Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाबुराम हेरेको हेर्‍यै, कमल थापालाई पो निर्वाचन आयोगको ‘फेभर’

Posted on April 21, 2017 by Salokya

कानुन बनाउन लाग्दासम्म विधेयक, मस्यौदामा होस भएन, लागू भइसकेपछि बल्ल होस आयो बाबुराम भट्टराईलाई- अहिले संसदमा नभएका दलहरुले निर्वाचनका लागि दलीय चुनाव चिह्न हैन, स्वतन्त्र चुनाव चिह्नमात्र पाउने। निर्वाचन आयोग घेर्न गएका थिए, हिसिलाको बेहोसीमा ‘देशलाई खारेज गर’ नाराले उल्टै ब्याकफायर भो। निर्वाचन आयोगले केही गरी पनि मानेन।

निर्वाचन आयोग घेर्न जाने अर्का नेता थिए कमल थापा। आयोगले उनको दलको विधानमा रहेको हिन्दु धर्म र राजतन्त्र शब्दलाई संविधान अनुकूल नभएको भन्दै हटाइदिएको थियो। राप्रपा त्यसविरुद्ध आन्दोलनमा थियो। एक दिनअघिसम्म आयोगलाई कानुन विपरीत काम गर्न दबाब दिएको भन्दै आपत्ति जनाउने आयोगले भोलिपल्ट त आफ्नो पुरानो निर्णय नै स्थगित गरिरा के! अचम्म। बाबुराम हेरेको हेर्‍यै। चलाख कमल थापाले बाजी मारे।

संयोगले कमल थापा र बाबुराम कलेजका सहपाठी हुन्। कमल थापा पछाडिको बेञ्चमा बस्थे, हल्ला गर्थे। बाबुराम अब्बल नम्बरमा पास हुने विद्यार्थी।

तर व्यवहारिकतामा भने अक्सर बाबुरामलाई कमल थापाले पछि पारे। पञ्चायत कालमा होस् कि बहुदल कालमा, राजाको शासन कालमा होस् कि गणतन्त्रमा जहाँ पनि उनी मन्त्री भएका छन्। बाबुरामलाई चित्त बुझाउने ठाउँ एक पटक प्रधानमन्त्री त बनेँ भन्ने होला। कमल थापा अहिलेसम्म प्रधानमन्त्री बनिसकेका छैनन्।

यस्तो छ कमल थापालाई फेभर गर्न निर्वाचन आयोगको निर्णय

एक दिनअघि मात्र यस्तो थियो आयोगको विज्ञप्ति

यस्तो थियो आयोगको निर्णय

 

1 thought on “बाबुराम हेरेको हेर्‍यै, कमल थापालाई पो निर्वाचन आयोगको ‘फेभर’”

  1. Shankar says:
    April 21, 2017 at 1:28 pm

    सबै राजनीतिज्ञ उहि हुन | नाम मात्र फरक हो | बिसेस गुण
    १. फटाह २. सबैको मिसन देश लूटने ३. सकभर इंडिया नजीकीने ( पावर नजिक , हिजो दरबार आज इंडिया )

    नेपाल माँ कोई क्रांतिकारी , सुरंग युद्द्द गर्ने भनेर आये , तिनै झन भारतीय खुफिया देखा परे | कमले त
    झन कमल जस्तो , जहा पानी फिट हुने|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme