Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नरुनुस्, भारत भ्रमणमा जाँदा अरु देशलाई नै यस्तै गरेको थियो भनेर चित्त बुझाउने सात फोटो

Posted on April 18, 2017April 19, 2017 by Salokya

राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि भारत जाँदा त्यहाँको सरकारले स्वागतका लागि जाबो राज्य मन्त्री पठाएको भनेर रोइलो मच्चिएको छ। हो त नि, चित्त त दुख्छ नि। उताको राष्ट्रपति प्रणव मुखर्जी आउँदा मात्र हैन जाँदा पनि हाम्रा राष्ट्रपतिमात्र हैन, उपपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएभरका गएका थिए। हामीलाई भने यस्तो? ग्वाँ.. ग्वाँ…। नेताहरुले आफ्नो मान आफै राख्न जानेनन्, रुनु पर्ने हामी नै हो..ग्वाँ…ग्वाँ…।

अब धेरै रुनु पनि भएन हेर्नुस्। त्यसैले यसो चित्त बुझाउने मेसो जुटाएको छु। हेर्नुस्, अस्ति भर्खरै अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुल भारत भ्रमणमा आएका थिए। अप्रिल ९ देखि १२ तारिखसम्म उनको राजकीय भ्रमण थियो। उनलाई पनि विमानस्थलमा रिसिभ गर्न भारतले सीप विकास राज्यमन्त्री राजीव प्रताप रुडीलाई पठाएको थियो। खुच्चिङ अस्ट्रेलिया ! अरु पनि हेरौँ

मलेसियाका प्रधानमन्त्री नजिब टुन रजाकले ३० मार्चदेखि पाँच दिने भारतको औपचारिक भ्रमण गरेका थिए। सुरुमा उनी चेन्नई उत्रिएका थिए। त्यहाँ उनलाई स्वागत गर्न विमानस्थलमा भारतीय Public Protocol Principal Secretary Shiv Das Meena मात्र थिए। उनी दिल्ली आउँदा पनि विमानस्थलमा जुनियर मन्त्रीले नै स्वागत गरेका थिए खुच्चिङ मलेसिया !

गएको जनवरी १० मा केन्याका राष्ट्रपति उहुरु केन्यात्ताले भारतको औपचारिक राजकीय भ्रमण गरेका थिए। उनलाई पनि विमानस्थलमा रिसिभ गर्न गएका थिए सूचना तथा प्रसारण राज्यमन्त्री राज्यवर्ध्दन सिंह राथौड। खुच्चिङ केन्या !

गत डिसेम्बर १८ मा राजकीय भ्रमणका लागि कीर्गिजस्तानका राष्ट्रपति Almazbek Sharshenovich Atambayev नयाँ दिल्ली आइपुगेका थिए। उनलाई पनि स्वागत गरे जुनियर भारतीय मन्त्रीले नै। खुच्चिङ कीर्गिजस्तान !

गत डिसेम्बर १६ मा ताजिकिस्तानका राष्ट्रपति एमोमालि राहमोन भारतको औपचारिक भ्रमणमा आउँदा विमानस्थलमा रक्षा राज्यमन्त्री सुभाव रामराव भम्रेले स्वागत गरेका थिए। खुच्चिङ ताजिकिस्तान !

जनवरी २५, २०१५ मा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई स्वागत गर्न विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं पुगेका थिए।

The US President, Mr. Barack Obama & First Lady Michelle Obama being warmly welcomed by the Prime Minister, Shri Narendra Modi, in New Delhi on January 25, 2015.

तर मार्च ३१, २०१५ मा नरेन्द्र मोदी अमेरिका भ्रमणको क्रममा वासिङटन डिसी पुग्दा उनलाई स्वागत गर्न ‌ओबामा आएका थिएनन्। खुच्चिङ इन्डिया !

The Prime Minister, Shri Narendra Modi being received on his arrival at Washington D.C, U.S.A. on March 31, 2016.

9 thoughts on “नरुनुस्, भारत भ्रमणमा जाँदा अरु देशलाई नै यस्तै गरेको थियो भनेर चित्त बुझाउने सात फोटो”

  1. Gaurab Nepali" Oodaaseen" says:
    April 20, 2017 at 4:18 am

    जबसम्म नेपाली एक हुँदैनन् र आ आफ्नै डम्फु बजैरहछन , बहस गर्नु बेकार छ /

    Reply
  2. bibek Dhakal says:
    April 19, 2017 at 9:03 am

    ब्यरक ओबामा भारत भ्रमण मा आउदा खेरि बिमानस्थलमा रिसिभ गर्न मुख्य मन्त्रि पुगेका थिए. हाम्राले मात्र हो कहीं नभाको नाटक गर्ने

    Reply
  3. sandip-sharma says:
    April 18, 2017 at 9:53 pm

    आफ्नो मान आफै राख्न नजाने को मात्र हो,उताको राष्ट्रपति प्रणव मुखर्जी आउँदा (मात्र हैन जाँदा पनि) हाम्रा राष्ट्रपतिमात्र हैन, उपपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएभरका ग्वार ग्वार ति जानु आफ्नो मान आफै राखन नजाने को मात्र हो/ नेताहरुले आफ्नो मान आफै राख्न जानेनन्,के गर्नु, पाखे काम नभएको मन्त्रि नेताहरु भय पछि येस्तै हो …।

    Reply
  4. Tulsiram bhusal says:
    April 18, 2017 at 6:23 pm

    हामी नेपाली राष्ट्र अनि रास्ट्रीयता को मामला मा निकै फुर्ती गर्छौ तर बिडम्बना सबै फुर्ती इंटरनेट को दुनिया माँ मात्र सिमित छ. सबै फुर्ती लाइ सच्चिकै बेवहार मा लागू गरेर देश निर्माण मा लागन सके समृद्ध अनि सफल नेपाल बन्ने थियो की. माइसंसार का पाठक हरु बाटै एसको सुरुवात गरे कसो होला !!

    Reply
  5. Shankar says:
    April 18, 2017 at 6:09 pm

    नेपाली पत्रकार हरुले सानो कुरालाई किन यत्ति महत्त्वा दिएको बूझियेन |

    Reply
  6. Tek Raj Timalsina says:
    April 18, 2017 at 10:44 am

    Probably we should learn from this. President and Prime Minister are busy people (at least should be). They need not waste their time to receive someone at the airport. Having someone else sent to receive does not mean it is an insult as long as proper arrangements are made.

    But our country is different. Prime Minister and Presidents have time to go to every inaugurations and events.

    Reply
  7. नीरव says:
    April 18, 2017 at 7:49 am

    इन्डियाले नेपाललाई हेप्न कैले पछी पर्दैन| जुन दिन नेपालीहरुको स्वाभिमान जाग्छ त्यो दिन हाम्रा बगम्फुसे भारतीय अगरबत्ती धुपौरे नेताहरुले बुझ्लान|
    अस्ती मात्र बङ्लादेशकी हसिनालाई दिल्ली एयर्पोर्टमा को गएर रिसिभ गरे त्यो पनि उल्लेख गरेको भए हुन्थ्यो|

    साले एमाले झाले कोइराले दुईमुखे शेरे प्रचन्डे मुसे कमले टनकपुर महाकाली कोशी बेचुवाहरु!इन्दियाको खुट्टामा परेर नेपाली जनताको अभिमान पनि बेचीखाए|

    महाभुकम्पको भुवेरीमा परेका नेपाली जनतालाई अझ नाकाबन्दी गरेर पेल्ने भारत नै हुन| शरीर भएका तर हृदय नभएका हुन|त्यस्ता पनि हुन्छ आफुलाई हिन्दू र राम मन्दिरका कुरा गर्ने? पुस्तौसम्मका नेपालीले भारतको नाकाबन्दी बिर्सने छैनन| ज्ञाने र उन्का पुच्छरे हरु अहिले इन्दियालाई गुहार्न थालेका छन, फेरी कुन वितन्डा मचाउने हो थाहा छैन|

    Reply
  8. अस्मिता says:
    April 18, 2017 at 7:21 am

    हाहाह हाहा हाहा हाहा हाहाह हाहाह हाहाहा सहि हो हजुर दादा सहि हो

    Reply
  9. Sunil, London says:
    April 18, 2017 at 2:16 am

    तपाइको कुरा शतप्रतिशत ठिक हो , यो प्रचलन नै हो , प्रणव मुखर्जी नेपाल आउदा हामीले पनि त्यसै गर्नुपर्ने थियो , तर हाम्री राष्ट्रपतिले नै आफ्नो पद को मर्यादा भुलेर उनलाई विमानस्थल सम्मै लिन पुगिन , अब उनीहरुले त्यसो गरेनन , किन भने उनीहरु यो सब काममा निपुण र अनुभवी छन् , हाम्रै राष्ट्रपति र नेताको वेवकुफ़ि हो , भारतीयहरुलाई दोष दिएर केहि हुनेवाला छैन ! भबिष्य मा अब यस्तो घटना नदोहोरियोस भनेर सतर्क हुनु चाहि राम्रो !!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme