Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आलोचना भएपछि अन्यथा भएको भन्दै पछि हट्यो सरकार, शुक्रबार विदा नहुने

Posted on April 17, 2017 by Salokya


राजतन्त्रकै परम्परा पछ्याउँदै पहिलो राष्ट्रपति रामवरण यादवले सुरु गरेको चलनसमेत तोडेर राष्ट्रपति भारत भ्रमणमा जाँदा र फर्कँदा दुई दिनका लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा संशोधन गरेको छ। सोमबार विदा भइसके पनि राष्ट्रपति फर्कने दिन शुक्रबार भने सार्वजनिक विदा नहुने भएको छ। यसका लागि गृह मन्त्रालयले आज एउटा सूचना निकालेको छ। काइते शैलीको भाषा भएको यो सूचनामा एक दिनमात्र विदा हुनुपर्नेमा अन्यथा भएको भनिएको छ। विदा फिर्ता भनेर सोझै भनिएको छैन।

हिजो भने गृह मन्त्रालयले दुई दिन विदा हुने सूचना यसरी जारी गरेको थियो-

यसै अनुसार आजको गोरखापत्रमा यस्तो सूचना छापिएको थियो-

खासमा शुक्रवारको विदा वाहियात नै थियो। राष्ट्रपति राति बल्ल फर्कने हुन् काठमाडौँमा। शुक्रबार बिहानदेखि दिनभर त भारतमै कार्यक्रम थियो राष्ट्रपतिको।

हेर्नुस् कुन दिन के कार्यक्रम छ राष्ट्रपतिको भ्रमणको आइटिनरी

State Visit of Rt. Honorable Bidya Devi Bhandari, President of Nepal to India from 17 April – 21 April, 2017.

Monday, April 17, 2017

1245 hrs
Arrive IGI Terminal-III
Photo Op: AV Media

Tuesday, April 18, 2017

0900 hrs
Ceremonial Reception
Venue: Rashtrapati Bhawan
Photo Op: AV Media

0930 hrs.
Wreath laying at the Samadhi of Mahatma Gandhi
Venue: Rajghat
Photo Op: AV Media

1130 hrs
Call by Smt. Sushma Swaraj, Minister of External Affairs
Venue: Rashtrapati Bhawan
Photo Op: Agencies Only

1215 hrs
Call by Sh. Rajnath Singh, Minister of Home Affairs
Venue: Rashtrapati Bhawan

1545 hrs
Call by Sh. Arun Jaitley, Minister of Finance
Venue: Rashtrapati Bhawan

1630 hrs
Call by the Prime Minister of India
Venue: Rashtrapati Bhawan
Photo Op: Agencies Only

1730 hrs
Call by the Vice President of India
Venue: Rashtrapati Bhawan
Photo Op: Agencies Only

1930 hrs
Call on the President of India
Venue: Rashtrapati Bhawan
Photo Op: Agencies Only

Wednesday, April 19, 2017

1000 hrs
Emplane for Rajkot, Gujarat
Venue: AFS Palam

Programme in Gujarat

1245 hrs
Emplane for Somnath
Programme in Somnath

1445 hrs
Emplane for Dwarka
Programme in Dwarka

1730 hrs
Emplane for Rajkot, Gujarat
Thursday, April 20, 2017

Thursday, April 20, 2017
1030 hrs
Emplane for Bhubaneshwar
Programme in Bhubaneshwar

Friday, April 21, 2017

0900 hrs
Depart for Puri, Odisha
Programme in Puri

1430 hrs
Emplane for New Delhi

1730 hrs
Emplane for Kahtmandu

3 thoughts on “आलोचना भएपछि अन्यथा भएको भन्दै पछि हट्यो सरकार, शुक्रबार विदा नहुने”

  1. Dil Kumar Sharma says:
    April 17, 2017 at 11:01 pm

    दुइ दिन बिदा दिने सूचनामा सहि गर्दा कस्तो खुसि भएर सहि गरेछन, फिर्ता हुने दिन को बिदा काटेको सूचना मा सहि गर्दा क्या रिसयेछन शाखा अधिकृत त!! पछि स्पस्टिकरण दिनु पर्यो भने त्यो मेरो सहि हैन कसैले नक्कली सूचना दिएछ भन्लान जस्तो छ I

    Reply
  2. बिक्रम द फटाहा says:
    April 17, 2017 at 8:38 pm

    त्यस्तो ठाडै “काइते शैलीमा” भनेर लेख्दा हाकिम सा’ब कति मुर्मुर्रे होलान खुब जान्ने भाको भन्दै!
    श्री () को सरकारलाइ त्यसरी काइते नै चाही नभनौ है शालोक्य ज्यू बिचारा ()को काम कैले जाला घामवाला हाकिम सा’बलाइ शुक्रबारे बिदाको महत्व तपाईलाई भन्दा धेरै छ, त्यस्तो मुल्यवान शुक्रबारको बिदा कटाउदा कम्ता उखरमाउलो भएन होला अनि कसरि सिधै “माफ पाउ गल्ति भो” भनेर भन्छन त===”() सरदारहरुले”

    Reply
  3. गणेश says:
    April 17, 2017 at 8:05 pm

    माईसन्सारको भूमिका जल्दो बल्दो छ् जस्ले सरकारलाई सोच्न वाध्य गरायो|
    पैलेको विदा दिने निर्णयले छबिलाल सरकार निर्बस्त्र भएको प्रमाणित भईसकेको थियो अहिले आएर निशस्त्र रहेको पनि उदाङै भयो|शरम पचेकोलाई के को लाजमर्नु?
    अब सरकारले विदाको दिन होइन, काम गर्ने दिन सुचना निकालेर घोशणा गर्नपर्‍यो|खोई कुन राजनैतीक पार्टी र नागरिक समाजले जैलेतैले दिने छुट्टीको विरोध गरेको? भ्रमणको अाशातीत वस्तुत उपलब्धी के हुन? विद्या भँडारी जगन्नथ पुरी मन्दिरको दर्शन गर्दा हामीलाई के को हर्क बडाई हँ? सबै दही चिउरे मात्रै रहेछन|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme