Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिहे नगरेको, बच्चा नजन्माएको, जिउमा टाटु नखोपेको शर्त पूरा गर्ने १९ सुन्दरी मिस नेपालका लागि छानियो

Posted on April 26, 2017 by Salokya


‘नेपालको असाधारण विलक्षण कुमारीहरुको अन्वेषण गर्ने’ भन्दै प्रेस विज्ञप्ति निकालेर मिस नेपाल छान्न हिँडेको आयोजक संस्था हिडन ट्रेजरले १९ जना युवतीलाई अन्तिम चरणका लागि छानिसकेको छ। यसरी छान्न के के गरियो होला त? फोटोबाट देखिन्छ हाइटदेखि लिएर सब कुरा मापदण्ड अनुरुप छ कि छैन हेरियो। मिस नेपालमा सहभागी हुन सात वटा शर्त पूरा गर्नुपर्ने आवेदन फाराममा उल्लेख छ। नियम अनुसार बिहे नगरेको मात्र भएर पुग्दैन बच्चा नजन्माएको पनि हुनुपर्छ।

बिहे नगरी बच्चा कसरी जन्मिन्छ त भन्नुहोला फेरि। मोर्डन जमाना छ, बिहे चैँ नगरेको तर बच्चा भने जन्माएकी भयो भने के गर्ने ? त्यही भएर आयोजकहरुले दूरदर्शिता अपनाएको हुनसक्छ। त्यतिमात्र हैन, naturally born female हुनुपर्छ। अर्थात् कसैले सेक्स चेन्ज गरेर केटी बनेको भए पाइन्न।

तेस्रो शर्त १९ देखि २४ वर्षको हुनुपर्ने भन्ने रहेछ।

चौथोमा न्यूनतम शैक्षिक योग्यता प्लस टु वा सो सरह हुनुपर्ने भन्ने रहेछ।

पाँचौ शर्तमा न्यूनतम उचाइ ५ फिट ४ इञ्च हुनुपर्ने उल्लेख छ।

छैटौँ शर्त हेर्दा आकर्षक, स्वस्थ र राम्रो चरित्रको रे।

सातौँ चाहिँ जिउमा टाटु खोपेको हुन नहुने रे।

अरु कुरा चाहिँ अरुबाट थाहा हुन्छ। जिउमा कतै टाटु खोपेको छ कि नाइँ भनेर चाहिँ आयोजकहरुले कसरी थाहा पाउने होलान्, दङ्ग पर्छु म। बाहिरै देखिने अङ्गमा मात्र हैन भित्री अङ्गमा पनि खोपेको हुनसक्छ नि टाटु त। पछि त्यसरी टाटु खोपेको देखियो भने रिजेक्ट गरिदिने हुन् कि !

जे होस्, यी सब शर्त पूरा गर्ने १९ सुन्दरी मिस नेपाल २०१७ को अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन्। उनीहरुको नाम हो-

स्वस्तिका सिलवाल, ललितपुर
रिंकु बज्राचार्य, ललितपुर,
सहारा बस्नेत, ललितपुर,
रोजिना श्रेष्ठ, काठमाडौं
आशिना बराल, काठमाडौं
रक्षा कार्की, काठमाडौं
प्रियङ्का खड्का, झापा
अनिता भण्डारी, झापा
नीकिता चन्द, मोरङ
दृष्टि कट्वाल, मोरङ
वर्षा पोखरेल, मोरङ
कीर्तिका गिरी, झापा
अनुसा लम्साल, धादिङ
नम्रता गुरुङ, रुपन्देही
रोजिना श्रेष्ठ, पर्सा
नीति शाह, दाङ
उरुसा अधिकारी, चितवन
मञ्जरी सिंह, पाल्पा
ज्ञानीमाया बराल, कास्की

यी मध्ये मोडलिङमा जमिसकेकी नीति शाह परिचित नाम हो। तर उनी मिस नेपाल हुन्छिन् कि हुँदिनन्, हेर्न बाँकी छ।

यो पनि हेर्नुस्-
हैट, लाजै लाग्यो मिस नेपाल आयोजकहरुको यो पारा देखेर

2 thoughts on “बिहे नगरेको, बच्चा नजन्माएको, जिउमा टाटु नखोपेको शर्त पूरा गर्ने १९ सुन्दरी मिस नेपालका लागि छानियो”

  1. Niroj shrestha says:
    April 28, 2017 at 5:08 pm

    Applicant should be attractive — यो requirement राख्न नहुने कुरा हो, attractiveness को calculation कसले गर्ने , के आधारबाट गर्ने? Requirements should not be directly emphasised on the physical look which can discriminate and demotivate other bright candidates who are genuinely attractive for their skills and knowledge and has given social contribution towards the नेशन, मिस्स नेपाल लाई सामान्य modelling मा सिमित नगरौ !

    Reply
  2. Richit says:
    April 26, 2017 at 9:21 am

    मलाई यो हाइट ५’४” को criteria मनै पर्दैन! जबकी Miss Universe, Miss World मा तेस्तो कुनै Height को criteria हुदैन!!५ फिट औसत उचाई भाको देशमा किन चाई ५’४” खोज्ने?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme