Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटा पासपोर्टमा कति नाफा खान्छ सरकारले?

Posted on April 16, 2017April 16, 2017 by Salokya

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन सरकारले तोकेको शुल्क ५ हजार रुपैयाँ हो। यसमा यदि तपाईँलाई एक सातामै तयार हुने गरी पासपोर्ट चाहिने हो भने १० हजार रुपैयाँ तिर्नुपर्छ। १५ हजार रुपैयाँ तिर्‍यो भने एकै दिनमा बन्छ। विदेशस्थित नियोगबाट पासपोर्ट बनाउँदा भने छुट्टाछुट्टै शुल्क तोकिएको छ।

यसरी शुल्क लिँदा एउटा पासपोर्टमा सरकारले कति नाफा कमाउँछ त?

राहदानी विभागले ४० लाख एमआरपी पासपोर्ट छपाई र जारी गर्न फ्रान्सको एक कम्पनीसँग २०६७ सालमा पाँच वर्षका लागि गरेको सम्झौता अनुसार एउटा पासपोर्टको मूल्य ३.५९ अमेरिकी डलर थियो। अहिलेको हिसाबमा यसलाई नेपाली रुपैयाँमा परिवर्तन गर्दा ३७० रुपैयाँ पर्न आउँछ।

अर्थात् सामान्य अर्थात् केही हप्ता लाग्ने पासपोर्ट बनाउँदा सरकारले ४ हजार ६३० रुपैयाँ नाफा कमाउँछ।

फास्ट ट्रयाकमा एक हप्ताभित्रै बन्ने गरी पासपोर्ट बनाउनेसँग सरकारले ९ हजार ६ सय ३० रुपैयाँ नाफा कमाउँछ।

तर अहिले भने सरकारको नाफाको दर अलि घटेको छ। २०७२ सालमा सरकारले थप २५ लाख पासपोर्टका लागि भेरिएसन सम्झौता गर्दा प्रति पासपोर्ट ५.१४७३ अमेरिकी डलर मूल्य तोकिएको छ। यो भनेको ५३० रुपैयाँ ५० पैसा हुन आउँछ।

अर्थात् अब सामान्य अर्थात् केही हप्ता लाग्ने पासपोर्ट बनाउँदा सरकारले पाउने नाफा ४ हजार ४ सय ६९ रुपैयाँ ५० पैसा हो।

फास्ट ट्रयाकमा एक हप्ताभित्रै बन्ने गरी पासपोर्ट बनाउनेसँग सरकारले ९ हजार ४ सय ६९ रुपैयाँ ५० पैसा नाफा पाउँछ।

यति धेरै नाफा लिएको भनेपछि सरकारले तपाईँलाई त्यही अनुसार सुविधा पनि पक्कै दियो होला। आफ्नो अनुभव तल कमेन्टमा लेख्नुस्, पासपोर्ट बनाउँदा तपाईँले के कस्तो सुविधा पाउनु भयो?

22 thoughts on “एउटा पासपोर्टमा कति नाफा खान्छ सरकारले?”

  1. Rishi Adhikari says:
    April 19, 2017 at 3:48 am

    सालोक्य जी, पासपोर्ट Privilage (सुविधा) हो right (अधिकार ) होइन . राज्य ले पासपोर्ट दिनै पर्छ भन्ने होइन . अधिकार नै भएको भए त सित्तैमा दिन पर्दथ्यो. जसरि बिजुली, पाइपको पानि, फोन सुबिधा हुन्, त्यस्तै पासपोर्ट, चालक अनुमति पत्र, पनि सुबिधा हुन्. राज्यले पासपोर्ट बाट पैसा उठाउनु ठिकै हो. यसमा पक्कै पनि सबै लागत जोड्दा पनि उठाएको मूल्य भन्दा कमै खर्च हुन्छ . तर नाफा घाटा हिसाब गर्दा कदापी कागज प्रिन्ट गरेको खर्च मात्रै जोड्न हुदैन. प्रतक्ष्य कर धेरै जनता ले नतिर्ने देशमा राज्यले यसरि अप्रतक्ष्य रूपमा आफ्नो खर्च उठाउनु राम्रो तरिका हो. सिर्फ कागजको खर्च मात्रै खर्च भन्नु त सतही आलोचना मात्रै भयो . सरकारले पैसा लिए बापत चुस्त रूपमा काम गर्न सकेन, सेवा पुर्याउन सकेन, भने अनुसार काम भएको छैन भनेर उदाहरण सहित आलोचना गर्नु ज्यादा उचित हुन्छ.

    Reply
    1. दिपेन्द्र says:
      April 19, 2017 at 5:14 am

      You are wrong dude. Passport is not a privilege but the right of every citizen. Ref Article 13(2) of the Universal Declaration of Human Rights:
      Everyone has the right to leave any country, including one’s own, and to return to one’s country.
      Even India consider it as right
      http://www.thehindu.com/news/cities/Hyderabad/passport-is-citizens-right-officer/article17817474.ece

      Reply
    2. bibek dhakal says:
      April 19, 2017 at 8:57 am

      ”प्रतक्ष्य कर धेरै जनता ले नतिर्ने देशमा राज्यले यसरि अप्रतक्ष्य रूपमा आफ्नो खर्च उठाउनु राम्रो तरिका हो”
      please elaborate this …

      Reply
      1. Rishi Adhikari says:
        April 20, 2017 at 1:28 am

        धेरै जनता प्रतक्ष्य आय कर प्रणालीमा जोडिएका छैनन्. जस्तै उदाहरण को लागि, बिकसित देशमा सके सम्म प्रतेक मानिसले कति कमाउछ भन्ने हिसाब किताब पहिले नै राखेर, वर्षको अन्तिममा आफ्नो कमाईको हिसाब कर कार्यालय लै बुझाए पछि अझै तिर्न बाँकि छ कि ज्यादा तिरेको हो हेरेर, ज्यादा तिरेको भए फिर्ता र कम तिरेको भए अरु पैसा सरकारलाई बुझाउनु पर्ने रेकर्ड राखिन्छ र मानिसले पैसा तिर्ने वा फिर्ता पाउने काम हुन्छ. नेपालमा कति पय काम रेजिष्टर नै भएका हुदैनन्, र सरकारले कसले कसले कति कमायो भन्ने रेकर्ड राम्ररी राख्दैन. खुद्रा ब्यापारी, सामान्य पेशाकर्मीहरु सबै आआफ्नै तरिकाले कमाउछन कसैलाई कमाएको नाफा को हरहिसाब बुझौदैनन, तेसैले न्युन कर तिरे पुग्छ वा नतिरे पनि हुन्छ. नेपाल मा सबैले आय कर तिर्ने हो भने अथवा सरकारले सबै बाट आय कर उठाउन सक्ने हो भने नेपाल ले अरु देश संग भिख माग्नै पर्दैन.

        Reply
  2. सन्तोष says:
    April 18, 2017 at 1:52 am

    ओहो यो सर्खारले दिने सुबिधाको त के कुरा गर्नु र ऊमेश दाजु !
    डाडुमा पानी तताएर मर्न मन लाग्छ

    Reply
  3. Bishnu Bastola says:
    April 16, 2017 at 11:05 pm

    ani passport bujhna gayo vane ta jhan ramita herna painchha ktm ma. bihana dehi line ma lagyo sajha samma painchha ki nahi tyo pani thegan huna. ani ke ko fast track? just nonsense matra kura garchhan. parrasta ko karmachari ko kaam ra janata sanga bolne saili ta jhan one piece nai chha.

    Reply
  4. pradip says:
    April 16, 2017 at 7:31 pm

    next blog vehiclema 230% tax liyera janata lai thageko lekhnus hai umesh bro…..

    Reply
  5. Nandalal Kandel says:
    April 16, 2017 at 6:43 pm

    जापानमा त झन् पासपोर्ट दस्तुर नगद पठाउनु भन्छ नगद पठायो एम्बेसीले खोल्तिमा हाल्छ अनि पछि खै त दस्तुर छैन भनेर खबर गर्छ | कम्तिमा २ पटक दस्तुर नपठाई हुन्न | अनि फोन गर्यो कहिलै /कहिलै/कहिलै उठ्दैन | मैले १ पटक ७० मिनेट पर्खेर पनि लाइन पाइन्, ५,००० हजार त त्यो कुर्ने कलको पैसा उठेको थियो मेरो फोन को | परराष्ट्र मन्त्रालयमा गए फोन फ्री गर्न पाहिन्छ बिदेशी एम्बेसीमा, एक-पटक ट्राइ गर्नु त सालोक्यजी फोन उठ्छ कि उठ्दैन | Tel: ८१-३-३७१३-६२४१ र ८१-३-३७१३-६२४२
    अनि जापानको नेपाल एम्बेसीका कर्मचारी पालो गरेर बाहिर काम गर्छन |

    Reply
  6. मुकेश यादव says:
    April 16, 2017 at 1:04 pm

    अनि खाली blank पासपोर्ट अपराधी लाई बेच बिखन करने मा चाहिं कति चार्ज लाग्ने हो ? कुजाता जर्मन पोइराला कुम्भी पाक नर्क वासी गिरिजे कि छोरी अति सडक छाप गनाउने बेइज्ज्ती नाङ्गा नाच नाच्ने आइमाई ले थाक का थाक खाली पासपोर्ट त्यसको बंगाली ज्वाई रुबेल चौधरी मार्फत बेचेकी छ / अनेकन बंगाली नेपाली को भेष मा उडेका छन् /अपराध करे भने नेपाल को नाम आउँछ / यी कुहिएका नांगा चूतिया का उपज का अपराध चाहिं के करने ?
    त्यो गिरिजे त्यसको देश द्रोह , जर्मन संग सल्केकी कुलटा छोरी को मोह ले देश डुबाउने त्यो गिरिजे आज रौरव नरक मा घोर सास्ती पाई रहेको होला /

    भोलि यो प्रचण्ड भनाउँदो छविलाल हत्यारा त्यही रौरव नरक मा घोर सास्ती पाई सल्कने छ

    Reply
  7. Deep says:
    April 16, 2017 at 12:07 pm

    हाम्रो देश मा कुनै पनि कुरा राम्रो dekhiyena र यो हामी जनता को गल्ति हो मलाई लाग्छ कि यो देश मा rule regulation छैन sab जना स्वार्थी भए पछि आफ्नो मात्र सोच छन् देश को लागि होइन . कुनै सुबिदा कुनै पनि अर्कारी निकाय मा छैन nepal मा यो कुरा पुरै नेपाली जनता ले बुझेका छन् र हामी कर्र तिर्ने मात्र हि अनि gaki garne . Chunau मा testo neta लै हराउनु पर्यो नि आफ्नो पोवेर को उसे खोइ गरेको नेपाली जनता ले . मोमो र खाजा मा बेस्ट सबै जना र फ़शिओन देखौन

    Reply
  8. रमेश says:
    April 16, 2017 at 10:09 am

    बनेर अायाे भन्ने म्यासेज अाएकाे थियाे माबाइलमा

    Reply
  9. Shankar says:
    April 16, 2017 at 9:54 am

    अनि त्यो पैसा मा पाखे चोर हरु स्वास्थ उपचार र बिभिन्न सिर्सक को बहाना बनाउदै देश विदेश घुम्छ्र देश लुतिरहेछ |

    Reply
  10. Kumar says:
    April 16, 2017 at 9:28 am

    I don’t think so. If look at the other processing cost,those charges are not enough. Employee cost, stationary cost,rent for building and others cost

    Reply
    1. Salokya says:
      April 16, 2017 at 12:00 pm

      यो सोझो लागत र लिएको हिसाब हो। ए, अरु प्रोसेसिङ कस्ट जोड्ने हो भने त सरकारले हामीबाट लिने अरु करहरु जस्तै फोनमा उठ्ने कर, रेस्टुरेन्टमा खाँदा उठ्ने कर, सामान किन्दा लाग्ने भ्याट लगायतका दैनिक जीवनसँग सम्बन्धित करहरुको कस्ट पनि जोड्नु परेन? यो नभुलौँ कि पासपोर्ट भनेको कुनै व्यापारिक कम्पनीले चाउचाउ उत्पादन गर्दा लागतदेखि मार्केटिङसम्म लागेको सबै रकम हिसाब गरेर नाफा लिने वस्तु हैन। यो त सरकारले आफ्ना नागरिकलाई दिनैपर्ने एउटा दायित्व पनि हो।

      Reply
    2. PRADIP BHANDARI says:
      April 16, 2017 at 11:24 pm

      Hello Businessmen, you can not start counting cost of labour, rental etc. That is not our father’s business. Running a country is different if you understand what we mean. Government is people choosing some number of people to manage their own system and country, for which they all agreed to establish a tax system to recycle the money. Imagine finding yourself going Government hospital and you having to pay for 3 doctor’s salary for 5 hours of your surgery, water electricity bill spent during 5 hours of surgery, cotton, pads etc, all the medicine used for your surgery, rental of those equipments inside the surgery room, or cost divided into 5 hours for expensive equipment used during surgery, salary for nurses used for 5 hours, doctor’s over time, administration staff’s salary who maintained your file, cost of printing of those files and handing over to you, there will be lots of bandages and blood waste, cost of having that wastes picked up municipality truck at later stage, for sure they cant work without wages etc… Now tell me what difference would it make to go private for profit hospital or Government hospital apart from faster customer care processing and cleanliness in private hospitals? I am sorry to disappoint you, but you businessmen have wrong understanding of how government should run. Government can not make profits out of their own people. You can not calculate GOP, NOP and TGOP etc for your government department at least not from your own people. I paid around US$9 for attestation in Nepal Embassy in UAE, why was that for? The building rental and all other costs are paid by the government in Nepal, Staffs are deployed from government, but still I had to pay, later I understood it goes to Nepal government as tax collection. Again back to square 1, we should pay tax for services for ourselves, so my unreasonable fees that I paid here are for something I could enjoy as government facility in Nepal, if all I do is pay pay, where is my return of service by Government?

      Reply
  11. Dewan Kharel says:
    April 16, 2017 at 7:28 am

    ये सरकार सुन !!! देश मा युवा लै परिचालन garna नि नासक्न्ने अनि passport मा नाफा Matra खोज्न्ने!! Passport अनि नागरिकता त. फ्री ma दिंने haina र!!!

    Reply
  12. तीर्थमान श्रेष्ठ says:
    April 16, 2017 at 5:28 am

    १ # १३ घन्टा पहिल्यै गएर बस्नुपर्ने लाईन ।
    २ # दिएको समयमा पुग्दा १ , २ दिन भन्दै
    हप्तौं कुराउने समय ।
    ३ # दलालको सम्पर्क र सिकाई ।
    ४ # धेरै छन् कुराहरू ।

    Reply
  13. Dhan thapa says:
    April 16, 2017 at 5:14 am

    Garib janatako tehi paisabat ta neta vanauda harule mahango gadi r upchachar khach vaner moj masti garn paka xan ni

    Reply
  14. हित गुरूङ says:
    April 16, 2017 at 3:12 am

    पैसा तिरे अानुसार कत्ति पनि शुबिदा छैन ! फाेटाेकाे लागि
    याँदि तंङ्ग गर्छ !

    Reply
  15. Sush says:
    April 16, 2017 at 3:04 am

    You must calculate labour and operational cost. Don’t analyze with your arbitrary figures!

    Reply
    1. Salokya says:
      April 16, 2017 at 11:58 am

      Yes, Don’t analyze with your arbitrary figures! You must calculate other taxes too.

      Reply
  16. Dabal Bam says:
    April 16, 2017 at 2:54 am

    chip base technology wala banauda ramro hunthaywo. ATM size ma banauda best hunthaywo

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme