Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोतिको माला, सुनको बाला र तीन समयका लागि तीन सारी : राष्ट्रपतिको भारत भ्रमण डे टु हाइलाइट्स

Posted on April 19, 2017April 19, 2017 by Salokya


हाम्रा राष्ट्रपतिको भारतको औपचारिक राजकीय भ्रमणको पहिलो दिन राज्यमन्त्रीले स्वागत गरेको भनेर रोइलो मच्चाएकाहरुलाई दोस्रो दिनले अलि शान्त बनाएको हुनुपर्छ। भारतको प्रोटोकलमा भ्रमणमा आउने राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुलाई राज्यमन्त्रीले नै रिसिभ गर्ने चलन छ। यदाकदा प्रोटोकल ब्रेक गरेर प्रधानमन्त्री आफै विमानस्थलमा लिन जाने गर्छन्, जस्तो कि अस्ति बंगलादेशका प्रम शेख हसिना अलि अगाडि गिरिजाप्रसाद कोइरालालाई गरिएको थियो। औपचारिक सम्मान ‘गार्ड अफ अनर’ को कार्यक्रम भारतको राष्ट्रपति भवनमा हुन्छ। दोस्रो दिन राष्ट्रपति औपचारिक कार्यक्रमहरुमा व्यस्त भइन्। भारतीय मन्त्रीहरुदेखि प्रधानमन्त्री र राष्ट्रपतिसम्मलाई भेटिन्। भारतबाट आएका फोटोहरुमा राष्ट्रपतिको मोतिको माला, सुनको बाला र तीन समयका लागि तीन सारी आकर्षण थियो। राष्ट्रपतिको ड्रेसअपका लागि जसले सल्लाह दिने गरेको छ, प्रशंसा गर्नुपर्छ- अरुको अगाडि छ्या हैन, स्मार्ट र फेसन सेन्स देखिने पहिरनमा राष्ट्रपतिलाई प्रिजेन्ट गरेकोमा।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्-


राष्ट्रपति भवनमा सेरेमोनियल रिसेप्सनका क्रममा गार्ड अफ अनर अवलोकन गर्दै राष्ट्रपति

महात्मा गान्धीको समाधिमा।

महात्मा गान्धीको समाधिमा।


भारतीय गृह मन्त्री राजनाथ सिंहसित राष्ट्रपति।

भारतीय गृह मन्त्री राजनाथ सिंहसित राष्ट्रपति।

भारतीय अर्थ मन्त्रीसित राष्ट्रपति।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसित

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसित

भारतीय उपराष्ट्रपति हमिद अन्सारीसित

भारतीय उपराष्ट्रपति हमिद अन्सारीसित
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित
आफ्ना समकक्षी प्रणव मुखर्जीसित

13 thoughts on “मोतिको माला, सुनको बाला र तीन समयका लागि तीन सारी : राष्ट्रपतिको भारत भ्रमण डे टु हाइलाइट्स”

  1. जोगेन्द्र says:
    April 21, 2017 at 12:21 am

    कसैले यो उल्लेख गरेको पाईन, मेडियामा पनि देखिन|
    आउँदो जुलाई महिनामा राष्ट्रपती परिवर्तन हुने जान्दा जान्दै पनि हतारोमा भ्रमण गर्नु पर्ने किन हो?
    राष्ट्रपतीका सलाहकार र भजनकारलाई यो भ्रमण चाहिएको हो|पुरीमा जानुको अर्थ के हो? मात्री शिशु
    कल्याण पारीयोजना कँहा सफल परिचालन भएको छ् वा आयमुलक योज्ना हेरेर नेपालमा पनि त्यस्को
    प्रचार प्रसार गरेको भए बरु उप्लब्धीमुलक हुने थियो|
    एउटा कुरो नभनी सकिन| एमालेको नेताहरु पावरमा पुगे पछी मात्र इश्वरभक्ती र पूजाआजामा
    ध्यान दिँदो रहेछ|ओली प्रधान मन्त्री हुँदा पुर्ख्यौली थालो कुमाउ नजिक हान्निए र साथै नेपाली
    जनताको पैसा बलिवुडका तेस्रो श्रेणीका कलाकार सँग पनि भेट्नमा खर्च गरे| उपलब्धी?
    शुन्य बाट शुन्य| विद्या म्याडमको पनि त्यस्तै रह्यो भोली सम्म्को भारत बसैइ|

    Reply
  2. शरण says:
    April 20, 2017 at 2:11 pm

    मुख्य कुरा रामबरण यादब, विद्या भण्डारी जनताले चुनेका राष्ट्रपति होइन्न् बरु राजनीतिक भागबण्डामा काकताली परिका राष्ट्रपति हुन् | तसर्थ यिनीहरुको न त चुनिएर आएका अमेरिकाका राष्ट्रपतिको झैं सान छ न त यस्ता राष्ट्रपति प्रति जनताले गौरब र मान नै छ | यिनीहरु आफ्नो पार्टीका कठपुतलीमात्र हुन्त | तर यसको अर्थ भारतले अपमान गर्न पाउँछ भन्ने होइन | तडक-भडक सहित सयर गर्न जानु भन्दा खोपीमा दाना खाएर बस्नु राम्रो हुन्छ |

    Reply
  3. Pradeep MS says:
    April 20, 2017 at 1:46 pm

    उताकाको केहि असभ्य संस्कारको लागि उनीहरुले नै टाउको दुखाओस, हामीलाई बालै भएन,
    तर हाम्रो आफ्नो आन्तरिक कुरालाई एकातिर थाँती राखेरै भए पनि, म चै हाम्रो राष्ट्रपतिज्युको Dress-up र Body language को लागि धेरै सन्तुष्ट छु ! सम्बन्धित सबैलाई धेरै धेरै धन्यवाद !!!

    Reply
    1. Hari says:
      April 22, 2017 at 9:42 pm

      सटिक comments !

      Reply
  4. Ethan Shakya says:
    April 20, 2017 at 9:59 am

    भारतीय रास्ट्रपती , उप -रास्ट्रपती तथा प्राधान मन्त्री मा चाइ सस्कार देखियो तर ग्भारतीय गृह मन्त्री र भारतीय अर्थ मन्त्री मा चाही देखीयन । रास्ट्र प्रमुख सङ बस्दा प्रय खुट्टा क्रस गरेर बसिदैन ।

    Reply
  5. dave says:
    April 19, 2017 at 10:33 pm

    PUJA NAI GARERA RAKHNU THIYO TA RAJA NAI THIK THIYO NI.. ATLEAST PEOPLES WERE UNITED IN THE NAME OF KING.. She is selected by Oli not janata…We need presidents like DR. K.C or Satya mohan joshi, Mahaveer pun ETC. Politicians of Nepal are just for retirement plan. janata ko ghado.

    Reply
  6. KAMAL says:
    April 19, 2017 at 3:47 pm

    It doesn’t make any sense how India show the greeting for Nepali President, it is important how they behave towards Nepali people. We can’t forget those harsh days when India did blockade in the boarder to force Nepali government to implement his desire.

    Reply
  7. Shankar says:
    April 19, 2017 at 7:26 am

    बिधवा , प्रथम महिला राष्ट्रपति भएको , तेस्माथी जनताको छोरी , राम्रो मानन पर्छ | जाबो लाउने कुरा त सामान्य हो |

    नकारात्मक कुरा गर्ने ले यो सोचु की हामीले नै आफ्नो देश को राष्ट्रपति न मानने त इंडियन ले एसो गरो , उसे गर्यो के भन्ने ?

    Reply
  8. SUMAN pokhara says:
    April 19, 2017 at 6:58 am

    You can’t complain about this.She is at her best
    Compare with Prachande’s wife(first lady)

    Reply
  9. Hari Poudel says:
    April 19, 2017 at 4:06 am

    This is just an example that if UMLs get chance to get undue benefits from the country in what extent they can go ??

    I am shamed of having a fashionable president in our country; one of the poorest country of the world.

    Reply
    1. Sheetal says:
      April 19, 2017 at 9:32 am

      सुशील कोइरालाको जस्तो गन्जी लगाएर ढाड कनाएको फोटो चाहिएको हो हजुरलाई? there is no harm on being smart, good fashion sense and body language. These things highly matters on protocol n diplomatic supremacy.

      Reply
    2. sanima says:
      April 19, 2017 at 9:54 am

      she is looking pretty what is your problem? you can get pearl necklace in 200 nrs and gold plated in 100 nrs what’s wrong with that?

      Reply
      1. Hari says:
        April 22, 2017 at 9:37 pm

        नेपाली हामी त्योपनि UML पाट्टि यति fashionable भैसकेछ कि देश र जनता को कुरा उसले गर्नालाज लाग्नुपर्छ! आफु र आफ्ना हुदा जति चरिफुरी र लुटपाट गर्दापनि हुने !

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme