Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लाज नभएको सरकार राजतन्त्रको परम्परा पछ्याउँदैछ, राष्ट्रपति भारत जाँदा आउँदा दुई दिन विदा

Posted on April 17, 2017 by Salokya

नेपालमा यसै पनि सार्वजनिक विदा धेरै हुन्छन्। कामचोरहरुलाई खुसी बनाउने गरी यो साता त तीन दिन विदा हुने भएको छ। दुई दिन राष्ट्रपतिको भारत भ्रमणको उपलक्ष्यमा। अनि एक दिन शनिबार भइहाल्यो।

उहिले राजतन्त्रको बेलामा राजा देश बाहिर घुम्न गएको खुसीमा अनि घुमेर स्वदेश फर्केको खुसीमा रमाउनका लागि रैतीहरुलाई विदा दिइन्थ्यो। गणतन्त्र आएपछि प्रथम राष्ट्रपति डा. रामवरण यादवले त्यो परम्परा तोडे। अचेल राष्ट्रपति र पूर्व भइसकेका राजाको सम्बन्ध नजिकिएको छ। एकअर्काको पार्टीमा आवतजावत बढेको छ। त्यही भएर हो कि, सरकारले पनि राजतन्त्रकै परम्परा पछ्याउँदै राजा सरह राष्ट्रपति विदेश जाँदा र आउँदा पनि नागरिकहरुलाई रैतीसरह सम्झी विदाको घोषणा गरेको छ।

कान्तिपुरको झुट

विदाबारे कान्तिपुरको अनलाइनमा प्रकाशित समाचारमा सरकारले गणतन्त्र पछिका राष्ट्रपति डा. रामबरण यादवको पहिलो राजकीय भ्रमणमा पनि सार्वजनिक बिदा दिइएको उल्लेख छ। तर यो समाचार झुटो हो। राष्ट्रपति यादव पहिलो औपचारिक भ्रमणका लागि भारत जान लाग्दा गृह मन्त्रालयले प्रस्ताव त लगेको थियो विदा दिनेसम्बन्धी, तर माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले त्यसलाई अस्वीकार गरेको थियो। राष्ट्रपति यादवले परम्परा तोडेका थिए। विदाको मात्र हैन, विमानस्थलमा पञ्चकन्याको फूलमाला लिने परम्परा पनि। प्रमाणका लागि हेर्नुस् बीबीसी नेपालीमा त्यसबेला प्रकाशित समाचार। पूरा पढ्न यहाँ क्लिक गर्नुस्–

तर त्यो अनुकरणीय परम्परालाई पछ्याउन आवश्यक ठानेन अहिलेको प्रचण्ड नेतृत्वको सरकारले। हुनत भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण ताका पनि विदा दिएर आलोचना खेपेको थियो सरकारले। उताका यता आउँदा त विदा भयो नै, यताका उता जाँदा पालाको पैँचो उता विदा हुनुपर्नेमा यतै पो विदा दिइयो।

कसैले एक दिन बन्द गर्दा यति यति घाटा भो भनेर हिसाब निकालिन्छ तर यो सरकारले नै गरेको बन्दको घाटाको हिसाब कसले निकाल्ने। रमाइलो त के भने यसरी विदा हुँदा देशमा मात्र हैन, विदेशमा भएका कुटनीतिक नियोगमा समेत विदा हुन्छ। कोरियाको वा अमेरिकाको वा अस्ट्रेलियाको नेपाली राजदूतावास भोलि र शुक्रबार बन्द। किन बन्द भन्दा त नेपालका राष्ट्रपति भारत घुम्न गएको कारण? योभन्दा मजाक अरु के हुन्छ? सरकारलाई वास्तै छैन।

6 thoughts on “लाज नभएको सरकार राजतन्त्रको परम्परा पछ्याउँदैछ, राष्ट्रपति भारत जाँदा आउँदा दुई दिन विदा”

  1. राजन says:
    April 17, 2017 at 3:44 pm

    यो भण्ड़ारीलाई नानीलाइ देख्दा हरेक पल्ट मलाई बर्दीया राष्ट्रीय निकुञ्जमा मारीएका तीन निर्चदेष दलीत महीला चन्द्रकला (१२), देबिसरा (३५) र अमृता (३२) बिक को याद आऊछ ।
    तात्कालिन् रक्षामन्त्रि रहेकी बाख्रा गोठाले भण्ड़ारीले हत्यारालाई उन्मुक्ति दिने काम गरेकी थिइन् ।

    Reply
  2. yash says:
    April 17, 2017 at 9:39 am

    लाज नभएको नकचरो सरकार । के गर्नु ? बर्श या दशक होइन सताब्दी शताब्दी यस्तै यस्तै साशक बाट पिडित छौ हामी । निकम्मा , कामचोर र भ्र्स्टहरुको जमात ।

    Reply
  3. kamal shrestha says:
    April 17, 2017 at 7:19 am

    रास्ट्रपतिले गर्ने राजकिय बिदेश भ्रमणमा छुट्टी दिएर नोक्सान बेहोर्नु भन्दा जनतलाइ बढी काम दिएर आर्थिक सम्मान गर्न राज्य तयार हुनु पर्छ।

    Reply
  4. Ritika says:
    April 17, 2017 at 6:58 am

    अझै पनि नेपाल भारतको अर्ध औपनिवेशिक राष्ट्र होईन भनेर भन्ने कोही छ?

    Reply
  5. राजेश says:
    April 17, 2017 at 6:18 am

    नेपाल बिदै बिदाको देश कहिले मोर्चाले, कहिले बिप्लब र कहिले राज्यले बन्द गर्ने।

    Reply
  6. Rasaili Raj says:
    April 17, 2017 at 2:14 am

    राजसस्थाको नाममा पृथ्वीनारायण शाह जस्ता राजाको जन्मदिन नमनाइने,एकीकरण दिवस नमनाइने,,,,,,,जस्ले बाइसे चौबिसे राज्यलाइ एउटा नेपाल बनायो,,,,,,,हामी लोकतान्त्रिक मुलुकका सभ्य प्राणी,,,,,,,,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme