर्दै/

    Reply
  14. Hari Poudel says:
    April 29, 2017 at 2:13 am

    कठोर भन्दा कठोर कारबाही हुनुपर्यो! ओली तुच्चे लाई समबेधना!

    Reply
    1. sagar says:
      April 30, 2017 at 9:31 pm

      कसलाई कारवाही ? हड्बड़े देउबा मस्तिष्क मृत भइ सकेको छ | के ती कागज पत्र हरु नाबराजको स्वीकृतिमा पेश गरिएको हो ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme